होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १४ महिनाअघि वेपत्ता भएका पत्रकार तेजुको अवशेष भेटियो
समाचार

१४ महिनाअघि वेपत्ता भएका पत्रकार तेजुको अवशेष भेटियो

  • नागरिक रैबार
१४ महिनाअघि वेपत्ता भएका पत्रकार तेजुको अवशेष भेटियो

बाजुरा ३मंसिर । महिना अघि बाजुराको बुढीनन्दा दर्शनका लागी गएर वेपत्ता अवस्थामा रहेका पत्रकार तेजु खड्काका अवशेष भेटिएको छ। जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले उनको पर्स र झोला लगायतका सामान भेटाएको बताएका छन।

अघिल्लो वर्ष भदौ ९ गते देखि वेपत्ता रहेका पत्रकार खड्काको सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेका थिए।  स्थानीयले पर्समा तेजु खड्काको आइडिकार्ड, लाइसेन्स भेटाएपछि प्रहरीलाई खबर गरेका हुन ।

खबर पाएपछि इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले सोमबार नै  प्रहरी टोलिलाई अवशेष भेटिएको स्थलतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी उद्धब सिंह भाटले बताए।

विज्ञापन

प्रहरीलाई उक्त स्थानमा पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण टोली पुगेपछि मात्रै आउने उनले बताए। पत्रकार तेजुको अवशेष पहिचान गर्न सहजताका लागी प्रहरी टोलीसँग पत्रकार र स्थानीय पनि लौरी विनायक तर्फ गएका छन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार