होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ जेठ । बाजुराको कोल्टीमा यहि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो । जातीय भेदभाव […]
नागरिक रैबार/बाजुरा १५ जेठ । बाजुराको सदरमुकाम मार्तडी बजार संगै जाडिएको वडा हो बडीमालिका ९ । वडामा २०७९ देखि २०८२ जेठसम्म करिव ३ वर्षको अवधिमा भए गरेका कामहरुको विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडाले सार्वजनिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी बजारभित्रकै वडा भएपनि नगरपालिकाबाट ३ वर्षको अवधिमा नगरस्तरीय बजेटमा नगरको नेतृत्वले […]
नागरिक रैबार/बाजुरा १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटनामा परेर घाइते भएका २ जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरि नेपालगंज लगिएको छ । सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा घाइते भएका थिए। घाईतेको उद्धारका […]
नागरिक रैबारबाजुरा १३ जेठ। बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख सहित ३ जनाको मृत्यू भएको छ । जीप दुर्घटनामा परेर मृत्यु हुनेमा नेपाल टेलिकम शाखा कार्यालय बाजुराका कार्यालय प्रमुख वर्ष ४८ का लोक बहादुर खड्का, जीप चालक वर्ष ५७ का करनसिंह महतारा बडीमालिका ७ ढम्कनेका ३५ […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीका अनुसार टेलिकमकाे कामका लागि फिल्ड गइरहेको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन भने […]
नागरिक रैबार/बाजुरा १२ जेठ। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ मा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति सोही वडाको दल्लेडी गाउँका स्थानिय मदन बोहराको बाख्री खोरभित्र पसेको बाघले आक्रमण गर्दा ६ बाख्रा र ११ भेडा मरेका हुन् । गाउँ नजिकैको बाख्री घोरको पछाडिपट्टीको झ्याल फुटाएर भेडा, बाख्रा बाघले आक्रमण गरी […]
नागरिक रैबार/बाजुरा १० जेठ। रिटर्नी फेडेरेसन नेपाल बाजुराको द्रोसो अधिबेशन मार्तडीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट इन्द्र बहादुर धामिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।
नागरिक रैबार/बाजुरा १० जेठ । बाजुराको सदरमुकाम मार्तडीमा बडीमालिका भक्तियोग समागम २०८२ सूरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले उक्त कार्यक्रमको उद्धघाटन् गरेका हुन् । बडीमालिका भक्तियोग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम सूरु भएको हो । […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ र ९ लाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको छ । वडामा रहेका सवै बालवालिकाहरुले उमेर अनुसारको खोप सेवा लिएपछि शुक्रबार ५ र ९ नम्वर वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएका हुन् । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि यि दुवै वटै वडालाई एकसाथ पूर्णखोपयुक्त वडा […]
नागरिक रैबार/बाजुरा ९ जेठ। देउडा गायक हर्क खडायत र चर्चित गायिका शान्तिश्रीको स्वरमा ’छुट्टिन्या दिन आयो‘ बाजुरा घाम छकि २ नामक देउडा गीत सार्वजनिक भएकाे छ । बाजुरा जिल्लाका पुर्विउत्तरी क्षेत्रका विभिन्न बस्ति तथा पर्यटकीय क्षेत्र पोरखे गढीमा छायांकन गरिएकाे उक्त गीतको म्युजिक भिडियाे शुक्रबार युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा विनाेद बाजुरालीको […]
नागरिक रैबार/बाजुरा ९ जेठ ।बडीमालिका भक्तियोग समागम २०८२ भोलिबाट सूरु हुने भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच विधिवत रुपमा उद्घाटन गरि सूरु हुने भएको हो । बडीमालिका भक्ति योग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम संचालन हुने भएको छ । शुक्रबार आयोजकले मार्तडीमा पत्रकार […]
नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको आयोजनामा बाजुरा स्वास्थ्य चाैकी टाँटेमा यहि जेठ २० र २१ गते उक्त शिविर संचालन हुने भएको हो । २ दिन सम्म संचालन हुने उक्त शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुकाे निशुल्क […]
नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै दलित बालवालिकामाथि जातिय विभेदसहित कुटपिट भएको खुलेको छ । विहिबार अपरान्ह ५ बजे सोही गाउँपालिकाको ३ मा रहेको बेर्मा बजार नजिकै स्थानीय बाँचा भण्डारीको होटेलमा पानी छोएको निहुँमा दलित समुदायका ३ बालबालिकालाई जातीय विभेद गर्दै कुटपिट गरिेको खुलेको हो । बेर्मा बजारमा […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराको बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तथा उद्घोषण तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा उक्त तालिम आजबाट सूरु भएको हो । बुढीगंगा नगरपालिकाका विभिन्न माबि तह कक्षा ११ र १२ मा अध्ययन गर्ने विध्यार्थी र क्याम्पसमा […]
नागरिक रैबार/बाजुरा ७ जेठ । बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुखका प्रमुख स्वकीय सचिव केशर बोहराले दिएको रगतले कोल्टी अस्पतालमा एकजना सुत्केरी महिलाको ज्यान जोगिएको छ । कोल्टी अस्पतालमा सुत्केरी भएपश्चात अत्याधिक रक्तश्राव भएकी सोही नगरपालिका १० कि नर्मा लुहारलाई आवश्यक परेको रगत स्वकीय सचिव बोहराले दिएर ज्यान बचाएका हुन् । कोल्टी अस्पतालमा आएकी नर्माको सुत्केरी पश्चात […]
नागरिक रैबार/बाजुरा ५ जेठ । बाजुराको बडीमालिका नगरपालिका २ मा एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा सोही नगरपालिका २ घाघर बस्ने अन्दाजी ६० वर्षका रुपजंग कार्की रहेका छन् । कार्की आइतवार साँझ करिव ४ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो सम्बन्धमा प्रहरीले […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले शुक्रबार बृहत कृषि मेला प्रदर्शनी गरेको छ । नगरभित्रका कृषकहरुले उत्पादन गरेका स्थानीय तरकारी,फलफुल,नगदे तथा अन्न बालीहरुको मेलामा प्रदर्शनी गरिएको हो । “कृषि शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार, बडीमालिकाको समृद्धीको प्रमुख आधार” भन्ने नारा सहित एकदिने बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । नगरपालिकाको कृषि शाखाको आयोजना र कृषि […]
नागरिक रैबार/बाजुरा २ जेठ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमालीको धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्वरको जीप सोहि गाउँपालिकाका ६ को खिउने खोलामा दुर्घटना भएको हो । जीप दुर्घटनामा परेर जीप चालक सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी […]
नागरिक रैबार/ बाजुरा २ जेठ । बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले २०८२ को सालको क्यालेण्डर विमोचन गरेको छ । शुक्रबार एक कार्यक्रमका विच बाजुरा क्याम्पसमा उक्त क्यालेण्डरको बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्काले विमोचन गरेका हुन् । स्ववियुले प्रकाशन गरेको २०८२ सालको क्यालेण्डरमा बाजुरा क्याम्पसमा वर्ष भरि गरिने क्रियाकलापहरु समेत राखिएका छन् । क्यालेण्डर विमोचन गर्दै नगरप्रमुख […]