होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा कृषि ज्ञान केन्द्र बाजुराको अगुवाईमा १ लाख २५ हजार फलफूलका विरुवा रोपिएका छन् । गरिवी र अभावको जिल्लाको उपमा पाएको बाजुरा जिल्लालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्र बाजुराले २०७७ साल लाई फलफूल रोपण वर्षका रुपमा घोषणा गरेसंगै जिल्लाभर १ लाख २५ […]
नागरिक रैबार /बाजुरा २ फागुन। मार्तडी-कोल्टी सम्मको ४२ किलोमिटर सडक १८ बर्ष देखी निर्माण कार्य शुरु भएको थियो । यस बर्ष प्रदेश सरकारले ठुलो मात्रामा रकम बिनियोजना गरेका कारण निर्माण शुरु भएको सडक चाँडा सम्पन्न गर्न प्रदेश सांसद बल्देब रेग्मीले निर्देशन गरेका छन्। उक्त सडक प्रदेश सरकारको प्रमुख प्राथमिकताको सडक भएको र बाजुरा लगाएत तिन […]
बाजुरा ३ माघ । नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा सरकारको असंबैधानिक कदमका विरुद्ध एकै साथ प्रदर्शन गरेको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको सर्कुलर अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गरेको हो । सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको आयोजनामा विरोध कार्यक्रमको आयोजना […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम शुक्रबार मार्तडीमा सम्पन्न भएको छ । संघको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम पश्चात बसेको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम भेलाले बाजुराका ९ वटै पालिकामा युवा संघका पालिका स्तरीय इन्चार्ज समेत तोकेर जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २४ पुस। राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच राष्ट्रिय युवा संघ नेपाल बाजुराले जिल्ला कमिटीका सदस्यहरुको प्रथम एकता भेला तथा शपथ ग्रहण कार्यक्रम सकेको हो । युवा संघमा आवद्ध जिल्ला कमिटीका सदस्यहरुलाई युवा संघ नेपालका केन्द्रिय सदस्य […]
नागरिक रैबार/बाजुरा १९ पुस। महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने बाजुराका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी रहेका छन् । गीरिले महिलाको कोठामा गएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शनिबार राति गिरीले आफु घरमा एक्लै भएको बेला कोठामा आएर दुर्व्यवहार गरेको […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको बुढीगंगा नगरपालिकामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का अन्दाजी ४० वर्षीया सौरे नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार नेपाली मावली घर नडाङ्गबाट घर आउने क्रममा शुक्रबार राति पानीमुलको खोलाको कुलोबाट लडेर मृत्यु भएको बताइएको छ । मृतक […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराका महिलाहरुलाई आयआर्जन तथा व्यवसायमा आकर्षित गराउने उद्देश्यले सदरमुकाम मार्तडीमा संचालन भएको ७ दिने अचार बनाउने तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग र आयोजनामा संचालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।। १५ जना सहभागि महिलाहरुलाई ७ दिनसम्म स्थानीय स्तरमा पाईने […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सदरमुकाम मार्तडीमा ७ दिने अचार बनाउने सम्वन्धि तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग तथा आयोजनामा यहाँका १५ जना महिलाहरुलाई ७ दिने अचार बनाउने तालिमको सूरु गरिएको हो । तालिम गत पुस २ गतेबाट संचालन गरिएको थियो […]
नागरिक रैबार/बाजुरा २ पुस। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीका कारण बगाएको बेलिवृज पुनः निर्माण कार्य सुरु भएको छ । बेलिवृज बगाएको करिव साढे ४ महिनापछि उक्त ठाउँमा नयाँ बेलिवृज निर्माण गर्न लागिएको सडक डिभिजन कार्यलय साँफेबगरले जनाएको छ । उक्त ठाउँमा बेलिवृज निर्माणका लागि सडक डिभिजन कार्यालयले १ करोड ८८ लाखको […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको आज जन्मदिन परेको छ । आजकै दिन बाजुराको बुढीगंगा नगरपालिकाको कुल्देवमाण्डौंमा जन्मिएका शाहलाई आज बिहानैदेखि उनका आफन्त र शुभचिन्तकहरुले प्रत्येक्ष भेटघाट तथा सामाजिक संजाल र फोनबाट उत्तररोत्तर प्रगति सहित जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरिरहेका छन् । ०२८ सालमा बाजुराको बुढीगंगा नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा १२ मंसिर। जिल्लाको बुढीगंगा नगरपालिकाका एक जना वडा सचिवलाई कोरोना संक्रमण देखिएपछि नगरपालिकाले नगरका सेवा ३ दिनका लागि बन्द गरेको छ । नगरपालिकामा एक पछि अर्को गर्दै कर्मचारी र जनप्रतिनिधिहरुमा कोरोना संक्रमण हुन् थालेपछि नगरपालिकाले आगामि आईतबार सम्मका लागि नगरका सेवा बन्द गरेको नगरपालिकाले बताएकाे छ । यस अघि नगर प्रमुख दिपक शाह, […]
प्रकाश विक, बाजुरा २८ कार्तिक अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले साँफे मार्तडी सडकको स्तरोन्नति संगै जडाङ्गाको बेलिवृज निर्माण प्रक्रिया अगाडि बढाउन पर्ने भन्दै बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार अनेरास्ववीयुका संयोजक राजिव रोकाया र राष्ट्रिय युवा संघ नेपालका संयोजक सन्तोष विकद्धारा हस्ताक्षरित ध्यानकर्षण पत्र सहित विभिन्न […]
बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका नगर प्रमुख दिपक बिक्रम शाहलाई कोरोना पुष्टि भएको छ । केही दिन अगाडी स्वाव संकलन गरी अछामको कमलबजारमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा नगर प्रमुख शाहको कोरोना पोजेटिभ देखीएको बुढिगंगा नगरपालिकाले जनाएको छ । मेयर शाह लगायत ४७ जनाको स्वाव संकलन गरी पठाएको र मेयर शाह भन्दा बाहेक सबैको […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कणर्बहादुर थापाले बाजुराको खेल क्षेत्रको विकासका लागि प्रयाप्त लगानि सहित निरन्तर लागिरहेको बताएका छन् । विहिबार छेडेदह स्पोट्र्स क्लवद्धारा आयोजित दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै नेता थापाले बाजुरामा खेलक्षेत्रको विकासका लागि प्रयाप्त लगानि गरिने बताएका हुन् । खेल क्षेत्रपनि जीवनको […]
नागरिक रैबार/बाजुरा ५ कार्तिक। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले चाड पर्व बाफत पाएको खर्च (कन्सन बाजुरा) अनाथ बालगृहलाई निणर्य गरेका छन् । दशैं भत्ताको विषयलाई लिएर सरकार र सांसदहरूको आलोचना हुन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले पनि आफुले पाएको भत्ता बुढीगंगा नगरपालिका २ मा रहेको अनाथ बालगृहलाई […]
नागरिक रैबार असोज २९ बाजुरा । गत साउँन २५ राति बुढीगंगा नदिमा आएको बाढीले बगाएको साँफे मार्तडी सडक खण्ड अन्तरगत जडाङ्गामा पर्ने बेलिबिज्रको पुनः निर्माणको प्रक्रिया अगाडि बढेको छ । बाढीले बगाएको बेलिवृज पुनः निर्माणका लागि सडक डिभिजन कार्यालय साँफेबगरले असोज २७ गते बेलिवृज ढुवानी देखि निर्माण सम्पन्न गर्नका लागि १ करोड ८८ लाखको ठेक्का […]
नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. १० स्थित सिगाडामा जंगली भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । घाईते हुनेमा सोही वडाका ३६ वर्षिय मने साउँद रहेका छन् । सोमबार विहान घर नजिकैको भैसी खर्कमा गएको बेला साउँदलाई भालुले आक्रमण गरेको स्थानीय पारस रावलले बताएका छन् । उनले भनेभालुले आक्रमण गरी […]