होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आइफोन १४ मा स्याटलाइट फोनको सुविधा
समाचार

आइफोन १४ मा स्याटलाइट फोनको सुविधा

  • नागरिक रैबार
आइफोन १४ मा स्याटलाइट फोनको सुविधा

काठमाडौँ — यसपटक एप्पलले अपनाएको सबैभन्दा ठूलो परिवर्तनमध्ये एक हो, आफ्नो स्मार्टफोनलाई भूउपग्र (स्याटलाइट) मा जोड्ने प्रविधि । कम्पनीले प्रयोगकर्ताको सुरक्षा र कनेक्टीभिटीलाई बढी महत्व दिएको छ ।

नेपाली समयअनुसार बुधबार राती एप्पलले आइफोन १४, एप्पल वाच र एयरपड्सका नयाँ मोडल सार्वजनिक गरेको थियो । कम्पनीका प्रमुख कार्यकारी टिम कुकसहित अन्य नेतृत्वदायी ओहदाका कर्मचारीले नयाँ मोडलका विशेषताहरू सविस्तार गरेका थिए । क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयबाट भर्चुअल रूपमा प्रोडक्ट लन्च गरिएको थियो ।

एप्पलको नयाँ मोडलको आइफोनमा दुर्घटना र भइपरीका बेला उद्दारमा सहयोग पुर्‍याउने फिचर समावेश भएको छ । मोबाइल नेटवर्क उपलब्ध नभएका ठाउँमा अलपत्र परियो वा सवारी दूर्घटनामा परेका बेला तुरुन्त सूचना तथा सन्देश पठाउन मिल्ने सुविधा आइफोन १४ का सबै संस्करणमा उपलब्ध छन् ।

विज्ञापन

एप्पलको ‘फार आउट’ कार्यक्रममा आइफोन १४ का ४ वटा मोडल, एप्पल वाचका तीन वटा मोडल र एयरपड प्रो सार्वजनिक गरिएको थियो । आइफोन १४ मा इमर्जेन्सी एसओएस भिया स्याटलाइट सुविधा राखिएको छ । यसले फोन नलाग्ने र डाटा पनि नचल्ने अनकन्टार ठाउमा सञ्चारको सुविधा दिन्छ । प्रयोगकर्ताले आफ्नो मोबाइल फोनलाई आकाशतर्फ फर्काएर भूउपग्रहमार्फत् उद्दारकर्ता वा आफन्तलाई छोटो म्यासेज पठाउन सक्छन् ।

स्याटेलाइट टेलिकक्युनिकेसनकाे सुविधा दिँदै आएको कम्पनी ग्लोबलस्टारसँगको सहकार्यमा एप्पलले सो भूउपग्रहको नेटवर्कमार्फत् आफ्ना प्रयोगकर्तालाई सन्देश पठाउने सुविधा दिन लागेको हो । यसअघि स्पेस एक्स र टी मोबाइलले पनि मोबाइल फोनमा स्याटलाइट कनेक्टिभिटीको सुविधा दिनेबारे जानकारी दिएका थिए । एप्पलले भने सुरुमा संयुक्त राज्य अमेरिका र क्यानडामा मात्रै यो सुविधा उपलब्ध हुने बताएको छ ।

यसका साथै, आइफोन १४ मा क्र्यास डिटेक्सन फिचर पनि समावेश छ । यो भनेको सवारी दूर्घटना भएमा यसबारे सुरक्षा निकाय वा उद्धारकर्तालाई स्वतः सूचना जाने सुविधा हो । यसले उद्दार कार्यमा सघाउने अपेक्षा गरिएको छ । आइफोन १४ को मूल्य ७९९ डलर (हालको विनिमय दरअनुसार १ लाख १ हजार रुपैयाँ), आइफोन १४ प्लसको ८९९ डलर (१ लाख १४ हजार), आइफोन १४ प्रोको ९९९ डलर (१ लाख २७ हजार) र आइफोन १४ प्रो म्याक्सको १०९९ डलर (१ लाख ४० हजार रुपैयाँ) तोकिएको छ ।

विश्व अर्थतन्त्रमा देखिएको मूल्य वृद्धि, बढ्दो उत्पादन लागत र ढुवानी खर्चमा भएको वृद्धिले आइफोनको मूल्य अचाक्ली बढ्ने अनुमान गरिएको थियो । तर, कम्पनीले यस पटक आफ्ना प्रोडक्टको मूल्य बढाएको छैन । आइफोन १३ कै मूल्य आसपासमा नयाँ मोडल उपलब्ध हुनेछन् । कम्पनीले यसपटक सेफ्टी फिचरलाई बढी महत्व दिएको छ ।

आइफोन १४ र प्रो म्याक्समा डाइनामिक आइल्यान्ड भनिने डिस्प्लेको सिरानमा फोनका गतिविधि देखिने भिजिअल बोर्ड थप गरिएको छ । यसमा ४८ मेगापिक्सलको क्यामरा, फाइभजी र ईसिम चल्ने सुविधा समावेश छन् । कम्पनीले मोबाइलको ब्याट्री क्षमता बढाएको जनाएको छ ।

एप्पल वाच अल्ट्रा
एप्पलले सिरिज ८, एप्पल एसई र एप्पल वाच अल्ट्रा संस्करणका घडी पनि बजारमा ल्याएको छ । सिरिज ८ र एप्पल एसई क्र्यास प्रोटेक्टेड अर्थात् नकोरिने खालका छन् भने यी पानीमा पनि लगाउन मिल्छ । महिनावारी वा स्वास्थ अवस्थाको ट्र्याक गर्न यी घडी निकै उपयोगी हुने बताइएको छ ।

अमेरिकाका थुप्रै राज्यमा गर्भपतनलाई गैरकानुनी बनाइएपछि पिरियड ट्रयाकिङ एपप्रति त्यहा शंका बढिरहेको छ । यस्ता एपले गर्भवति महिलाबारे सूचना चुहाउने र कसैले गर्भपतन गरेमा कारबाहीको दायरामा ल्याउन सकिने भएकाले यस्ता एप डिटिल गर्ने चलन बढेको छ । एप्पलले भने प्रयोगकर्ताका व्यक्तिगत सूचनाको गोपनीयतामा आफूहरु सचेत रेहेको जनाएको छ ।

एप्पलले अत्यन्तै प्रँथमिकताका साथ सार्वजनिक गरेको एप्पल वाच अल्ट्रा चाहि खेलाडी र धावकहरुका लागि विशेष डिजाइन गरिएको छ । यो असाध्यै बलियो र टिकाउ एक पटक चार्ज गरेपछि यो घडी ३० देखि ७० घण्टासम्म टिक्ने भनिएको छ । यसको मूल्य ७९९ डलर (१ लाख १ हजार रुपैया) भनिएको छ । यसको स्क्रिन साइज निकै ठूलो छ । र, नाइट मोड अप्सन थप गरिएको छ ।

एयरपड्स प्रो
नोइज क्यान्सलेसनको सुविधासहित नया एयरपड्स प्रो सार्वजनिक गरिएको छ । यसमा टच कन्ट्रोलको व्यवस्था छ, भोल्युम (आवाज) घटाउन÷बढाउन मिल्छ । यसको ब्याट्री क्षमता सुधार गरिएको कम्पनीले जनाएको छ । एयरपड्स राख्ने बट्टा इमोजी अंकित गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार