होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वर्षाले बर्दियामा ४० घर डुबान, बबईमा जलस्तर बढ्यो
समाचार

वर्षाले बर्दियामा ४० घर डुबान, बबईमा जलस्तर बढ्यो

सतर्क रहन प्रशासनकाे आव्हान

  • नागरिक रैबार
वर्षाले बर्दियामा ४० घर डुबान, बबईमा जलस्तर बढ्यो

बर्दिया — मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव १४ पुगेको छ । बबईमा जलस्तर ६ पुगे बाढी आउने गर्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म भारी वर्षा हुने चेतावनी दिएको छ । स्थानीय प्रशासनले बबई नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आव्हान गरेको छ । दाङमा पानी नरोकिएकोले बबईमा जलस्तर बढ्दै जाने खतरा भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए । ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्तक गराएका छौं,’ उनले भने,‘केही बेरमा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन साइरन बजाउने तयारीमा लागेका छौं ।,’

विज्ञापन

बबई नदी दाङ हुँदै बर्दियाबाट भारतीय सीमा पुग्ने गरेको छ । दाङमा भारी वर्षा हुदाँ बर्दियामा बाढी आउने गर्छ । बबईमा जलस्तर बढ्ने क्रममा भए पनि कर्णाली नदीमा जलस्तर स्थिर रहेको जिल्ला आपातकालीन सूचना व्यवस्थापन कार्य सञ्चालन केन्द्रका अधिकृत रुपन ज्ञवालीले बताए ।

दाङ लगायत पहाडी जिल्लामा वर्षा भइरहेकोले बबई नदीमा जलस्तर बढ्ने खतरा बढेको हो । बाढीको जोखिम आकलन गर्दै सेना, प्रहरी लगायत सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न स्थानीय प्रशासनले निर्देशन दिएको छ । साभार कान्तिपुर दैनिक

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार