होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य, चार बेपत्ता
समाचार

गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य, चार बेपत्ता

  • नागरिक रैबार
गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्य, चार बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।

सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।
उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । अरु २ जना बेपत्ताको नाम थर खुल्न सकेको छैन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएका छन् । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।

विज्ञापन

उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताउनु भयो । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ ।
घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लग्छ । नेपालसमाचारपत्रबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार