होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडिमालिका पाटनमा डोजर
समाचार

बडिमालिका पाटनमा डोजर

  • नागरिक रैबार
बडिमालिका पाटनमा डोजर

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पाटनमा डोजर लगाएर सडक खन्ने काम भइरहेको छ । डोजरले यस क्षेत्रका पाटनहरुलाई छियाँ छिया पारिरहेको छ ।

मार्तडी बडिमालिका पर्यटकीय सडक नाम दिइएको सो सडक निमार्णमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकार बीच समन्वय छ । ‘फूलचढाउने भन्दा अगाडि सडक नलैजान भनेर स्थानीयले बिरोध गरे पनि नगरपालिकाले त्यहाँ भन्दा ४ किलोमिटर अगाडीसम्म डोजर लगाएको छ’, स्थानीय नरबहादुर रावलले भने ।

बडिमालिका नगरपालिका वडा नम्बर ८ का निर्वतमान वडा अध्यक्ष प्रकाश रावल भन्छन, ‘सोता पाटन सम्म डोजर लगाइएको छ । डोजर लगाउँदा पाटनको शौन्र्दयतामा नै असर गरेको भनेर स्थानीयले विरोध गरे तर नगरापालिकाले सुन्दै सुनेन ।’

विज्ञापन

स्थानीय वासिन्दाले अहिले विरोध गरेपनि नगरपालिकाले आफनो काम नरोक्ने बताएको छ । नगरपालिकाले टेन्डर निकालेर यो काम गरेको भएर अहिले विरोध भयो भन्दैमा काम नरोकिने बडिमालिका नगरपालिका ईन्जिनियर हिक्मत रावल बताउँछन् । बाटो खन्ने काम सोता पाटन सम्म पुर्‍याइएकोले अब त्यो भन्दा अगाडि नबढाईने इन्जिनियर रावल बताउँछन् ।

नगरपालिकाले वाताबरणीय प्रभाब मुल्याकंन गरेर सडक निर्माण गरेको दाबी गरेपनि अहिलेसम्म अध्ययनको काम नभएको पाईएको छ । पुर्वाधार कार्यलय साँफे बगरका प्रमुख रुद्ध बोगटी भन्छन, ‘वाताबरणीय प्रभाब मुल्याकंन गर्ने काम प्रक्रियामा रहेको छ ।’

उक्त सडकको नयाँ ६.६ किलोमीटर ट्रयाक खोलिएको हो, जसमा ४ किलोमिटर बढी पाटन क्षेत्र रहेको छ । अनलाइनखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार