होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडीमा जिप दुर्घटना : १ जनाको मृत्यु ,दुई जना घाइते
समाचार

बैतडीमा जिप दुर्घटना : १ जनाको मृत्यु ,दुई जना घाइते

  • नागरिक रैबार
बैतडीमा  जिप दुर्घटना : १ जनाको मृत्यु ,दुई जना घाइते

बैतडी: बैतडीको खोड्पेमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने पाटन नगरपालिका ८ खोड्पेको बन्तड भन्ने भीरमा १ ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो ।

जिप भीरबाट झण्डै अढाईसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । समान्य घाइते दार्चुलाको महाकाली नगरपालिका ९ दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याएईएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल ल्याईएको छ । दुर्घटनाबारे थप अनुसान्धान भईरहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिएका छन् । मृत्यु भएका एकजनाको शव भीरमा अड्किएको र कुहिरो र पानीका कारण निकाल्न असहज भईरहेको  इलाका प्रहरी कार्यालय पाटनले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार