होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो […]
२३ भदौ, विराटनगर । प्रदेश १ साक्षर प्रदेश घोषणा भएको छ । ९५ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा प्रदेश १ सरकारले बिहीबार साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका १५ देखि ६० वर्ष उमेर समुहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएकाले साक्षर प्रदेश घोषणा गरेको प्रदेश १ सामाजिक विकास […]
काठमाडौँ — यसपटक एप्पलले अपनाएको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो, आफ्नो स्मार्टफोनलाई भूउपग्र (स्याटलाइट) मा जोड्ने प्रविधि । कम्पनीले प्रयोगकर्ताको सुरक्षा र कनेक्टीभिटीलाई बढी महत्व दिएको छ । नेपाली समयअनुसार बुधबार राती एप्पलले आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी टिम कुकसहित अन्य नेतृत्वदायी ओहदाका कर्मचारीले नयाँ […]
‘साक्षरता सिकाइ क्षेत्रमा रुपान्तरण’ भन्ने आदर्श वाक्यका साथ आज नेपालमा पनि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले सन् १९६७ देखि आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सन्देश दिँदै साक्षरता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । दिवसका […]
काठमाडौं । राणाशासनको अन्त्यपछि २०१५ सालमा नेपालले पहिलो पटक संसदीय चुनावको अभ्यास गर्यो । यही चुनावमार्फत दलहरूले पहिलो पटक घोषणापत्र सार्वजनिक गरे । त्यस अगाडि २००४ र २०१० सालमा स्थानीय तहको चुनाव भए पनि ती चुनावमा घोषणापत्रको प्रयोग गरिएको थिएन । चुनावी इतिहासका जानकार डिल्लीराम मिश्र भन्छन्, ‘२००४ र २०१० सालमा भएका चुनावमा पर्चा, पम्प्लेट […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न भनेको छ […]
काठमाडौं । गायक शिव परियार पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन् । नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् । ‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा […]
काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा […]
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार प्रदेश […]
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आएका भन्दै चिन्ता व्यक्त गरेका छन्। निजामती सेवा दिवसमा आयोजित कार्यक्रममा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। देशको आम्दानी अवस्था नाजुक रहेकोतर्फ जोड दिँदै उनले भने, ‘हुँदाहुँदा कर्मचारीलाई तलब खुवाउन पनि विदेशीसँग पैसा माग्नुपर्ने अवस्था आइसक्यो।’ देशमा विकास निर्माणको अवस्था […]
काठमाडौँ – नसिम साहले लगातार दुई छक्का प्रहार गरेपछि अफगानिस्तानमाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै पाकिस्तान एसिया कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । एक सय ३० रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ रनको आवश्यकता थियो । नवौं विकेटको रुपमा आसिफ अलि आउट भएपछि दबाबमा आएको पाकिस्तानका नसिम साहले २०औं ओभरको […]
काठमाडौँ- राष्ट्रियसभाअन्तर्गत चार वटा विषयगत समितिदले आज सभापति पाउने भएका छन्। राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समितिका सभापतिको निर्वाचनका लागि ४ जनाको उम्मेदवारी परेको छ । चार वटा समितिको सभापतिका लागि चार जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु सबै निर्विरोध निर्वाचित हुनेछन्। आज दिउँसो […]
लन्डन — रोबर्ट लेवनडोस्कीको ह्याट्रिकको मदतले बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा बुधबार भिक्टोरिया प्लाजेनलाई ५–१ ले हराएर विजयी सुरुआत लिएको छ । पोलिस फरवार्डले बायर्न म्युनिक छाडेर बार्सिलोना आएयता ह्याट्रिक गरेको यो पहिलो हो । समूह ‘सी’ को अर्को खेलमा बार्यनले इन्टर मिलानमाथि २–० को जित रच्यो । समूह ‘डी’ मा टोटनहमले मार्सेलाई २–० ले पन्छायो […]
बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे । निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भवन थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै तीन घण्टा लाग्छ । आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी […]
रुकुमपूर्व । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई सिफारिस गरेको […]
अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५५ औं बार्षिक बैठकमा सहभागी हुने भएका छन् । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो । बुधबार मन्त्रालयमा आयोजित नियमित […]
बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर लगाएर सडक खन्ने काम भइरहेको छ । डोजरले यस क्षेत्रका पाटनहरुलाई छियाँ छिया पारिरहेको छ । मार्तडी बडिमालिका पर्यटकीय सडक नाम दिइएको सो सडक निमार्णमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार बीच समन्वय छ । ‘फूलचढाउने भन्दा अगाडि सडक नलैजान भनेर स्थानीयले बिरोध गरे पनि […]
नागरिक रैबार/बाजुरा २२ भदौ। बाजुरामा पनि बिबिध कार्यक्रम गरि १९ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवसको अवसरमा आज बिहान प्रभात फेरी कार्यक्रम र दिउसोँ बृक्षारोपण गरि मनाइएको हो । १९ औं निजामती सेवा दिवस ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिउसोँ नेपाली सेनाको ब्यारेक थापाथलीमा […]
काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा ऋचा शर्माको हाँसो र आँसुले उपस्थितको ध्यान खिच्यो । इमोसनका अनेक भावभंगीमामा उनी पत्रकार सम्मेलनमा सहभागी रहिन् । रोएर फिल्म चल्दैन भन्दै उनी निकै रोइन् । उनी रुँदा पत्रकार सम्मेलनका कार्यक्रम होस्टदेखि को-स्टारसम्मलाई सम्हाल्न गाह्रो भयो । तर उनी अन्ततः सम्हालिइन् र रुनुको कारण खुलाइन् । रोएर […]
काठमाडौं । नाबालिगमाथि जबर्जस्तीकरणीको उजुरी दर्ता भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्नका लागि इन्टरपोलको सहयोग लिइने भएको छ । प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले प्रहरीमा सन्दीपविरुद्ध जबर्जस्तीकरणीको उजुरी दर्ता भएसँगै उनलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिइने र प्रक्रिया अघि बढिसकेको बताए । डिआईजी राईले भने, ‘काठमाडौंमा भएको भए नेपाल प्रहरी आफैले […]