होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • आलियाकाे, जन्मदिनमा ‘ब्रम्हास्त्र’को फस्टलुक सार्वजनिक
बलिउड/हलिउड

आलियाकाे, जन्मदिनमा ‘ब्रम्हास्त्र’को फस्टलुक सार्वजनिक

  • नागरिक रैबार
आलियाकाे, जन्मदिनमा ‘ब्रम्हास्त्र’को फस्टलुक सार्वजनिक

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट मंगलबार आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी मंगलबारदेखि २८ वर्ष लागेकी छन् । अभिनय करिअरमा आलियाले १५ फिल्ममा लिड रोल गरिन्, जसमा १० फिल्म हिट र दुईवटा फ्लप रहे ।

यसैमहिना रिलिज भएको उनी अभिनित ‘गंगुबाई काठियावाडी’ करोड क्लबमा प्रवेश मात्र गरेन, उनको अभिनयले धेरैको मन जित्यो । यस वर्ष उनीमाथि ९०० करोड भारुको दाउ लगाइएको छ । जसमा ८ फिल्ममा सय करोड र २ फिल्ममा २०० करोड भारु लगानी छ ।

सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ उनी पहिलोपटक बाल कलाकारको रुपमा डेब्यु गरेकी थिइन् । १८ वर्षको उमेरमा ‘स्टुडेन्ट अफ दी इयर’बाट लिड एक्ट्रेसको रुपमा उनी प्रस्तुत भइन् । जन्मदिनको अवसरमा मंगलबार उनी अभिनित फिल्म ‘ब्रम्हास्त्र’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आशा पात्रको रुपमा आलियाको फस्टलुक देख्न सकिन्छ ।

विज्ञापन

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्मलाई आयन मुखर्जीले निर्देशन गरेका हुन् । यो फिल्मलार्ई सन् २०२२ को सेप्टेम्बर ९ मा रिलिज गर्ने तयारी छ । नेपालमा समेत आलियाका फिल्मले राम्रो कमाइ गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार