होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे। सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म […]
२२ भदौ, काठमाडौं । वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत बनाइरहेको काठमाडौंको सार्वजनिक यातायातमा सोमबार(भोली)बाट विद्युतीय बसको पुनरागमन हुँदैछ । सरकारी स्वामित्वको ट्रली बस बन्द भएको एक दशकपछि निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट सेवा थाल्न लागेको हो । सुन्दर यातायात प्रालिले चीनबाट १८ वटा लामा आकारका विद्युतीय बस भित्र्याउँदै छ […]
कैलालीमा बस दुर्घटना हुँदा ७ जना घाईते भएका छन्। जिल्लाको टीकापुरबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७९७६ नम्वरको बस लम्कीचुहा नगरपालिका १ मा दुर्घटना हुँदा ७ जना घाईते भएका हुन्। बस अनियन्त्रित भएर नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बसमा सवार १७ जना मध्ये ७ जना घाईते भएको र उनीहरुको लालरत्न अस्पतालमा […]
धनगढी, २२ भदौ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाको साइत छ।यस्तै मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा देवी […]
काठमाडौं : दुई पेस्तोल र चार राउन्ड गोलीसहित ७ जना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको विशेष टोलीले उनीहरूलाई शनार साँझ पक्राउ गरेको परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए। उनका अनुसार पक्राउ परेकाहरूले राजधानीमै लुटापाटको योजना बनाएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।
यो पटक भरतपुर महानगर क्षेत्र डेंगुबाट अत्याधिक प्रभावित भएको छ । निरीक्षक केसीका अनुसार भरतपुरमा मात्रै डेंगु भएकाहरुको संख्या आठ सयको हाराहारीमा छ । महानगरको बजार क्षेत्रमा पर्ने एक, दुई, तीन, चार, १०, ११ र १२ डेंगुबाट प्रभावित वडाहरु भएको उनले बताए । नौ वर्षअघि सन् २०१० मा चितवनमा ७ सय ३९ जनामा डेंगु फेला […]
भाद्र २१- अछाममा खोालामा डुबेर दुई बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका ७ जनालिबण्डालीको भैसले खोलामा डुबेर ११ वर्षीय ललित बादी र १२ बर्षीय युकेश दमाईको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शनिबार बिहान बाख्रा चराउन गएका उनीहरुको खोालामा डुबेर मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाको शनिबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थान आसपास छ। उत्तर ओडीशा र पश्चिम बंगाल आसपास न्युन चापिय प्रणाली रहेको छ। मनसुनको न्यून चापिय रेखाको साविक […]
नेपाल टेलिकमले शनिबार राती केही समय आफ्नो सेवा नचल्न सक्ने जनाएको छ । टेलिकमले फोरजी एलटिई सेवा अपग्रेड गर्ने भएकोले शनिबार राती केही समयको लागि सेवा अवरुद्ध हुन सक्ने जानकारी दिएको हो । शनिबार राती साढे ११ बजेदेखि अपग्रेडको काम सुरू हुने भएकोले त्यस समयमा मोवाइल सेवा प्रयोगमा कठिनाइ आउनसक्ने टेलिकमले जनाएको छ । मोवाइल सेवा […]
काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय […]
बैतडी, भाद्र-२१ । नरभंक्षी चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रवार राती एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको हो । शुक्रवार बेलुका साढे ७ बजेतिर घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो […]
काठमाडौं : सरकारले चीनसँग सहकार्य गर्ने परियोजनाको अवस्था खोज्न थालेको छ। केही दिनदेखि परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग चीनका परियोजना र आपसी सहकार्यबारे छलफल गरेको हो। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आउने निश्चित भएलगत्तै छलफल सुरु गरिएको अधिकारीहरूले बताए। ‘अहिले हामी निकै व्यस्त छौं। अन्तर मन्त्रालय छलफलको धपेडी चल्दैछ’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘भ्रमण हुने भएपछि मात्र हामी छलफलमा […]
नागरिक रैबार/बाजुरा २० भदौ । बाजुरामा मानव बेचबिखनविरुद्धको १३ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मानाईएको छ । शुक्रबार विहान विभिन्न चेतनामूलक ¥याली निकालिएको थियो । ¥यालीमा सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि सामुदायिक सेवा केन्द्रका पदाधिकारी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीहरूहरुको उल्लेख्य सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्याल बाजुराको आयोजनामा शुक्रबार मनाईएको […]
काठमाडौँ — सत्तापक्ष एवं प्रतिपक्षी सांसदहरुले एनसेल करबारे छलफल गर्न माग राखेका छन् । शुक्रबार बिहान संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समिति सदस्यहरुले एनसेलको करबारे समितिमा छलफल गर्न सभापति समक्ष माग राखेका हुन् । बैठकमा सहभागी सासंदहरुले सार्वजनिक चासोको विषय भएको र सर्वोच्च अदालतले ठूला करदाता कार्यालयले गरेको निर्णय उल्टाएको भन्दै यस […]
धनगढी : कैलाली प्रहरीले २९ लाख अवैध रकमसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २९ लाख अवैत्र रकमसहित प्रहरीले शुक्रबार कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ गरेको हो । यूपी ३१ एके ७३४८ नम्बरको कारबाट २५ लाख नेपाली र ३ लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक अतुल बर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी […]
२० भदौ, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको […]
वीरगन्ज — वीरगन्ज महानगरपालिका रेशमकोठीमा रहेको त्रिभुवन उच्चमाविमा कक्षा ९ मा अध्ययनरत एक छात्रामाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ । छपकैया-२ निवासी १५ वर्षीया मुस्कान खातुनलाई दुई जना युवाहरुले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका प्रहरीले जनाएको छ। एसिड प्रहारले छात्राको शरिरको एक भाग जलेको प्रहरीले जनाएको छ। एसिड प्रहारबाट मुख, हात, छाती […]
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डिबी (डाेल बहादुर) कार्कीलाई पक्राउ गरेको छ। कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिएका छन्। उनलाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिएकाे आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ । २०६७ भदौमा कार्र्की प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम उठाउँदै गर्दा अख्तियारद्धारा पक्राउ […]
काठमाडौं । काठमाडौंको पूर्वीभेगमा अवस्थित कागेश्वरी मनोहरा नगरपालिकामा भोलि (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । नगरपालिकाले कागेअष्टमीको अवसरमा नगरभित्र बिदा दिने निर्णय गरेको हो । नगरपालिकाकाे वडा नम्बर १ स्थित कागेश्वरी महादेव मन्दिरमा कागेअष्टमी (भाद्रशुल्क अष्टमी) मा मेला लाग्ने गर्छ । यस पटक पनि अष्टमी देखि ३ दिनसम्म लाग्ने मेला आयोजना गरिएको छ । कागेश्वरीको […]