होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई आजै बसेको संसदीय दलको बैठकले अनुमोदन […]
नेकपा (एमालेे) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । स्रोतहरूले बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताएका छन् ।’१-२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚’ भूसालनिकट स्रोतले भन्यो, ‘अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ ।’मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ […]
काठमाडौँ — प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ । ११ बजे बस्ने भनिएको बैठक दलहरूका संसदीय दलका बैठकहरूका कारण पछि सारिएको हो । ‘नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ । उहाँहरूले ज्येष्ठ सदस्यलाई समय चाहियाे भन्नुभएको छ । त्यही भएर १ बजेका लागि सार्ने निर्णय भएको छ,’ प्रतिनिधिसभाका सचिव गाेपालनाथ याेगीले भने […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ससर्त विश्वासको मत दिने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको मंगलबार बिहान बसेको बैठकले सरकारलाई विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले यो सरकारलाई ससर्त समर्थन गर्ने र प्रतिपक्षमा रहने निर्णय गरेको छ’ सो दलका प्रवक्ता जगन्नाथ खतिवडाले भने । एकीकृत […]
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यो सरकार कसैले ढाल्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले हल्लाको पछि नलाग्न आग्रह गरे । “यो सरकार कसैले ढाल्छ कि नसोच्नुहोला । यो सरकार स्टाबिलिटीका लागि बनाइएको हो,” उनले भने, “बनाउने र गिराउने खेलका लागि बनाइएको […]
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भन्ने प्रष्ट धारणा नबनाउँदै दुई वटा प्रदेशमा भने सो पार्टीका सांसदहरू सत्ताकै कित्तामा उभिन पुगेका छन् । बागमती प्रदेशका एकीकृत समाजवादीका सात जना सांसदहरुले सोमबार सत्ता गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका शालिकराम जम्मकट्टेललाई समर्थन गरे भने गण्डकीका एकमात्र […]
काठमाडौं । सरकारमा सहभागी दलहरुले न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री विष्णु पौडेलले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका छन् । त्यस क्रममा उनले यो वर्ष सरकारले गाडी नकिन्ने र नयाँ सार्वजनिक निकाय खोल्न रोक लगाउने बताएका छन् । उनले स्थानीय तहमा पञ्जीकरणको शुल्क नलिन नीतिगत व्यवस्था गर्ने पनि बताएका […]
गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई […]
काठमाण्डाै – सङ्घीय संसद्को पहिलो बैठक सुरु भएकाे छ । गएकाे मङ्सिर ४ गतेको चुनावपछि आज सोमवार प्रतिनिधि सभाको पहिलो बैठक बसेको हो । बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको भयो । उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत् २०७९ साल पुस २५ गते सोमवारको दिन […]
काठमाण्डाै – सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाण्डाैदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । […]
काठमाडौँ । निर्वाचनपछिको प्रतिनिधिसभाको पहिलो बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं पार्टीको संसदीय दलको नेता समेत रहेका लामिछानेले सम्बोधन गर्न लागेका हुनl आज बसेको रास्वपाको संसदीय दलको बैठकले संसद बैठकमा लामिछानेले संवोधन गर्ने र सभामुख नरहेको अवस्थामा सदन चलाउन बनाइने अध्यक्ष मण्डलमा पार्टीबाट सांसद डा.चन्दा कार्कीको […]
दार्चुला — ब्यास गाउँपालिका–४ डोकट गाउँको तल तुइनबाट खसेर महाकाली नदीमा एक बालक बेपत्ता भएका छन् । बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको स्थानीयले बताएका छन् । ब्यास गाउँपालिका–४ खाल्नगर बस्तीमा बसोबास गर्ने डोकटस्थित मेलपाटा टोलका दिपेन्द्र कौनेणी तुइन तर्ने क्रममा खसेर बेपत्ता भएको […]
नागरिक रैबार/बाजुरा २३ पुस। जिल्ला प्रशासन कार्यालय बाजुरा र घरेलु विकास कार्यालयको सयुक्त टोलीले कोल्टी बजार अनुगमन गरेको छ । कोल्टी क्षेत्रका स्थानीय तहका बजारहरुको अनुगमन गर्न मार्तडीबाट सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टसहित खटिएको टोलीले आज कोल्टी बजारको अनुगमन गरेको हो । कोल्टी बजारको अनुगमनका क्रममा म्याद नाघेका पिठो, चाउचाउ, बिस्कुट, भुजिया, नमकिन, चिजबल, […]
नागरिक रैबार/बाजुरा २३ पुस। बाजुरा जिल्लामा कानुन विपरित संचालन हुँदै आएका ६ वटा सवारी साधानहरुलाई जिल्ला प्रहरी कार्यालय बाजुराले नियन्त्रणमा लिएर कारवाही गरेको छ । रातो नम्बर प्लेट राखेर कानुन विपरित बाजुराबाट हुम्लासम्म सञ्चालन हुँदै आएको थाहा पाएपछि ६ वटा सवारि साधनलाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । व्यक्तिगत प्रयोजनका […]
नागरिक रैबार/बाजुुरा २३ पुस । जिल्लाको बडीमालिका नगरपालिकाले बाजुरा कारागारका कैदीबन्दीलाई खेलकुदका सामग्री सहयोग गरेको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको समन्वय र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा कारागारमा रहेका कैदी बन्दीलाई खेलकुदका सामग्री सहयोग गरिएको हो । बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विकका अनुसार कैदीबन्दीलाई २ वटा भलिबल, २ वटा क्यारेम बोर्ड, […]
नागरिक रैबार/बाजुरा २३ पुस। बाजुराका २ जना १ किलो चरेससहित अछाममा पक्राउ परेका छन् । चरेससहित पक्राउ पर्नेमा बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका १० पाण्डुसेन घर भई हाल साँफैबगर नगरपालिका वडा नम्बर ३ टोटासालमा भेडाबाख्रा पालन गर्दै आएका मिङमार थापाको छोरा ६० वर्षीय लाक्पा थापाबाट ८३८ ग्राम र थोक दोर्जेको श्रीमती ३५ वर्षीया धम्ब चेतो रहेका […]
नागरिक रैबार/बाजुरा २२ पुस।नेकपा एमाले बाजुराले जिल्ला कमिटी सदस्य छप्किलाल बुढालाई पार्टीकाे सदस्य समेत नरहने गरि निस्कासित गरेकाे छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे मार्तडीमा बुधवारदेखि जारी रहेकाे बैठकले नेता बुढालाई पार्टीकाे सदस्य समेत नरहनेगरी निस्कासित गरेकाे हाे । नेता बुढाले २०७९ बैशाख ३० मा भएकाे स्थानीय तहकाे निर्वाचन र मंसिर ४ मा भएकाे […]