होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घुस लिएकाे आरोपमा पूर्वसभासद् डिबी कार्की पक्राउ
समाचार

घुस लिएकाे आरोपमा पूर्वसभासद् डिबी कार्की पक्राउ

  • नागरिक रैबार
घुस लिएकाे आरोपमा पूर्वसभासद् डिबी कार्की पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डिबी (डाेल बहादुर)  कार्कीलाई पक्राउ गरेको छ।

कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिएका छन्। उनलाई  प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस  लिएकाे  आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ ।

२०६७ भदौमा कार्र्की प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम उठाउँदै गर्दा अख्तियारद्धारा पक्राउ परेका थिए । त्यतीबेलै कार्कीमाथी मुद्दा दायर भएको थियो ।

विज्ञापन

त्यतिबेला कार्की धरौटीमा रिहा भएका थिए । पछि विशेष अदालतले कार्कीलाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय सुनाएको थियो । त्यस उपर सर्वोच्चमा परेको पुनरावेदनमा गत असार १७ गते सर्वोच्चले विशेषकै फैसला सदर गरेको थियो ।

सोही फैसला कार्यानवयनका क्रममा कार्कीलाई प्रहरी पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार