होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५को रविभिरमा घाँस काट्ने क्रममा खसेर स्थानीय ५० वर्षीया राजमती विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान ११ बजेतीर उनको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चितवन – चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै आज दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले चाडपर्वको सम्बद्र्धनबाट राष्ट्र र […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
कैलाली,असाेज १७- कैलालीको लम्कीमा खुकुरी प्रहार हुदा एकजना घाईते भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगरमाथि स्थानीय युवाको समूहले खुुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नीरिक्षक ज्ञानेन्द्र चन्दले खुकुरी प्रहारबाट घाईते भएका बुढामगरको लालरत्न अस्पतालमा उपचार भईरहेको जानकारी दिए। उनको अवस्था खतरा मुक्त […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ। सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर […]
काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी संसद सचिवालयमा कार्यरत महिलाले हाल आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे । […]
१५ असोज, काठमाडौं । विजयादशमी (टीका) आउन अब केही दिन मात्र बाँकी छ । हिन्दु धर्मावलम्बीले मनाउने यो महान चाडमा कतिपय परिवारजनले जुठो वा सूतकका कारण टीका लगाउन पाउँदैनन् । कतिपय परिवारजनचाहिँ टीका लगाउने कि नलगाउने भन्ने दोधारमा छन् । आखिर कस्तो अवस्थामा दशैंको टीका लगाउनहुँदैन ? र, कस्तो अवस्थामा टीका लगाउँदा हुन्छ ? आफू […]
काठमाडौँ । अप्रत्याशित रूपमा कार्यकालको बीचमै सभामुख कृष्णबहादुर महराले राजीनामा दिने परिस्थिति बनेपछि नयाँ सभामुख निर्वाचनको विषयले पनि चर्चा पाएको छ । नयाँ सभामुख चयन नियमित वा विशेष अधिवेशनमा गर्ने परामर्श भएको छैन । अधिवेशन र पात्रबारे अनौपचारिक परामर्श भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चलाएको छ । सभामुखबाट महराले दिएको राजीनामा बुधबार सनाखत गरी रिक्तताको सूचना टाँस भएको […]
बारा : घरेलु मदिरा उत्पादन गर्न बनाइएको भूमिगत टयाङ्कीमा परेर एकै परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ। बाराको फेटा गाँउपालिका ४ बतरा गाँउमा रहेको जोगा मुखिया बिनको घरभित्र बनाइएको भूमिगत ट्याङकीभित्र मुखियासहित पाँचजनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा ४० वर्षीय मुखिया बिन, उनकी श्रीमति ३७ वर्षीया वर्षीया लालमुनि देवी, छोरी १० वर्षीया सुमनी कुमारी, […]
नागरिक रैबार/बाजुरा १५ असाेज। जिल्ला प्रहरी कार्यालय बाजुराले दशैं मनाउनका लागि अपाङ्ग दम्पति परिवारलाई आर्थिक र खाद्यन्न सामाग्री सहयोग गरेको छ । प्रहरीले दशैंको अवसर पारी जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ९ मार्तडी घर भएका शारीरीक रुपमा अपाङ्ग दम्पतिं दान बहादुर खत्री र उनकी धर्म पत्नी पार्वती थापाको परिवारलाई दशै मनाउनका लागि खाद्यन्न र लत्ता कपडा […]
नागरिक रैबार/बाजुरा १५ असोज। हिन्दु नेपालीहरुको महान पर्व दशैँ नजिकिएसंगै बाजुरामा चहल पहल निकै बढेको छ । दशै पर्व मनाउनका लागि कर्मथलो जिल्ला बाहिर बनाएकाहरु पनि यतिखेर जन्मथलो फर्किने क्रम बढेको छ । अहिले जिल्लाका अधिकाँस स्थानीय बजारहरुमा दशैका लागि विभिन्न पसलहरुमा सर–समान किन्नेको भिड नै लागेको देखिन्छ । दशै पर्वमा मिठो मसिनो खाने र […]
दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ । लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका […]
एक वर्षमा देशैभरी फोरजी सेवा सुरु गर्ने उद्देश्य सहित सेवा विस्तार गरिरहेको नेपाल टेलिकमले आज सुदूरपश्चिममा पनि सेवाको उद्वघाटन गर्ने भएको छ। कैलाली र कञ्चनपुरका विभिन्न सहरमा फोरजी सेवा सुरु गर्न आज उद्वघाटन कार्यक्रम राखिएको हो। नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय सुदूरपश्चिमका अनुसार दुई जिल्लाका १२ सहरमा दशैँ अगाडी नै फोरजी सेवा विस्तारको कार्य अनुसार आज […]
काठमाडौं- दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएयता झण्डै १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्।६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको […]
काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् । मंगलबार उपसभामुख समक्ष राजीनामा दिएका हुन् । आफ्नो चरित्रमा प्रश्न उठाई लगाइएका आरोपबारे सत्यतथ्य छानबिन गर्न सहयोग पुगोस भनी राजीनामा दिएको महराले राजीनामा पत्रमा भनेका छन् । संसदकै एक महिला कर्मचारीले यौनदुर्व्यवहारको आरोप लगाएपछि मंगलबार बिहा बसेको नेकपाको सचिवालय बैठकले महरालाई सांसद […]
बाजुरा जिल्लामा पछिल्लो समय यातायातको सहज पुहुँचसंगै युवाहरु सृजनशिल काममा अघि बढेकोमा नेकपा जिल्ला कमिटी सदस्य नरेश कुमार रोकाया र बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले खुशी व्यक्त गर्नु भएको छ । स्वामीकार्तिक अटो पाट्स एवं बजाज कम्पनीको सर्भिस सेन्टर तथा विक्री केन्द्रको संयुक्त रुपमा रिवन काटेर समुद्घाटन गर्दै सो कुरा व्यक्त गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा १३असोज। भदौ १६ गते देखि बेपत्ता भएका जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ मार्तडी गैरीबजारका २४ वर्षिया लालबहादुर विक एक महिना पछि शकुसल फेला पारेका छन् । भारतको पन्जबमा विकलाई शकुसल फेला पारेको आभाश बडुवालले बताएका छन् । नेपाल तरुण दल भारत गजियाबद सक्रिय सदस्य टेक बडुवाल र आभाश बडुवालकाे पहँलमा बिकलाइ फेला पारेकाे […]
नागरिक रैबार/बाजुरा १३असोज। बाजुरा जिल्लाभित्रका हिंसा पीडित महिलाहरुका लागि सदरमुकाम मार्तडीमा निर्माण भएको आवासगृह यतिबेला दोहोरा हिंसाको मार खेपिरहेको छ । जिल्लाभित्रका विभिन्न प्रकृतिका घटनाबाट पीडित भएका महिला तथा बालबालिकाहरुको न्यायमा पहँुचका लागि सहज वातावरण सृजना गर्न आवासगृहको निर्माण भएको हो । २०७३ साल जेठबाट संचालनमा आएको उक्त आवासगृह तत्कालिन जिल्ला विकास समिति बाजुराको महिला […]
नागरिक रैबार/बाजुरा १३असोज। सदरमुकाम मार्तडीमा रहेको रोयल होटलबाट प्रहरीले नगद सहित ६ जना जुवाडे पक्राउ गरेकाे छ । नगदसहित जुवा खेलिरहेकाे बेला प्रहरीले जुवाडेलाई रङगे हात पक्राउ गरेकाे छ। प्रहरीले साेमबार बिहान ११ बजे जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हाे । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले राेयल हाेटल संचालक अन्तिम जगं […]