होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बिक/बाजुरा ८ भदौ। बडीमालिका नगरपालिका वडा न.५ स्थित रुघाखोचा बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । जडाङ्गा देखि मना सम्म जाने सडक जथाभावि तरिकाले कटान गरेपछि उक्त बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो । बस्ती माथिबाट बडीमालिका नगरपालिकाले सडक कटान गरेपछि उक्त बस्तीमा बसोबास गर्ने स्थानीयहरुलाई ज्यान जोगाउन समस्या उत्पन्न भएको छ । भिरालो […]
चितवन– टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्न जिल्ला प्रहरी कार्यालय चितवन पुगेका कलाकारहरुको टोलीलाई प्रहरीले गेटमा रोकेपछि केहीवेर तनाव सिर्जना भएको छ । कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे(माग्ने बुढा) निर्मल शर्मा (गैडा) लगायतका कलाकार पुगेका थिए । भित्र प्रवेश गर्न खोजेका कलाकारहरुलाई केही बेर प्रहरीले रोकेपछि त्यहाँ जम्मा भएका रवि समर्थकले सेलिब्रेटीलाई प्रहरी कार्यालयको […]
चितवन,भदौं ८-पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न पुनः थपिएको पाँच दिनको म्याद सकिएको छ । आज तीनै जनालाई जिल्ला अदालत चितवन पेस गरिदैं छ । प्रहरीले जुटाएको प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालत समक्ष मिसिल पेस गर्छ । अनुसन्धन नसकिएको भए म्याद थपका लागि […]
काठमाडौं, ८ भदौ । गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकतामा पर्यटनलाई राखेको छ । यसो त यो पर्यटकीय हब नै हो । सरकारले पर्यटकलाई प्राथमिकता दिएर ५ वर्षका लागि नीति तथा कार्यक्रम ल्याएको छ । सन् २०१९ लाई अन्तरिक पर्यटन वर्ष-२०२० लाई छिमेकी मुलुक पर्यटन वर्ष र २०२२ लाई बृहत् अन्तर्राष्ट्रियस्तरको पोखरा पर्यटन वर्ष मनाउँदै २० लाख […]
नागरिक रैबार/बाजुरा ७ भदौ। जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ जिल्ली निवासी कृष्ण नेपालीकि २१ वर्षिया श्रीमति बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ […]
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्न संघीय सरकारले ‘षडयन्त्र’ गरिरहेकाे भन्दै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताएका छन् । उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजनाअन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर वन फडानी गर्ने षडयन्त्र […]
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले भूउपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रातोपाटीबाट
काठमाडौं । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार आठ सय ३१ जनाको दरखास्त आहवान गरेको छ। शुक्रबार प्रधरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले सुचना प्रकाशीत गरी दरखास्त मागेको हो । प्रकाशीत सुचना अनुसार प्रहरी जवान पदका लागी ३ हजार पाँच सय ९६ जना भान्छे १९० जना मागेको छ भने हजाम १० […]
नागरिक रैबार/बाजुरा ५ भदौ । बाजुराको बडीमालिका नगरपालिकाका सूचना अधिकारी हेम थापाले नगरपालिकाबाट नियमित तलव पाएको भएपनि नगरपालिकाले पद अनुसार आफुलाई कुनैपनि सूचना प्रदान नगरेको बताएका छन् । नगरपालिका भित्रका कुनै पनि सूचनाहरु आफु सूचना अधिकारी भएपनि आफुलाई कार्यालयले कुनै पनि सार्वजनिक सूचनाहरुको बारेमा जानकारी नगराउँदा समस्या भईरहेको गुनासो गरेका छन् । नगरपालिकामा हुने विभिन्न […]
काठमाडौं : सरकारले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक भएका हुन्। सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय एकसाथ सार्वजनिक गरेका हुन्। ३५ निर्णय […]
काठमाडौं – दुई देशका प्रयोगशालामा गरिएको खाद्य गुणस्तर परीक्षण प्रमाणपत्रलाई मान्यता हुने गरी नेपाल र भारतका अधिकारीबीच बुधबार सम्झौता भएको छ। नेपाल–भारत संयुक्त आयोगको बैठकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मनिता जोशी वैद्य र भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणका कार्यकारी निर्देशक राजिवकुमार जैनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली र भारतीय […]
डोटी। दुई वर्षदेखि समिति गठन हुन नसक्दा खप्तड क्षेत्र पर्यटन विकास समिति लथालिंग हुन थालेको छ। समिति गठन नभएकै कारण पछिल्लो दुई वर्षयता कार्यालय निस्कृय अवस्थामा रहेको छ। समिति नबनेका कारण दुई वर्षदेखि कार्यालयबाट कुनै पनि काम काज हुन नसकेको स्थानियबासी बताउँछन्। समिति नबनेका कारण कर्मचारीले गत आर्थिक वर्षयता १३ महिनाको तलबसमेत नपाएका समितिका शाखा […]
५ भदौ, मंगलसेन । अछामको बान्नीगढी जयगढ गाउँपालिका ५ मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चालकसहित दुई जना घाइते भएका छन् । कैलालीको रामारोशनबाट जयगढ जाँदै गरेको से १ ज ९९५ नम्बरको जिप गएराति करिब सवा आठ बजे कालिकालिडी सुकीबाग भन्ने स्थानमा सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको […]
काठमाडौं -शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले प्रहरीले चलाएको कदम आफुहरुलाई फसाउने गरी सुनियोजित र नियतपूर्ण रहेको दाबी गरेका छन् । पाँच दिनदेखि हिरासतमा रहेका लामिछानेले आज पत्नी निकिता पौडेलको फेसबुक अकाएन्टमार्फत स्टाटस् लेख्दै प्रहरीमाथि सो आरोप लगाएका हुन् । लामिछानेले ५ दिनसम्म प्रहरी हिरासतमा रहँदा पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा आफुहरुले […]
४ भदौ, डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको […]
नेपालका दलित समुदायलाई सरकारी सेवामा अनिवार्य आरक्षण आवश्यक रहेको प्रतिनिधिसभा सदस्य आशाकुमारी विश्वकर्माले बताएकी छन् । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले आज नारायणगढमा गरेको ‘सभ्य तीजको लागि हाम्रो भूमिका विषयक अन्तक्र्रिया, अग्रज आमाहरुलाई सम्मान एवम् रमाइलो तीज विशेष कार्यक्रम’ मा सांसद विश्वकर्माले सो कुरा बताएकी हुन् । उनले छोराछोरी बराबर भएकोले छोरीलाई पनि अनिवार्य […]
काठमाडौं, भदौ ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ड्युटीमा रहेका प्रहरीविरुद्ध दूर्व्यवहार गरेको घटनामा पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । सोमबार बेलुका आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनासँग सम्बन्धित पक्षसँग म क्षमायाचना गर्न चाहन्छु।’ उनले पूर्वमहारानी कोमल शाहलाई चिकित्सकले क्यान्सरको शंका गरेको पनि उल्लेख गरेका छन्। कोमल बायोप्सी गराउन बैंकक जाँद थिइन्। […]
धनगढी, ३ भदौ प्रदेशसभा सचिवालयले उपलब्ध गराउने ल्यापटप लिने कि नलिने भनेर विभाजित भएका सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले अन्ततः ल्यापटप बुझेका छन् । सरकारी ढुकुटी खर्च गरेर उनीहरुको लागि ल्यापटप खरिद गरिएको हो । २७ लाख रुपैयाँभन्दा बढी खर्च गरेर प्रदेशसभा सदस्यहरुका लागि ४६ थान ल्यापटप खरिद गरिएको थियो । हालसम्म २८ जना प्रदेशसभा सदस्यहरुले ल्यापटप […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) चितवनले रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनमा नजान आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायलयको निर्णयलाई समेत प्रभाव पार्ने गरी भइरहेको हुलहुज्जत, अराजक गतिविधि तथा लगाइएका नाराहरु परिवर्तनविरोधी भएको भन्दै सो निर्देशन दिएको हो । पार्टीले आज प्रेषित गरेको विज्ञप्तिमा नेपाली जनताले लामो बलिदानीपूर्ण […]
बुघ जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ । यहाँ नियुक्त […]