होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १० दिनमा १० लाखले छाडे काठमाडौं
समाचार

१० दिनमा १० लाखले छाडे काठमाडौं

  • नागरिक रैबार
१० दिनमा १० लाखले छाडे काठमाडौं

काठमाडौं- दशैंका लागि अग्रिम टिकट बुकिङ खुला भएयता झण्डै १० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबारसम्म ९ लाख ९२ हजार ८ सय ६७ यात्रु बाहिरिएका छन्।६ लाख ९१ हजार ६ सय ४६ यात्रु भित्रिएका छन् । जसमा १ लाख १९ हजार ४ सय ६७ सवारी साधन यात्रु बोकेर बाहिरिएको महाशाखाले जनाएको छ ।

त्यस्तै यात्रसँग बढी भाडा लिने २०८ जनालाई कारबाही गरिएको छ।उपत्यकाका १४ स्थानमा यात्रुलाई सहजता प्रदान गर्न नागरिक सहायता कक्ष राखिएको छ । जहाँ सबैभन्दा बढी गुनासा टिकट नपाएको आएको छ।

विज्ञापन

 नयाँ बसपार्कबाट बाहिरिने गाडीको अनिवार्य रूपमा यान्त्रिक परीक्षण गर्ने गरिएको छ । यात्रु लिएर हिँडेका गाडीलाई एक- दुई किमिभित्रमा मादक पदार्थ सेवन गरेको छ-छैन भनेर चेकजाँच गर्ने गरिएको छ ।गाडीमा अनिवार्य रूपमा भाडादर टॉस्न लगाइएको ट्राफिक प्रहरीको दाबी छ।दशैंमा घर जाने यात्रको दैनिक टिकट काउन्टरमा भीड लाग्ने गरेको छ । असोज ५ गतेबाट टिकट बुकिङ खुला भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार