होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • रक्तश्राप नरोकीए पछि, बाजुरामा फेरी सुत्केरीको मृत्यु
स्वास्थ्य-जीवनशैली

रक्तश्राप नरोकीए पछि, बाजुरामा फेरी सुत्केरीको मृत्यु

  • नागरिक रैबार
रक्तश्राप नरोकीए पछि, बाजुरामा फेरी सुत्केरीको मृत्यु

बाजुरा । सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दुरीमा पर्ने जगन्नाथ गाउँ पालिका–५ गोत्री की ३५ बर्षिया पुल्ती रावलको साल नझरेका कारण मंगलबार राती मृत्यु भएको छ। घरमै सुत्केरी भएकी रावलको साल नझरे पछि सामुदायिक इकाई गोत्रीमा अचेत अबस्थामा उपचारका लागि ल्याएको थियो । स्वास्थ्य ईकाईमा साल निकाले पछि होसमा आएकी थिईन् तर रक्तश्राप नरोकीएकी रावल पछि उनको मृत्यू भएको कुरा अहेब अमर बुढाले बताए।

यस बर्ष मात्र रावल लगाएत स्वास्थ्य संस्थामा मृत्यु एका सुत्केरीको संख्या तिन पुगेको छ। गएको भदौ २५ गते जिल्ला अस्पताल बाजुरामा उच्च रक्त श्रावका कारण उपचार हुँन नसकेर बुढीनन्दा नगरपालिका–१० पाण्डढुसेनकी ३५ वर्षीया निर्मला बोहोराको मृत्यु भयो । कार्तिक २५ गते त्रिवेणी नगरपालिका स्थित छतारा स्वास्थ्य चौकीमा सुत्केरी भएको ६ घण्टा पछि ३७ वर्षीया रेजीया नेपालीको मृत्यु भयो हिजो राति मृत्यू भएकी रावल लगाएत छ जना स्वास्थ्य संस्थामै मृत्यु भएको छ।

मृत्यु भएकी बोहराले दुई बर्ष पहिले जिल्ला अस्पताल बाजुरामै अप्रेसन गरेर बच्चा जन्माएकी थिईन । यो बच्चा जन्माउनु दुई दिन मात्र बाँकी रहेको थियो । यो पटक दुई दिन पहिले नै ब्यथा लागेको जिल्ला अस्पतालको रेकडमा देखीन्छ।
३७ वर्षकी रेजीया नेपालीले घरबाट स्वास्थ्य संस्था ल्याएको २ मिनेटमै बच्चा जन्माएकी हुन् । अवस्था सामान्य नै थियो, ११ बजेर २ मिनेटमा स्टेचरमा राखेर आफन्तले स्वास्थ्य चौकी पु¥याएका थिए, ब्याडमा लिन नपाउँदै बच्चा जन्माएकी हुन । साढे चार बजेसम्म अवस्था राम्रै थियो, विहान ५ बजेपछि एकाएक बेहोस भएर ज्यान गएको हो।

विज्ञापन

‘स्वास्थ्य संस्थामा नियमित गर्भजाँच, सुत्केरी हुँनु पर्ने चेतना अझै पनि गाउँमा छैन, स्वास्थ्य संस्थामा सुत्केरी हुँने भन्दा पनि घरमै सुत्केरी गराउँन खोज्ने गारो भए पछि मात्र स्वास्थ्य संस्थामा ल्याउँने प्रचलनका कारण यस्ता समस्या आएका छन्।’ जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले बताए।

कमजोरी

पुबित्तर क्षेत्रका तिन वटा गाउँपालिका र एक नगरपालिमा जिल्लाको सबै भन्दा बढी स्वास्थ्य समस्या रहेको छ। भैगोलिक समस्याका कारण बिरामीहरु समयमा स्वास्थ्य संस्थामा पुग्न नसक्दा यस्ता समस्या आएका हुन्। त्यस क्षेत्रका लागि कोल्टीमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर बुढीनन्दा नगरपालिकाले कर्मचारी बेवस्थापन गर्न नसक्दा अलपत्र छ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा आकस्मिक प्रसुति सेवा हुन सकेको छैन् । उक्त सेवा संचालनका लागि रकम नभएको पनि हैन बुढीनन्दा नगरपालिकामा रकम छ र कर्मचारीहरुले तालिम समेत लगी सकेका छन्। डाक्टर औषधिको ब्यवस्थापनका लागि आएको बजेट नगरपालिकाले न खर्चिदा यो समस्या आएको हो। गएको बर्ष रकम फिर्ता पठाएको बुढिन्नदा नगरपालिकाले यो बर्ष पनि स्थापना गर्नका लागि कुनै पहल गरेको छैन।
आकस्मिक प्रसुति सेवा स्थापना गर्नका लागि परिवार स्वास्थ्य महासाखाले यो बर्ष पनि ३० लाख बिनियोजन भएपनि सञ्चालनका लागि कुनै पहल नभएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।गएको आर्थिक बर्ष ०७५।०७६ मा आकस्मिक प्रसुति सेवा स्थापना गरि सेवा सुचारु भइसक्ने भएपनि काम हुन नसकि २० लाख रकम फिर्ता गएको परिवार स्वास्थ्य महासाखाले वताएको छ।

आकस्मिक प्रसुति सेवा स्थापनाका गएको आर्थिक बर्षमा नै १० लाख बराबरको सामान खरिद भएर जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा रहेको छ। उक्क्त सामान कोल्टी छ । पठाउनका लागि पनि अहिले सम्म कुनै पहल नभएको देखिएको छ। अहिले आएको ३० लाख रकम कर्मचारी राख्नका लागि नगरपालिकामा रकम आएको छ, साउन महिना बाट सञ्चालन गर्नका लागि बजेट आएपनि अहिले सम्म सञ्चालनमा आउन नसकेको बुढिन्नदा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले वताएकि छन्् ।
गएको बर्ष कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा स्थापनाका लागि करारमा कार्यरत डा. सत्य शाहिलाई उनलाई परिवार कल्याण महासाखाले आकस्मिक प्रसुति शल्यक्रिया तालिममा पठाएको थियो । उनले ७० दिनको तालिम सेति अञ्चल अस्पतालमा लिएका थिए । नगरपालिका र डा. शाहि बिच तलबमा कुरा नमिल्दा गएको बर्ष सञ्चालनमा ल्याउन नसकेको नगरपालिकका एक कर्मचारीले वताए । राजधानी दैनिकबाट 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार