होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ साउन, काठमाडौं । पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले आइतबार गरेको २ सय ३५ नेताको कार्यविभाजन आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेकका अन्य सामग्रीमा भने विविधता छ । कान्तिपुरले नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चुलिएको लेखेको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र […]
काठमाडौं, ५ साउन । मनसुनी रेखा नेपालतिर सर्दै आएको मौसमविदले जनाएका छन् । जसको प्रभाव नेपालमा सोमबारबाट देखिने छ । मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’ यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने […]
बैतडी, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशका ७७ जिल्ला इञ्चार्ज तथा सह–इञ्चार्ज तोकेसंगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका इञ्चार्ज तथा सह–इञ्चार्जको पनि टुंगो लागेको छ । बैतडीको इञ्चार्जमा नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर ),सह–इञ्चार्जमा पुरनसिंह दयाल, रेणु चन्द, दार्चुलाको इञ्चार्जमा गणेश ठगुन्नालाई तोकेको छ भने सह–इञ्चार्ज तोकिएको छैन । बझाङको इञ्चार्जमा भैरवबहादुर सिंह, […]
नागरिक रैबार/ साउन ५ बाजुरा। जिल्लाको सर्वाधिक विकट मानिदै आएको गौमुल गाउँपालिकाको वडा नं १ अम्लिसमा पहिलो पटक ३ वटा देउडा गीतहरुको छायाकंन गरिएको छ । बाजुराको कला, संस्कृतिको संरक्षण तथा जगेर्ना गर्ने उद्देश्यका साथ पहिलो पटक गाउँमै पुगेर ३ वटा मौलिक देउडा गीतहरुको छायाकंन गरिएको सेती महाकाली म्युजिक प्रालिका प्रवन्धक रामबहादुर दानीले बताएका छन् […]
रामबहादुर बिक/बाजुरा ५ साउन । विपि जयन्तीको अवसर पारी बडिमालिका नगरपालिका वडा न ७ सिराडीमा रहेको कट्कलामा वृक्षारोपण गरिएको । आफु बाँचौ विरुवा पनी बचाउ भन्ने मुल उदेष्यका साथ वृक्षारोपण गरिएको हो । उक्त ठाँउमा सुक्खा डाँडो र बाढी पहिरो लाई न्युनिकरण गर्नाका लागी र त्यहाँको वातावरणलाई हरावरा वनाउनको लागी वृक्षारोपण गरिएको स्थानियहरुले बताएका छन् […]
५ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश सरकारका मन्त्रीहरु जिल्ला इन्चार्ज र सहइन्चार्ज बनेका छन् । संघीय सरकारका प्रवक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रे जिल्लाको इन्चार्ज बनेका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका बास्कोटा यसअघि […]
काठमाडौं ५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । तत्कालीन माओवादीका ईन्चार्ज रहेका लेखनाथ […]
सरकारले आर्थिक वर्ष २०७५÷७६ को अन्तिम महिना असारमा मात्रै सरकारले सरकारी गाडी किन्न झण्डै साढे ४५ करोड रुपैयाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायका लागि गाडी किन्न असार महिनामा ४५ करोड २४ लाख ५८ हजार रुपैयाँ रकमान्तर भएको छ। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय अन्तर्गतका निकायको लागि गाडी किन्न मात्रै १९ करोड ९ […]
चन्द्रमामा मानिसले पहिलो पटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। सन् १९६९ को जुलाई २१ मा अमेरिकी अन्तरिक्षयात्री नील आमस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए। उनीहरु एपोलो–११ अन्तरिक्षयानमार्फत चन्द्र सतहतमा उत्रिएका थिए। अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि नील आमस्ट्रङले चन्द्रमामा पाइला टेकेका […]
काठमाडौं, साउन ५ । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ। प्रदेश एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ […]
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। क्याम्पस प्रशासनले मनोमानी ढंगले शुल्क बढाएको भन्दै बैद्य निकट अखिल क्रान्तिकारीले आज बिहान क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो। यसअघि शुल्क घटाउनका लागि ७२ घण्टे अल्टिमेटम दिएको विद्यार्थी संगठनले आज सम्म माग पुरा नगरेको भन्दै तालाबन्दी गरेको जनाएको छ। अखिल क्रान्तिकारीका […]
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा […]
डोल्पा – काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी। ‘गाडी […]
काठमाडौँ : पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता […]
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका छन् । लामालाई गएराति १ बजे काठमाडौंको काँडाघारीबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । गत फागुन १० गते नख्खुको एनसेल कार्यालयमा गराइएको बम विस्फोटमा लामाको हात रहेको प्रहरीले दाबी गरेको छ । त्यसैगरी जेठ […]
५ साउन, काठमाडौं । आज आइतबार प्रकाशित पत्रिकाहरुमा सामाजिक विषयवस्तुका समाचारले प्राथमिकता पाएका छन् । अन्नपूर्ण पोष्टले मात्र राजनीतिक विषयबस्तुलाई प्रमुख समाचार बनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा विप्लव समूहको भूमिगत सञ्जालको नालीबेली छ । सरकारले प्रतिवन्ध लगाए पनि विप्लव समूहले युद्धकालीन सांगठनिक संरचना बनाएर गतिविधि गरिरहेको छ । अन्य दलजस्तो विधानका आधारमा निश्चित समयका […]
‘यो मानिसको एउटा छोटो कदम हो र मानवताको लामो छलाङ्ग ।’चन्द्रमामा पाइला राख्ने पहिलो मानव निल आर्मस्ट्रङ्गले आफ्नो चन्द्रयात्राका बारेमा भनेको कुरा हो यो । २० जुलाई १९६९ मा यी अमेरिकी अन्तरीक्षयात्रीले चन्द्रमामा पाइला टेकेर इतिहास रचेका थिए । निल आर्मस्ट्रङ्ग चन्द्रमामा पुगेयता अहिलेसम्म १२ जना मानिस चन्द्रमामा टेक्न सफल भएका छन् । चन्द्रमामा पहिलोपटक […]
रामबहादुर विक/बाजुरा ४ साउन। जिल्ला प्रहरी कार्यालय बाजुराले ५ सय ६५ अवैध घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले बडीमालिका नगरपालिका वडा नं ९ फडिल्ला गाउँमा रहेका घर तथा गोठहरुमा चेकजाँच गर्दा अवैध घरेलु मदिरा सहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ […]
नागरिक रैबार/बाजुरा ४ साउन । जिल्लाकाे स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी २७ वर्षीया लक्षु वि.क. रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले बताएका छन् । शनिबार विहान ७ःबजे गाईगोरुलाई राताखाली भन्ने मेलामा घाँस काट्न गएका बेला विकको लडेर मृत्यु भएको बताइएको छ । मृतकका तीन छोरा […]
नागरिक रैबार/बाजुरा ३ साउन। बाजुराको जगन्नाथ गाउँपालिकामा शुक्रवार विहान यात्रु बाहक जिप दुर्घटनामा परि घाइते भएकाहरुको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरिएको छ । उनीहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगंज मेडिकल कलेजमा लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । शुक्रबार जीप दुर्घटनामा परि घाईते भएकाहरुलाई जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाही, जिल्ला दैविक प्रकोप उद्धार […]