होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ६ पुस। अनेरास्ववियुका नेता चेतन अयडीकाे हत्या आराेपमा प्रक्राउ परेका ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएकाे छ । हत्याकाे आराेपमा चेतनका बुवा गगन अयडिले दिएकाे किटानी जाहेरी अनुसार २२ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो । मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई […]
नेकपा (एकीकृत समाजवादी) ले सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपतिमा अघि सार्ने भएको छ। इलाम १ बाट नेकपा एमालेका महेश बस्नेतसँग पराजित खनाललाई पार्टीका तर्फबाट राष्ट्रपतिमा अघि सारिएको हो। सत्ता गठबन्धनबाट सरकार बन्दै गर्दा राष्ट्रपतिमा नेकपा एसले दाबी गर्ने हिसाबले खनाललाई अघि सारेको उक्त पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। उनले पद बाँडफाँट शक्ति सन्तुलनका […]
नेपाली कांग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हाे । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने संयोजक भीष्मराज खाङ्देम्बेले जानकारी दिए। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ । संसदीय दलको नेता चयनको लागि […]
नेकपा एमालेले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले आज कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको हो । पार्टीले संघीय संसद् तथा प्रदेश सभामा खेल्नुपर्ने भुमिकाका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने छ । भेलामा प्रतिनिधि […]
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले लामिछानेलाई संसदीय दलको नेता छानेको हो। ‘हामीले पहिला नै प्रारम्भिक चुनाव गरेर को संसदीय दलको नेता हुने भन्ने टुंगो लगाएका थियौं,’ रास्वपा प्रवक्ता मुकुल ढकालले भने,‘आजको बैठकले त्यसैलाई अनुमोदन गरेको हो।’ रास्वपाका प्रतिनिधि सभामा २० जना सांसद […]
फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वपकको उपाधि जितेको हो ।
नागरिक रैबार बाजुरा ३ पुस । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले भाेलि देखि यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गर्ने भएकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा भाेलि विहान ५ बजेबाट यातायात, शैक्षिक […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका सम्बन्धमा छानबिन गरिरहेको प्रहरीले अमेरिकी दूतावासबाट जवाफ नआउँदा अनुसन्धानलाई अगाडि बढाउन पाएको छैन । गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी परिसर काठमाडौँले लामिछानेको नागरिकता विवादका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । लामिछानेले दोहोरो नागरिकता लिएको, अमेरिकाको नागरिकता प्राप्त गर्दा नेपालको नागरिकता नत्यागेको र अमेरिकी नागरिक रहेकै समयमा समेत नेपाली […]
नागरिक रैबार बाजुरा २ पुस । नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले आज ४ बजे देखि बाजुरामा अनिश्चितकालका लागि यातायात सेवा बन्द गर्ने भएकाे छ । अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन दिप अयडीका हत्यारालाई १ महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ गर्न नसकि चरम लापरबाही गरेकाेले यातायात सेवा अनिश्चितकालका लागि बन्द गर्न लागेकाे अनेरास्ववियुका सचिवालय […]
नागरिक रैबार/बाजुरा २ पुस।बाजुरा जिल्लामा विगत ३ वर्ष देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजना जिल्लाबाट बाहिरिएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसविन, किर्डाकको प्राविधिक सहयोगमा संचालित उक्त परियोजनाको हिजाेबाट ३ वर्ष पुरा गरि बाहिरिएको हो । बाजुराका ५ वटा पालिकामा सन २०२० देखि २०२२ सम्म ३ वर्षका लागि संचालित रहेको […]
नागरिक रैबार/बाजुरा १ पुस।गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन बाजुराकाे त्रिवेणी नगरपालिका ७ मा अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारवाही गर्न माग गरेको छ । चेतन अयडीको हत्यामा संलग्न रहेकाहरुलाई १ महिना वित्न लाग्दा समेत पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियु बाजुराले आज जिल्ला प्रशासन कार्यालय […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले […]
नागरिक रैबार/बाजुरा १ पुस। जिल्लाको बडीमालिका नगरपालिकाको १३ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ । हिजो पालिकामा बसेको कार्यपालिकाको १३ औं बैठकले विभिन्न १३ वटा निणर्यहरु पारित गर्दै बैठक सम्पन्न गरेको हो । यस्ता छन् निर्णयहरु: १. साँफे मार्तडी सडक खण्डकाे जडाङ्गामा रहेकाे बेलिब्रिज हाल जडाङ्गामा पक्कि पुल बनी सकेकोले साे बेलिब्रिज बर्षादकाे समयमा साेहि […]
नागरिक रैबार बाजुरा १ पाैष । जिल्लाको पुर्वीउत्तरी क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने निशुल्क स्वास्थ्य शिविर आजबाट संचालन भएकाे छ । बुढिनन्दा नगरपालिकाको आयोजनामा आजबाट काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा दन्त तथा स्त्रीरोग सम्बन्धि २ दिने निशुल्क स्वास्थ शिविर संचालन भएकाे हाे । शिविरमा अत्यावश्यक प्रस्तुति सेवा समेत दिने भएकाे छ । शिविरकाे […]
नागरिक रैबार बाजुरा २९ मंसिर बुढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र बुढीनन्दा नगरपालिकाको सहयोगमा सेवा सुचारु गरिएको हाे । स्वास्थ्य केन्द्रमा स्त्री रोग बिशेषज्ञ डाक्टर सोनाम गुरुङ र ओटी नर्स भगवती रावल मार्फत सेवा सुचारु भएकाे हो । बिशेषज्ञ चिकित्सकको ब्यबस्थापन भएपछि कोल्टी […]
काठमाडौं । सांगीतिक कार्यक्रमका लागि अमेरिका उडेकी गायिका आस्था राउतलाई त्यहाँस्थित डालस अध्यागमनले नेपाल फिर्ता पठाइदिएको छ । पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै आफूलाई अमेरिका प्रवेशमा रोक लगाइएको गायिका राउतले अनलाइनखबरलाई जानकारी दिइन् ।
आगामी शैक्षिक सत्र २०८० सालदेखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । त्यसका लागि पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार पारिरहेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले तीन वटा कक्षाका नयाँ पाठ्यपुस्तक तयार भइरहेको बताए । नयाँ पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) तयार भएपछि छपाईका लागि […]
काठमाडौंः मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ४ हजारभन्दा बढी उम्मेदवारको धरौटी जफत भएको छ। सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। जसअनुसार प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १ सय ८९ महिला गरी १ हजार ९ सय ६१ जनाको धरौटी जफत भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले […]
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट परेको हो। सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार युवराज सफलले रिट दर्ता गराएका हुन्। रिटमा लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, निर्वाचन आयोग, संघीय संसद र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ। रिटमा लामिछानेलाई सांसदको रूपमा सपथ […]