होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ मंसिर। बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा बुढीगंगा नगरपालिका ५ का भरत थापालाई नियुक्त गरिएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको मंसिर ४ गतेको मन्त्रीस्तरको निर्णय अनुसार थापालाई बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएकाे छ। नियुक्त गरिएका थापा नेपाल कम्युनिष्ट पार्टी […]
रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने […]
बाजुरा ३मंसिर । महिना अघि बाजुराको बुढीनन्दा दर्शनका लागी गएर वेपत्ता अवस्थामा रहेका पत्रकार तेजु खड्काका अवशेष भेटिएको छ। जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले उनको पर्स र झोला लगायतका सामान भेटाएको बताएका छन। अघिल्लो वर्ष भदौ ९ गते देखि वेपत्ता रहेका पत्रकार खड्काको सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेका थिए। स्थानीयले […]
नागरिक रैबार/बाजुरा २ मंसिर । बाजुरा बडीमालिका नगरपालिका सेल्लेना गाउँमा पहिलो पटक बत्ती बलेको छ । हाल सम्म विद्युत सुविधा नपुगेको सेल्लेना गाउँमा पहिलो पटक बिजुली बलेसंगै स्थानीयबासी खुशी भएका छन् । आईतबार नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितले मिटरबक्सकोे स्वीच अन गरेपछि सेल्लेनामा पहिलोपटक विद्युत बल्यो । बिजुली बलेपछि सेल्लेना गाउँका ९० घरधुरी उज्यालोमा […]
नागरिक रैबार/बाजुरा २ मंसिर। जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा सेवन गरि होहल्ला गरेको आरोपमा जिल्लाका विभिन्न स्थानबाट एकैदिनमा ५९ जनालाई नियन्त्रणमा लिएको छ । मंसिर १ गते लागेको पञ्चमी मेलालाई भाड्ने उद्देश्यले मेलामा मदिरा सेवन गरेको आरोपमा बुढीगंगा नगरपालिकाको बाह्रविसबाट २९ जना बढीगंगाकै टाँटेबाट १७ जना, सदरमुकाम मार्तडीबाट ६ जना र त्रिवेणी नगरपालिकाको छताराबाट ७ […]
नागरिक रैबार/बाजुरा १ मंसिर। नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशनबाट गम्भिरसिंह गुरुङ्ग (भोटे) अध्यक्षमा चयन भएका छन् । नेपाल भोटे जनजाति सेवा संघको पाँचौ केन्द्रिय अधिवेशनबाट गुरुङ्ग सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै संघको केन्द्रिय उपाध्यक्षमा चन्द्र विष्ट (भोटे) सचिव दावा गुरुङ्ग (भोटे), कोषाध्यक्षमा, जनक भण्डारी (भोटे) सहसचिव विमला थापा (भोटे) […]
नागरिक रैबार / बाजुरा ३० कार्तिक । नेपाल भोटे जनजाती सेवा समितिको केन्द्रीय अधिवेशन बाजुरामा आजबाट सुरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा नेपाल भोटे जनजात सेवा समितिको ११ औँ साधारण सभा तथा ५ औँ केन्द्रीय अधिवेशन सुरु गरिएको हो । नेपाल भोटे जनजाती सेवा समितिले २०५७ सालमा स्थापना गरेको समितिको मौलीक भाषा, धर्म, सस्कृती,संस्कार […]
नागरिक रैबार / बाजुरा ३० कार्तिक । काठमाडौंमा माटरसाईकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यृ भएको छ । मृत्यृ हुनेमा बाजुराको गौमुल गाउँपालिका घरभएका गाेकुल बहादुर रोकाया रहेका छन् । बा ९१ प १७६६ नम्बरको मोटरसाइकल शनिबार बिहान बानेश्वरमा सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । महानगरीय प्रहरी प्रभाग बलम्बुमा कार्यरत बाजुराको गौमुल गाउँपालिका […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। भालुको आक्रमणमा परि एक जना युवक घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको त्रिवेणी नगरपालिका–९ बाँगापाटामा ३३ वर्षीय दिर्घबहादुर थापा रहेका छन् । शनिवार विहान खोया लेकमा भैसीलाई घाँस काट्न जाने बेला भालुले आक्रमण गरी थापालाई गम्भीर घाइते बनाएको वडा अध्यक्ष विरबहादुर विष्टले बताएका छन् । । घाइते थापाको स्थानीय गोठालाहरुले […]
दयाराम पण्डित/ बाजुरा २९ कार्तिक। हिमाली गाउँपालिका वडा नं ३ लाम्पाटाका बालबालिका आधारभुत शिक्षाबाट पनि बञ्चित भएका छन् । भोटे जनजातीको बस्ती रहेको लाम्पाटमा अधारभुत विद्यालय पनि नहुँदा शिक्षाबाट बञ्चित हुनुपरेको हो । स्थानीय बासिन्दा एबं नेकपा जिल्ला कमिटी सदस्य छप्पीलाल बुढाका अनुसार “लामपाटावासी पेमागारा गुरुङ्ग, नर गुरुङ्ग,धार्चे लामा, खडकसिं गुरुङ्ग, इन्द्र गुरुङ्ग, लगायत १३ […]
बाजुराको मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) बाजुराले अनिश्चितकालीन तालाबन्दी गरेको छ। नेविसङ्घ बाजुरा क्याम्पस एकाइ कार्य समितिले क्याम्पसप्रमुख पण्डितको राजीनामासँगै सातबुँदे मागको आवश्यक छानबिन गर्न क्याम्पस प्रशासनमा तालाबन्दी गरेको एकाइ सचिव धनबहादुर थापाले बताएका छन्। आर्थिक अनियमितताको आरोपसहित नेविसङ्घले बाजुरा क्याम्पसमा तालाबन्दी गरेको हो। सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत आङ्गिक क्याम्पसको […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भारतले नेपालको भुमिमाथि गर्दै आएको हस्तक्षेप नेपालका लागि अब सैह्य नहुने बरु नेपाली भुमिको रक्षाका लागि जस्तो सुकै युद्ध गर्नपनि तयार रहेको बताएका छन् । मंगलबार बाजुरा आगिंक क्याम्पसको समुद्घाटनमा बोल्दै उहाँले नालापानीको युद्धमा केटाकेटीहरु, बुढाबुढीहरु, महिलाहरु लडेर त्यो बेलाकोे अंग्रेज सेनाहरुलाई […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालावन्दी गरेको छ । सोमबार विहान नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितिले आफ्ना ६ बुदे मागसहित क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सचिव धनबहादुर थापाको नेतृत्वमा गएको टोलीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघले क्याम्पसमा […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्लाको गौमुल गाँउपालिकाको सम्पुर्ण भेषभुषा, कला,संस्कृति झल्काउने गरी निर्माण गरिएको मनिसा दानी र गगन बोहराको देउडा गीत गौैमुलको चेलो भिडियो सहित सार्वजनिक भएको छ । राम बहादुर दानीको शब्द संगीत्मा तयार पारिएको उक्त गीतको निदेशन धन बहादुर बि.सीले गर्नु भएको छ भने छायाङ्कन स्वयम राम बहादुर दानीले गर्नु भएको छ । […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुरा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र कुमार रोकाया ३५ वर्षपछि विवाह बन्धनमा बाँधिने भएका छन् । बुढीनन्दा नगरपालिका ७ मा ३५ वर्ष अघि जन्मेका राेकायाले बुढीनन्दा नगरपालिका ९ कि संगिता बोहरासंग आफ्नो ३५ वर्षे उमेरमा लगनगाँठो कस्न लागेका हुन् । रोकाया र बोहरावीचको ३ वर्षको प्रेम सम्वन्धपछि अन्ततः आगामी मंसिर ३ […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका ७ ढम्कनेका कृषकहरुले फलाएका विषादिरहित आलु पहिलोपटक राजधानी काठमण्डौंमा विक्रीका लागि पठाईएको छ । ढम्कने कृषि सहकारी संस्था लि. र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा ढम्कनेमा फलेको विषादिरहित आलु पहिलो पटक राजधानी काठमाण्डौंमा पठाईएको हो । आलुको उचित बजार नहुँदा कृषकहरुले फलाएका आलु खेर गईरहेका बेला कृषि ज्ञान […]
जीवन कुमार कैला/कोल्टी २३ कार्तिक। नेकपा बुढीनन्दा नगर संगठन कमिटिको प्रथम बैठक काेल्टीमा शनिवार सम्पन्न भएको छ । बैठकले पाँच सदस्यीय कार्यालय समेत गठन गरेको छ । जसमा अध्यक्ष जंगविर रोकाया, सचिव हिम्मत वड, र तुलाबहादुर मल्ल, शुकविर कडारा र सतविर बोहोरा सदश्य रहने गरी कार्यालय गठन गरेको बताईएको छ । जसमा पुर्व एमाले बाट […]
राम बहादुर दानी/ बाजुरा २३ कार्तिक। २०७६ बिकासले फट्को मारेको लामो समय भैसक्दा पनि झरोको माद्यामबाट उज्यालो गुहारी रहेका बढिमालिका नगरपालिका वडा नंं १ सल्लेनामा केहि समय पछि बत्ती बल्ने भएको छ । बिगत २०६८ साल देखी लामो समय सम्म पनि ठेकेदारहरुको लापर्वाही गरेकोले सो ठाँउमा बिद्युत लाइन बिस्तार हुन नसेकोले त्यस क्षेत्रका बासिन्दाहरुले झरो […]
नागरिक रैबार/बाजुरा २३ कार्तिक। बाजुराको ढम्कनेमा फलेका अर्गानिक ४० क्वीन्टल आलु पहिलो पटक नेपालकै दोस्रो ठुलो शहर पोखरामा लगिएका छन् । कृषि ज्ञान केन्द्र बाजुराको बजारीकरण सहयोग तथा ढम्कने कृषि सहकारी सस्थाकाे समन्वयमा स्थानीयले उत्पादन गरेका आलु पहिलोपटक पोखरा लगिएका हुन् । पोखरा शहरमा बाजुरामा फलेका आलुको बजारीकरण गर्नका लागि एग्रो मार्टका ओमप्रकाश बराल, पोखरा […]
नागरिक रैबार /बाजुरा २२ कार्तिक । बाजुराको गौमुल गाउँपालिका ३ माझपालीबाट शुक्रबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य सहित १६ जना कार्यकर्ता पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिं भाटले बताउनुभएको छ । गाउँमा चन्दा संकलन गरिरहेको बेला गोप्य सुचनाका […]