होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय
मनोरञ्जन

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

  • नागरिक रैबार
सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो ।

कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । आजै प्रेस विज्ञप्तिमार्फत संघले आन्दोलनका कार्यक्रमबारे जानकारी दिने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार