होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: कर्णाली प्रदेश लोकसेवा आयोगको कार्यालय सुर्खेतले गत जेठ २१ गते लिएको परीक्षामा बदमासी गर्ने २१ जनालाई कारबाही गरिएको छ। उत्तरपुस्तिकामा आफ्नो नाम र फोन नम्बर लेख्ने सुदूरपश्चिमका सातसहित २१ जना परिक्षार्थी कारबाहीमा परेका हुन्। आयोगद्वारा जारी विज्ञप्तिमा प्रदेश लोकसेवा आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नम्बर ५०३९५०६÷०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह सहायकस्तर […]
काठमाडौंः फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन्। विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए। जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए। फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ […]
बैतडी: नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनौटको उपाधि बैतडीले जितेको छ। फाइनल खेलमा बैतडीले कञ्चनपुरलाई ३ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो। कञ्चनपुरले दिएको ६३ रनको लक्ष्य बैतडीले ११ दशमलव ५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो। जसमा कप्तान वसन्त खत्रीले अविजित २४ रन बनाउँदा खडक बोहराले १४ रन बनाए।कञ्चनपुरका मिलन […]
नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँए पनि भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन । विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ । सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले भने, […]
बाजुरा । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ । सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् । सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित […]
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)लाई मातृशोक परेको छ । उनकी आमा नन्द कुमारी थापाको आज बिहान चितवनको क्षेत्रपुरस्थित निवासमा निधन भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नन्द कुमारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
जनकपुरधाम । उम्मेदवार सिफारिसको विषयमा विवाद हुँदा धनुषा क्षेत्र नम्बर २ का कांग्रेस कार्यकर्ताबीच कुटाकुट भएको छ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएपछि उम्मेदवार सिफारिस हुन सकेन । उम्मेदवार सिफारिसबारे छलफल गर्न शनिबार नेपाली कांग्रेस क्षेत्रीय समितिको बैठक बसेको थियो । पौडेल पक्षका नेता रामकृष्ण यादवले देउवा पक्षका मुक्ता यादवको नाम प्रत्यक्षतर्फ […]
काठमाडौँः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको समय तालिका तथा आवेदन फारम बुझाउनेबारे सूचना प्रकाशन गरेको छ। बोर्डको सूचना अनुसार २०७९ असोज ३० गते आइतबार अनिवार्य अंग्रेजी, एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरुको बस विषय र दुई विषयमा परीक्षा दिने परिक्षार्थीहरुका लागि आफूले परीक्षा दिने नम्बरहरू मध्येको सानो कोड नम्बर भएको […]
काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटीले पहिले अग्रता लिए पनि एस्टन भिल्लाले घरेलु मैदानमा बराबरी गोल फर्काएको थियो । यस सिजन सिटीले दोस्रो पटक खेलमा अंक गुमाएको छ । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा […]
बाजुरा । नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । दुइदिन सम्म चलेको बैठकले प्रदेश क बाट दुई जना र ख बाट ५ जनाको नाम सिफारिस गरेको हो । प्रदेश क बाट जनकराज गिरी र नारायण पाध्यायको नाम सिफारिस भएको छ भने प्रदेश ख बाट चक्र शाह, […]
जेलैमा हो जेलैमा चरी जेलैमा मै छोरी रुँदै रुँदै बेंसी मेलैमा …. कतिलाई यो गीत असान्दर्भिक लाग्ला। अब यो गीतबाट तपाईंले कल्पना गरेको जस्तो फलामको जेल हटाइदिनुस् र सिसाको पारदर्शी खुला जेल सम्झिनुस् त ? के अब तपाईंको सन्दर्भसँग मेल खान्छ ? समानता अनि समावेशिताको यति लामो यात्रासम्म आइसक्दा हामीलाई धेरै लामो दूरी तय गरिसकेको […]
वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो । डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले […]
पोखरा । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट उडेको ७ मिनेटपछि जहाजमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । १८ यात्रु लिएर मुस्ताङ उडेको जहाजमा इन्टिकेसनमा समस्या आएको भन्दै अवतरण गरिएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज चालिसेले जानकारी […]
बाजुरा । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्बाचनमा बाजुरा जिल्ला प्रदेश सभा ख बाट युबा नेता दिपेन्द्र बहादुर शाहीलाइ सुदुरपश्चिम प्रदेश सम्पर्क समन्बयले केन्द्रिय पार्टीलाइ सिफारिस गरेको छ। युबा नेता दिपेन्द्र शाही बाजुरा काठमाण्डौ सम्पर्क समन्बयका अध्यक्ष साथै अखिल(क्रान्तिकारी)महेन्द्र रत्न क्याम्पसको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।उहाले विभिन्न शैक्षिक आन्दोलनको नेतृत्व रुपान्तरण र सामाजिक […]
बाजुरा । रोजगारीको शिलशिलामा भारतको मुम्बइ पुगेको बाजुराको एक परिवार अलपत्र परेको छ । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं १० की राजपुरा दमाइको परिवार मुम्बइमा अलपत्र भएको हो । पाँच वर्षअघि श्रीमानसहित सपरिवार रोजगारीका लागि मुम्बइ पुगेकी राजपुरा र उनका पाँच छोराछोरी श्रीमानको मृत्युपछि बेसाहारा भएका हुन् । मुम्बइकै मुलन भन्ने ठाउँमा एक कम्पनीमा […]
बाजुरा । बाजुरा जिल्लामा संचालित मानव शसोंधन केन्द्र एचआरसी बाजुराकाे अबिधेशन सदरमुकाम मार्तडीमा सुरु भएको छ । एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटाैँ अधिबेशन सदरमुकाम मार्तडीमा संचालन गरिएको छ । नयाँ नेतृत्व सहित साधारण सभाको उद्धघाटन समारोह सम्पन्न भएर बन्दसस्त्र सुरु भएको छ । बन्द सत्रमा संस्थाको प्रबिदेनमाथी छलफल आर्थिक प्रबिेदन छलफल पछि […]
बाजुरा । नेपाली काँग्रेस बाजुरालाई आसन्न मसिंर ४ गते हुने संघ र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । निरन्तर २ दिन देखी बसकेको नेपाली काँग्रेसका प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका बैठकहरुले अझै टुगोँमा पुर्याउन सकेका छैनन् । मंसिर ४ गते हुने संघिय र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटका लागि बसकेको बैठक शुक्रबारदेखी […]
बाजुरा । बाजुरा जिल्लामा संचालित मानव शसोंधन केन्द्र एचआरसी बाजुराको अध्यक्षमा पुन निर बहादुर शाही दोहोरीएका छन । सदरमुकाम मार्तडीमा संचालन भएको अधिबेशनले पुन शाहीलाई अध्यक्षमा दोहोर्याएको छ । एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटाैँ अधिबेशन सदरमुकाम मार्तडीकाे स्वामिकार्तिक प्लाजामा संचालन गरिएको थियो । अधिबेशनबाट नयाँ नेर्तित्व चयन गरेकाे छ जसमा अध्यक्षमा निर […]
बाजुरा । आज गौरा पर्वको मुख्य दिन अठ्यावाली अर्थात् दुर्वाष्टमी सुदूरपश्चिममा धुमधामसँग मनाइँदैछ। आजका दिन गौराको पूजाआजा गरिन्छ भने हिजो विवाहित व्रतालु महिलाहरुले चढाएको दुबधागो आज ग्रहण गर्ने गर्दछन्। बाजुरामा सामाजिक बिकास कार्यालय बाजुराकाे सहयाेगमा बडिमालिका ९ चाैराटामा खुल्ला महिला देउडा प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । लाेक तथा दाेहाेरी प्रतिष्ठान बाजुराकाे आयाेजनामा साे प्रतियाेगिता भइरहकाे […]
कैलाली। वैदेशिक रोजगारीमा जान काठमाडौ जाँदै गरेका एक युवक धनगढी बिमानस्थलमा प्रहरीबाट कुटिएका छन् । शनिबार श्री एयरलाइन्सको १२ बजेको फ्लाइटबाट काठमाडौ जाँदै गरेका कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपिट गरेको हो । उनको आँखामा चोट लागेको छ । काठमाडौ जाँदै गरेका गिरीको साथमा रहेको पाँच लाख रुपैयाँ लैजान नपाउने भन्दै एयरपोर्टमा रहेका […]