बुधबार, जेष्ठ ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको तल्लो क्षेत्रमा टेलिफोन सेवा नियमित भएन
बुढीगंगा

बाजुराको तल्लो क्षेत्रमा टेलिफोन सेवा नियमित भएन

  • नागरिक रैबार
बाजुराको तल्लो क्षेत्रमा टेलिफोन सेवा नियमित भएन

नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको तल्लो क्षेत्रमा रहेका २ नगरपालिका र १ गाउँपालिकाका लागि लक्षित गरि त्रिवेणी नगरपालिकाको तोलीमा निर्माण गरिएको टेलिफोनको टावरले महिनादिन देखि काम गर्न छाडेपछि त्यस क्षेत्रका स्थानीयलाई समस्या भएको छ ।

त्रिवेणीको तोलीमा निर्माण गरिएको नेपाल टेलिकमको टावरमा समस्या आएपछि यहाँका स्थानीयहरुलाई दैनिक टेलिफोन सेवा लिन समस्या भएको भरत बुढाले बताएका छन् ।

अनुसार तोलीमा निर्माण गरिएको टेलिकमको टावरमा पटकपटक समस्या आउँदा समेत सम्वन्धित निकायले चासो देखाएको छैन् स्थानीय बुढाले उनले भने ।

विज्ञापन

टेलिफोनको टावर आउने जाने र टावर आएपनि फोनले काम नगर्ने हुँदा उक्त क्षेत्रका त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका सेवाग्राही सेवा प्रभावित बनेका छन् ।

यता नेपाल टेलिकम शाखा बाजुराले भने उक्त क्षेत्रका स्थानीयहरुका लागि लक्षित गरि बनाईएकोे टावरलाई छिट्टै नियमित सुचारु गर्ने आश्वासन दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार