होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बाजुराको स्वास्थ्य क्षेत्रमा बोलेर होईन गरेर देखाउँछुः अध्यक्ष थापा
राजनीति

बाजुराको स्वास्थ्य क्षेत्रमा बोलेर होईन गरेर देखाउँछुः अध्यक्ष थापा

  • नागरिक रैबार
बाजुराको स्वास्थ्य क्षेत्रमा बोलेर होईन गरेर देखाउँछुः अध्यक्ष थापा

नागरिक रैबार/बाजुरा १३ मंसिर। जिल्ला अस्पताल व्यवस्थापन समिति बाजुराका नवनियुक्त अध्यक्ष भरत थापाले स्वास्थ्य क्षेत्रमा बोलेर मात्र नभई काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रबार जिल्ला अस्पताल बाजुरामा आफ्नो अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।  उनले स्वास्थ्य क्षेत्र भनेको अत्यन्तै समवेदनशील र जनताहरुको प्रत्येक्ष जीवनसंग जोडिएको संस्था भएकोले स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय पक्ष बलियो बनाउन हरकदम प्रयास गर्ने बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा आफ्नो पद भन्दा पनि यहाँको कामलाई ठुलो बनाएर आफ्नो जिम्मेवारी पुरा गर्ने उनको उनको भनाई थियो । अर्को प्रसंगमा बोल्दै अध्यक्ष थापाले राजनीतिक नियुक्ति बाटै यो पदमा आएको छु तर यो कम्पाण्ड भित्र कुनैपनि पार्टीगत राजनीति हुन नदिने र राजनीति गरेपनि स्वास्थ्यसंग सम्वन्धित मात्र राजनीति गर्ने बताएका थिए ।

विज्ञापन

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको मंसिर ४ गतेको मन्त्रिस्तरको निर्णय अनुसार थापालाई बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो । थापाले शुक्रबार अस्पतालमा अध्यक्षको पदभार ग्रहणसंगै आगामी दिनहरुमा स्वास्थ्य क्षेत्रमा हुने समस्या विस्तारै समाधान गर्दै जाने बताएका छन् ।

बाजुराका विरामीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै जिल्लामा डाक्टरहरुको अभाव हुन नदिन निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले जिल्ला अस्पताल बाजुरा लगायत जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी र अाैसधीकाे व्यवस्थापनका लागि आफु छिट्टै काठमाण्डौं जाने तयारी गरिरहेको समेत बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार