होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गायक शिव परियारको टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौं
समाचार

गायक शिव परियारको टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौं

  • नागरिक रैबार
गायक शिव परियारको टिप्पणी : बलात्कारलाई व्यवसाय बनाउनेहरुको भण्डाफोर गरौं

काठमाडौं । गायक शिव परियार पछिल्लो समयका बलात्कारका घटनालाई लिएर आक्रामक प्रतिक्रिया दिएका छन् । नेपाल सरकारलाई सम्बोधन गर्दै उनले बलात्कारलाई ‘व्यवसाय बनाउनेहरुको भण्डाफोर’ नगरिए नेपाल बलात्कारीहरुको देश हो’ भन्ने नजिर स्थापित हुने बताएका छन् ।

‘कृपया यतिबेला सबै वर्ग, सम्प्रदाय, जात, धर्म र नेपालीहरूले नेपालमा मौलाएको बलात्कार व्यवसायको भण्डाफोर गर्न जरुरी देख्छु,’ उनले फेसबुकमा लेखेका छन् । तर, स्टाटस पोस्ट गरेको केही मिनेटमै उनले यसलाई डिलेट गरेका छन् । यद्यपि सामाजिक संजालमा पोस्टको स्क्रिनसट् भाइरल बनिरहेको छ ।

विज्ञापन

कतिपयले परियारलाई बहिष्कार गर्नुपर्ने भन्दै स्टाटस पनि लेखेका छन् । बलात्कारजस्तो गम्भीर विषयलाई सामान्यीकरण गर्न नहुने धेरैको मत छ । गायक परियार राजनीति र सामाजिक विषयवस्तुमा टिप्पणी व्यक्त गर्ने कलाकारमध्ये पर्छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार