होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु
समाचार

प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु

  • नागरिक रैबार
प्रचण्डलाई बधाई दिँदै ओलीले भने : चुनौती छन् भन्ने स्मरण गराउँछु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनौती छन् भन्ने स्मरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डलाई बधाई दिँदै चुनौती छन् भन्ने स्मरण गर्न पनि आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार विश्वासको मत पाउनेमा आफू ढुक्क भएको भन्दै ओलीले भने, ‘आज पनि उहाँलाई बधाई भन्न चाहन्छु । तर चुनौती छन् भन्ने कुरा पनि स्मरण गराउन पनि चाहन्छु ।’

विज्ञापन

पूर्वप्रधानमन्त्री ओलीले अहिले राष्ट्रियतासम्बन्धी र आर्थिक समस्या बढी रहेको बताए । अर्थतन्त्र गम्भीर अवस्थामा रहेको भन्दै ओलीले सबै समस्याको सकारात्मक ढंगले समाधान खोज्नुपर्ने बताए । ‘मुलुकलार्इी पछाडि सर्नबाट रोकेर अगाडि बढाउनुपर्नेछ’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार