होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे हिमाली गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय हिमालीले बताएको छ । हिमालीको ७ नम्बर वटाबाट मतगणना सूरु गरिएको हाे । हिमालीमा ७ वटा वडा रहेका छन्।
हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ । शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा […]
नागरिक रैबार/बाजुरा १ जेठ।बाजुरा जिल्लाका ९ मध्ये ७ वटा पालिकामा मतदान भएको ४८ घण्टा वितिसक्दा पनि मतगण्ना हुन सकेको छैन् । बुढींगगा र बुढीनन्दाका केही वडामा मतदानका क्रममा दलहरुविच विवाद भएको थियो भने अन्य पालिकाहरुमा छिटपुट घटना बाहेक शान्तिपूर्ण तरिकाले मतदान कार्य सम्पन्न भएको थियो । हिमाली र गौमुल बाहेकका पालिकामा मतदान सम्पन्न भएकै दिन […]
हिमाली गाउँपालिकामा एमाले र कांग्रेस कार्यकर्ताविच दाेहाेराे झडप भएकाे छ । शनिवार दिउसाे पालिकाकाे केन्द्र धुलाचाैरमा एमाले र काँग्रेसका कार्यक्रता विच दाेहाेराे झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउन्ड हवाई फाएर गरेकाे छ ।
नागरिक रैबार/बाजुरा २९ बैशाख। बाजुरामा स्थानीय तहको निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारीहरु सम्बन्धित क्षेत्रमा पठाएर भोली शुक्रबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी नवराज अवस्थिले बताएका छन् । निर्वाचन अधिकारी अवस्थीका अनुसार जिल्लाका ९ वटै स्थानीय तहमा तोकिएका ७० वटा […]
नागरिक रैबार/बाजुरा २९ बैशाख। स्थानीय तह निर्वाचनको सुरक्षाका लागि बाजुरामा १५ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । भोली वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर १५ सयबढी जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समिति बाजुराका संयोजक एंव प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताएका छन् । प्रजिअ पौड्यालका अनुसार बाजुराका ९ वटै […]
बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद थियो, अहिलेसम्म […]
नागरिक रैबार बाजुरा २५ बैशाख। बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी […]
बाजुरा २४ बैशाख बाजुराकाे हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा नेपाली कांग्रेसका ३ र एमालेका २ जना घाइते भएका छन् । नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको […]
बाजुराका नौ वटा पालिकाका लागि ७८४ जनाको उम्मेदवारी परेको छ । नौ वटा स्थानीय तहका ३ सय ६३ पदका लागि प्रमुख उपप्रमुख अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यमा गरी ७८४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारीको कार्यालयले बताएको छ । ४ जना नगर प्रमुख, ४ जना उपप्रमुख, ५ जना अध्यक्ष, ५ जना उपाध्यक्ष, ६९ जना […]
नागरिक रैबार बाजुरा १२ बैशाख। जिल्लाको हिमाली गाउँपालिकाको अध्यक्षमा गोरखबहादुर सार्कीले स्वतन्त्रबाट मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव तथा दलित अधिकारकर्मी सहित रहेका सार्कीले गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका हुन् । स्वतन्त्रबाट गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सार्कीलाई जंग सार्की समर्थक रहेका छन् भने वविता चंदारा प्रस्तावक रहेकी छन् । […]
नागरिक रैबार/बाजुरा ११ बैशाख। बाजुरामा नेकपा एमाले पालिका प्रमुख र उप-प्रमुखको टुंगो लाग्यो नेकपा एमाले बाजुराले जिल्लाका ९ वटैै स्थानिय तहका प्रमुख, उप प्रमुख र अध्यक्ष उपाअध्यक्षहरुको टुगोँ लगाएको छ । नेकपा एमाले बाजुराले जिल्लामा प्रमुख र उप-प्रमुख तथा अध्यक्ष, उपाध्यक्ष सबैलाई मिलार उम्मेदवारी टुंगो लगाएको नेकपा एमाले बाजुराका प्रचार,प्रसार प्रमुख काँसी विकले बताएका छन् […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। बाजुराको हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकीको स्थापना गरीएको छ । तत्कालिन माओबादी दन्द्धको समयमा बिस्थापीत बिच्छाया प्रहरी चौकी २२ बर्ष पछि आईतबार पुनः स्थापना गरिएको छ । २२ बर्ष अघि बिच्छायाबाट बिस्तापीत प्रहरी चौकी हिमाली ५ कवाडीमा सरेपछि साबिकको बिच्छाया गाबिस प्रहरी चौकी बिहिन भएको थियो । आईतबार प्रमुख […]
नागरिक रैबार/बाजुरा १३ चैत्र।निर्वाचन आयोगले देशभरका स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र अरु ६७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने बाँकी रहेका स्थानीय तहमा जिल्ला […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। जिल्लाको हिमाली गाउँपालिकामा पनि आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।जिल्ला अस्पताल बाजुराको सयुक्त आयोजनामा हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा आजबाट निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिएको हो । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट गाउँपालिकाको धुलाचौरमा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् […]