होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने
समाचार

अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

  • नागरिक रैबार
अनेरास्ववियूको केन्द्रीय समिति ३३५ सदस्यीय हुने

१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् ।

यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम All Nepal National lndependent Students’ Union रहने पनि निर्णय भएको छ । अंग्रेजी नामका विषयमा पछि महाधिवेशनमा पनि छलफल गर्न सकिने जनाइएको छ।

आज विद्यार्थी फ्याक्सन इन्चार्ज हितमान शाक्य, सहइन्चार्ज बिनोद ढकाल, संय‍ोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङसहितको औपचारिक बैठकले विभिन्न तीन उपसमिति समेत बनाएको छ।

ऐन महरको संयोजक, सुरेन्द्र बस्नेत र पञ्चा सिंह सदस्य रहेको राजनीतिक / सांगठनिक प्रतिवेदन तथा आगामी कार्ययोजना निर्माण उपसमिति बनाएको छ ।

विज्ञापन

रञ्जित तामाङको संयोजकत्वमा विधान मस्यौदा उपसमिति  बनाइएको छ । सदस्यमा सुनिता बराल र समिक वडाल रहेका छन् । यस्तै, उत्तम अधिकारीको संयोजकत्वमा आर्थिक तथा कार्यालय ब्यवस्थापन उपसमिति बनाइएको छ । यो समितिको सदस्यहरूमा आरसी लामिछाने, झपिन्द्र खत्री र केशव रावल रहेका छन् ।

शुक्रबार बसेको बैठकले एकताको केन्द्रीय समितिको पहिलो बैठक भाद्र ३१ र १ गते बस्ने निर्णयसमेत गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार