होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • छापामा आज : विदेश जाँदा बैंक खाता अनिवार्य
समाचार

छापामा आज : विदेश जाँदा बैंक खाता अनिवार्य

  • नागरिक रैबार
छापामा आज : विदेश जाँदा बैंक खाता अनिवार्य

१४ भदौ, काठमाडौं । आज शनिबारीय अंकसहितका पत्रिकामा नेपाली युवती बिहेको आवरणमा चीन तस्करी भइरहेको समाचारले प्राथमिकता पाएको छ ।

विदेश जाँदा बैंक खाता अनिवार्य गर्न लागिएको, अमेरिकासँग एम-१६ हतियार किन्ने प्रक्रिया रद्द भएको, माओवादी पूर्वलडाकु कमाण्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथी बन्न लागेकोलगायतका समाचारहरु आजका पत्रिकामा छापिएका छन् । नागरिक दैनिकका अनुसार सरकारले बैदेशिक रोजगारीमा जानेलाई बैंक खाता अनिवार्य गर्न लागेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार भदौ १६ गतेदेखि यो नियम लागू हुने छ । हुन्डीमार्फत् हुने कारोबार रोक्न सरकारले सबै रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत ल्याएर विदेशी विनिमय सञ्चिति बढाउन अनिवार्य बैंक खाताको व्यवस्था गर्न लागेको समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिकका अनुसार अमेरिकाबाट ५ हजार थान एम-१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा आएर रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार खरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ ।

विज्ञापन

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भुक्तानी प्रक्रियामा दुई देशबीच फरक फरक कानुनी व्यवस्था भएका कारण अड्चन आएकाले अमेरिकासँग हतियार किन्ने सम्झौता खारेज गर्नु परेको बताएका छन् ।

अन्नपूर्ण पोष्टले पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी ‘प्रतिक्षा’ नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको समाचार छापेको छ ।

आफूलाई सहायक रथी बनाउन उनले लामो समयदेखि राजनीतिक तथा आन्तरिक पहल गर्दै आएको र रक्षा मन्त्रालय र जंगीअड्डामा निवेदनसमेत दिएको समाचारमा उल्लेख छ ।

‘उनलाई मानार्थ सहायक रथी दिन सिफारिस भएको छ,’ अन्नपूर्ण लेख्छ, ‘चार वर्ष उनी सहायक रथी रहने र त्यसपछि पद स्वतः खारेज हुने सिफारिस भएको स्रोतले जनाएको छ ।’

राजधानी दैनिकले देशभर रहेका अतिक्रमित तथा हडपिएका सरकारी जग्गा खोज्न गठन भएको उच्चस्तरीय भूमि आयोग अलमलमा परेको समाचार छापेको छ । देशभरका सरकारी जग्गासम्बन्धी महत्वपूर्ण कागजातहरु गायब पारिएको तथ्य फेला पारेसँगै आयोगका पदाधिकारीलाई जग्गा खोज्ने कार्यमा चुनौती थपिएको समाचारमा उल्लेख छ । अनलाइनखबरबाट

.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार