होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीद्वारा विमानस्थलमा कुटिए वैदेशिक राेजगारीमा जान लागेका युवा
समाचार

प्रहरीद्वारा विमानस्थलमा कुटिए वैदेशिक राेजगारीमा जान लागेका युवा

  • नागरिक रैबार
प्रहरीद्वारा विमानस्थलमा कुटिए वैदेशिक राेजगारीमा जान लागेका युवा

कैलाली। वैदेशिक रोजगारीमा जान काठमाडौ जाँदै गरेका एक युवक धनगढी बिमानस्थलमा प्रहरीबाट कुटिएका छन् । शनिबार श्री एयरलाइन्सको १२ बजेको फ्लाइटबाट काठमाडौ जाँदै गरेका कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपिट गरेको हो ।

उनको आँखामा चोट लागेको छ । काठमाडौ जाँदै गरेका गिरीको साथमा रहेको पाँच लाख रुपैयाँ लैजान नपाउने भन्दै एयरपोर्टमा रहेका प्रहरीले कुटपिट गरेको गिरीले आरेप लगाएका छन् । एयरपोर्ट डिउटीमा रहेका वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले गिरीलाई कुटपिट गरेका हुन्। त्यसपछि अरु प्रहरीले पनि कुटपिट गरेकाे उनले बताए ।

‘मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपिट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो,’ उनले भने, ‘कुटेको कुरा भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।’ उनले आफूले कुनै गालीगलौज नगरेको भन्दै प्रहरीलाई गाली गरेको भनेर कुटेकाे बताए । ‘मैले गाली गरेको छैन, सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ ।’ उनले भने ।

विज्ञापन

पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउँदा बोलाउँदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपिट गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई पनि कुट्न नपाइने बताउँदै साे बारे जानकारी लिइरहेको बताए

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार