होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यसकारण नेपाल लोक स्टारमा शनि बिकले हार्ने सम्भावना बढ्यो …!
समाचार

यसकारण नेपाल लोक स्टारमा शनि बिकले हार्ने सम्भावना बढ्यो …!

  • नागरिक रैबार
यसकारण नेपाल लोक स्टारमा शनि बिकले हार्ने सम्भावना बढ्यो …!

नेपाल लोक स्टारको फाइनल राउण्डमा ४ जना प्रतियोगी पुगेका छन् । हजारौ प्रतिस्प्रधीलाई पछिपार्दै स्याङ्जाका चेतन गोतामे, उदयपुरका बिनोद दनुवार, रामेछापका रामकुमार नेपाली र रोल्पाका शनि बिश्वकर्मा नेपाल लोक स्टारको पहिलो सिजनको फाइनलमा पुगेका हुन् ।

प्रतियोगीहरुलाई जिताउन यतिबेला भोटिंग खुल्ला गरिएको छ । प्रतिस्प्रधीहरु भोट माग्न देश दौडाहामा छन् । देश विदेशबाट आफ्नो मनपर्ने लोक स्टार चुन्न भोटिंग गरिरहेका छन् ।

अबको बिजेता पब्लिक भोटमा निर्भर रहने भएको हुँदा जस्को पक्षमा पब्लिक भोट बढी आउछ त्यसैले पहिलो नेपाल लोक स्टार बन्ने छ । तर भोटका लागि भने आर्थिक तथा प्राबिधिक दुवै पक्षले साथ् दिनुपर्ने हुन्छ । मोबाइल तथा सिम नेटवर्कको पहुच प्रयाप्त हुनु पर्नेहुन्छ ।

विज्ञापन

निकै मिठो स्वरका धनि रोल्पाका शनि बिश्वकर्मा ४ प्रतियोगी मध्यबाट पहिलो हुने एक दाबेदार कन्टेसटेन्ट हुन् । उनको क्षमता र दक्षताको आधारमा पहिलो नेपाल लोक स्टार बिजेताको हकदार पनि हुन् ।

तर उनको गृहजिल्ला रोल्पा विकटता कै कारण अन्य जिल्लाको तुलनामा सुचना तथा नेटवर्कको पहुँचमा पछाडी रहेको छ । जस्को कारण शनिको लागि गृहजिल्ला रोल्पाबाटै भोट न्यून रहने समस्या देखिन्छ ।

विकटता र साक्षरतामा पछाडी परेकै कारण टेख्नोलोजीको उपयोग भरपुर मात्रामा गर्न नसक्नुले पनि भोटिंगमा समस्या देखिन्छ । प्रतिभावान कन्टेसटेन्ट हुँदाहुँदै पनि जितबाट बन्चित हुनुपर्ने प्राबिधिक समस्याहरु देखिएका छन् ।

शनि भोट माग्न दाङ र रोल्पा जाँदै

शनि बिक भोट माग्न बुधबार दाङ जिल्लामा जाँदै छन् । असोज २९ गते बिहान १० बजे दाङ घोराहीको नेपाल पत्रकार महासंघको हलमा शनि विश्वकर्मा उपस्थित हुने कार्यक्रम रहेको संयुक्त मुल आयोजक समिती, शाखा दाङले जनाएको छ ।

कार्यक्रम संगै बजार परिक्रमा गर्ने र भोटका लागि अपिल गर्ने आयोजक समितिले जनाएको छ । उक्त कार्यक्रममा उपस्थित भइसाथ् दिन अपिल समेत गरिएको छ ।

त्यसैगरि आफ्नो गृहजिल्ला रोल्पा पनि भोट माग्न जाने कार्यक्रम तय भएको जनाइएको छ । रोल्पा नगरपालिका लिवाङ र सुलीचौरमा खुल्ला कार्यक्रमको आयोजना गरिएको छ ।

भोट यसरि गरौ !

सन्नीलाई भोट गर्नका लागि नेपालबाट आइएइ पे एप डाउनलोड गरि भोट गर्न सकिनेछ । नेपालमा रहेका मोबाइल प्रयोगकर्ताहरुले ‘L’ टाइप गरि एक स्पेश दिएर २४ लेखि (L 24) ३७००० मा पठाउन सकिनेछ । भारतमा रहनेले सोहि तरिका अपनाएर ५३०१० मा मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यसैगरी कतारमा रहने नेपालीहरुले सोहि उपाय अपनाएर ९२३०० मा पठाउन सक्नुहुन्छ । साथै सहयोग गर्न चाहने तर गर्न नमिल्ने देशबाट सन्नी बिकको मोबाईलमा रिचार्ज गरेर सहयोग गर्न सकिनेछ । सन्नीको फोन नौम्बर ९८१०९१४२२७ रहेको छ ।

त्यसकारण शनि बिकलाई नेपालको पहिलो लोक स्टार बनाउन अत्याधिक भोट गरौ । यो खबर सबैलाई शेयर गरौ । बहुप्रतिभाशाली कलाकारको जगेर्ना गरौ । निष्पक्ष भएर गला र कलालाई स-सम्मान जिताऔ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार