होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटौ अधिबेशन सम्पन
समाचार

एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटौ अधिबेशन सम्पन

  • नागरिक रैबार
एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटौ अधिबेशन सम्पन

बाजुरा । बाजुरा जिल्लामा संचालित मानव शसोंधन केन्द्र एचआरसी बाजुराकाे अबिधेशन सदरमुकाम मार्तडीमा सुरु भएको छ । एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटाैँ अधिबेशन सदरमुकाम मार्तडीमा संचालन गरिएको छ ।
नयाँ नेतृत्व सहित साधारण सभाको उद्धघाटन समारोह सम्पन्न भएर बन्दसस्त्र सुरु भएको छ । बन्द सत्रमा संस्थाको प्रबिदेनमाथी छलफल आर्थिक प्रबिेदन छलफल पछि नयाँ नेतृत्व चयनको प्रकृयाको थालनी गरिने जनाएको छ । संस्थाका अध्यक्ष निर बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकाया रहेका थिए ।

प्रमुख अतिथि समेत रहका समन्वय समिति बाजुराका प्रमुख रोकायाले जिल्लामा संचालित गैरसकारी संस्थाहरुको अहम भुमिका रहेको बताएका छन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोकायाले जिल्लाको बिकाशमा जिल्लामा संचालीत एचआरसी बाजुरा लगायतका गैरसकारी संथाहरुले राम्रो काम गरेकोले यसलाई निरन्तराता दिनुपर्ने बताए । राज्य नपुगेको ठाउँमा संस्थाहरु पुगेका धेरै उदाहरण रहेकोले संस्थाले पैरवी मात्र नभएर बिकाशका कामहरुमा पनि गर्दै आएकोले यसालाई निरन्तरता दिन अनुरोध गरेका छन ।

जिल्लामा संचालीत गैरसकारी संस्थाहरु संगको समन्वयका लागि आफु समन्वय समितिको प्रमुख भएको नाताले समन्वयात्मक कार्यहरुमा प्रतिबद्ध रहेको बताए । संस्थाहरुलाई कुनै पनि समन्वयको आबस्यकता हुँदा जिल्ला समन्वय समितिले सो भुमिका निर्बाह गरिरहने प्रतिबद्धता ब्यक्त गरेका छन ।

विज्ञापन

संस्थाका सचिव अग्नी शाहीले संचालन गरेको कार्यक्रमको संस्थाका सस्थापपक तथा नेकपा एकिकृत समाजबादी पार्टी बाजुराका अध्यक्ष गगन रावल बिषिष्ठ अतिथिको रुपमा रहेका थिए । कार्यक्रममा गैसस महासंघ बाजुराका अध्यक्ष कृष्ण अधिकारी पत्रकार महासंघ बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम सिहं अतिथि रहेका थिए ।

संस्थाका कार्यक्रम संयोजक अग्नीराज शाहीले कार्यक्रमको स्वागत गरेका थिए भने संस्थाको सांगाठानीक प्रतिबेदन संथाका अध्यक्ष निर बहादुर शाहीले प्रस्तुत गरेका थिए । कोषाअध्यक्ष शुसिला थापाले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन ।
एचआरसी बाजुराले कार्यक्रममा संस्थामा कार्यरत २ जना उत्कृष्ठ कर्मचारीहरुलाई समेत सम्मान गरेको छ । सम्मानीत हुनेमा एचआरसी बाजुराका कार्यक्रम संयोजक अग्नीराज शाही र कोल्टी क्षेत्रमा कार्यरत कर्मचारी दिल बहादुर धामी रहेका छन ।
सर्बउत्कृष्टता कर्मचारी सम्मान अग्नीराज शाहीलाई प्रदान गरिएको छ भने उत्कृष्ठ कर्मचारीको रुपमा धामीलाई सम्मान गरिएको एचआरसी बाजुराले जनाएको छ ।

May be an image of 7 people, people standing and sky

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार