होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदन विक/बाजुरा ६ कार्तिक। जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ । यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
बझाङ– दुर्गम गाँउपालीका साईपाल गाँउपालीका जनप्रतिनिधीहरु कार्यालय बन्द गरेर भम्रणमा निस्केका छन् । यसरी कार्यालय बन्द गरेर भ्रमणमा निस्कदा सेवाग्राही मर्कामा परेको साइपाल गाँउपालीका स्थानिवासीहरुले बताएका छन् । साईपाल गाँउपालीकाका स्थानियवासी दिपक बोहराले भने नागरीता सिफारीसको लागी अब चैनपुर धाउनुपर्ने हुन्छ जनप्रतिनिधहरु कार्यालय बन्द गरेर भ्रमणमा निस्केको सुनेको छु । चैनपुरमा जान आउन घरवाट तिन […]
सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्तालाई गैरसंवैधानिक ठहर्याएसँगै तरंग पैदा भएको छ । सिंहदरबार जनताको घरदैलोमा ल्याउने भन्दै मुलुक संघीयतामा गयो । तर जनप्रतिनिधिहरुले आफू खुसी तलब भत्ता शक्तिको दुरुपयोग हुन थालेको भन्दै अधिवक्ता लोकेन्द्र बहादुर ओलीले रीट दायर गरेका थिए । उनको रीटको आगामी शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा तथा न्यायाधीशहरू […]
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी रहेकाले पाँच दिन म्याद थप […]
अर्जुन शाह/कार्तिक ३ बाजुरा। सडकको छेवैमा जोडिएको छ विद्यालयको प्रवेशद्धार । त्यहीँ प्रवेशद्धारको दायाँपट्टि ठड्याइएको बोर्डमा लेखिएको छ‘अभिभावकज्यू, एकपटक विद्यालयमा प्रवेश गरी आफ्ना छोराछोरीको पढाई बारेमा छलफल गरौं कि ?’ बाजुरा सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविले आफूलाई सुदूरपश्चिमकै नमुना सामूदायिक विद्यालयको रुपमा अगाडि बढाइरहेको छ । शैक्षिक गुणस्तरमा सुधार हुँदै गएपछि हरेक वर्ष निजी क्षेत्रबाट सञ्चालित स्कुल छाडेर […]
काठमाडौं : म्यान्माको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार बिहान जापान जाँदै छिन्। थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नारुहितोको राज्याभिषेकमा सहभागी हुन भण्डारी जापान जान लागेकी हुन् । नेपाली प्रतिनिधिमण्डलको टोली कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ । नारुहितो कस्ता छन् ? ५९ बर्से नारुहितो दोस्रो विश्व युद्धपछि जन्मेका पहिलो […]
काठमाडौं – सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त अभिव्यक्तिमा संशोधन गरेको छन् । शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी […]
काठमाण्डौ – निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले एक प्रतिनिधिसभा , तीन प्रदेशसभा र ४८ स्थानीय तह गरी ५२ रिक्त पदका लागि हुने उपनिर्वाचनको मनोनयन दर्ताका लागि शुक्रवार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागिे मनोनयन दर्ताको समय कात्तिक २१ गते सम्म तोकिएको […]
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
१ कात्तिक, काठमाडौं । मंसिर १४ गते हुने उपचुनावको उम्मेदवारी दर्ता कात्ति क २१ गते हुने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ कास्की २ र प्रदेशसभातर्फ भोजपुर १ क, बाग्लुङ २ ख र दाङ ३ खको उम्मेदवारी दर्ताको मिति तोकेको हो । कात्तिक २१ गते विहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । दावी […]
नागरिक रैबार/बाजुरा ३० असोज। जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत महिला प्रहरी जवानले दिएको रगतले जिल्ला अस्पताल बाजुरामा एक महिलाको ज्यान बचेकोे छ । उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा ४ दिन देखि भर्ना भएकि जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर १० पाण्डुसैनकी ३० वर्षिया जावा दमाइलाई महिला प्रहरी जवान सरस्वति बमले ए पोजेटिभ एक प्वाइन्ट रगत […]
नेपाल लोक स्टारको फाइनल राउण्डमा ४ जना प्रतियोगी पुगेका छन् । हजारौ प्रतिस्प्रधीलाई पछिपार्दै स्याङ्जाका चेतन गोतामे, उदयपुरका बिनोद दनुवार, रामेछापका रामकुमार नेपाली र रोल्पाका शनि बिश्वकर्मा नेपाल लोक स्टारको पहिलो सिजनको फाइनलमा पुगेका हुन् । प्रतियोगीहरुलाई जिताउन यतिबेला भोटिंग खुल्ला गरिएको छ । प्रतिस्प्रधीहरु भोट माग्न देश दौडाहामा छन् । देश विदेशबाट आफ्नो मनपर्ने […]
डोटी, २८ असोज । डोटीको दिपायल बाट शिखर नगरपालिका वडा नं ६ तिजाली चुँडी का लागी छुटेको ग १ज ६१७० नम्बरको बोलेरो जिप दुर्घटनामा एक जनको ज्यान गएको छ । सोमबार राती करिब तिन बजे तिजाली चुँडी नजिक दुर्घटना हुँदा शिखर नगरपालिका वडा नं ५ का गाडी चालक केशव ओझाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको […]
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन्। तीन दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार दिउँसो म्यानमारतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारी बुधबार त्यसतर्फ जाने भनिए पनि औपचारिक जानकारी आएको छैन। मंगलबारसम्म कार्यक्रमसहित औपचारिक जानकारी आउने उनले जनाए। राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणपछि निजी भ्रमणका लागि […]
काठमाडौं, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा सीले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गरे । राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गरे । आफु र चीनलाई […]
सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको बा २ ख ३९०२ नम्बरको बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो । दुर्घटनामा कम्तिमा ७ जना यात्रुको मृत्यु भएको खबर प्राप्त भएको प्रहरी चौकी भीमटारका इन्चार्ज प्रहरी सहायक निरीक्षक […]
ओखलढुंगा–ओखलढुंगामा दसैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि मरणासन्न हुनेगरी कुपपिट भएको छ । ताप्लेजुङ जिल्लामा कार्यरत प्रहरी जवान बिनोद परियार र उनका भाइ निरकुमार परियारमाथि कुटपिट भएको हो । प्रहरीले कुटपिटमा संलग्न बिबेक तामाङसहित अन्य ६ जनालाई पक्राउ गरेको हो । असोज १९ गते महाअस्टमीको दिन झापाबाट ओखलढुंगा आएका परियारका दाजुभाइलाई चिशंखुगढी गाउँपालिका पोखरेसम्म […]
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुरमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा श्रीमान र छोरा घाइते भएका छन्। मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८च ५३१६ नम्बरको जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिएको […]
कञ्चनपुरमा युवतीसँग अवैध सम्बन्ध राखेको भन्दै तरुण दलका नगर कमिटि अध्यक्षमाथि कुटपिट गरिएको छ। जिल्लाको महाकाली नगरपालिकाका तरुण दल अध्यक्ष डम्बर रानामाथी निर्घात कुटपिट गरिएको हो। युवतीसँग घरमै आएर अवैध सम्बन्ध राखेको भन्दै स्थानीयले रानामाथि कुटपीट गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका प्रहरी निरीक्षक चेतराम पनेरुले महाकाली नगरपालीका वडा नम्बर ६ मा रानामाथि […]
बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो । मदिरा सेवन गरी राति १० बजे तिर […]