होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । बुधबार बिहान ओली प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । भेटका क्रममा समसामयिक विषयवस्तुका साथै सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनायो ।
धनगढीः पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ। उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा उनलाई सोधपुछका […]
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा शासनको नेतृत्व सिंहदरबारबाटै गर्ने सोच बनाएको बताउनुभएको छ । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले यो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘मैले सिंहदरबारलाई कार्य सञ्चालनको मुख्य थलोका रूपमा लिएको छु । विगतमा सिंहदरबारबाहिर वा निवासबाट […]
काठमाडौं । प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्किएका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री प्रचण्डलाई भेटेर भर्खरै फर्किएका हुन् । सभापति लामिछानेले आफूलाई गृह मन्त्रालयमा फर्काउन आग्रह गरेको बुझिएको छ । तर, प्रचण्ड भने लामिछानेलाई गृह मन्त्रीमा फर्काउन सकारात्मक नदिएको बताइएको छ । ‘प्रधानमन्त्रीले रविजीकाे विषयमा महान्यायाधिवक्ता, कानुनविद्हरुसँग परामर्श गर्नुभयो नागरिकताको […]
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ […]
काठमाडौं : सरकारी कार्यालयहरु आजदेखि अपरान्ह पाँच बजेसम्म खुल्ने भएका छन्। कात्तिक १६ गतेदेखि हिजो माघ १५ गतेसम्म ४ बजे बन्द हुने सरकारी कार्यालयहरु आजदेखि पाँच बजेसम्म नै खुल्ने गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले बर्सेनी राजपत्रमा सूचना प्रकाशन गरी कार्यालय हाजिर हुने र छुट्ने समय तोक्ने गरेको छ । जसअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म […]
काठमाडौं: बाँकेमा श्रीमानले पेट्रोल छर्किएर आगो लगाईदिँदा श्रीमती घाइते भएकी छिन्। दुई वर्षका छोरा प्रिन्सको उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए। बाँकको कोहलपुर नगरपालिका १ शक्तिनगरका ३० वर्षीय भानुभक्त बिकले आइतबार साँझ श्रीमती गंगा विक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्किएर आगो लगाइदिएका […]
काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्।उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।
धनुषा । ‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौँ’ भन्ने मुख्य नाराका साथ आज ७०औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइको व्याक्टेरियम लेप्रे’ नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । धेरै मानिसलाई कुष्ठरोगको पहिलो लक्षणको रुपमा छालामा फिक्का दाग आउनु वा […]
काठमाडौँ । सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने गएका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो । सोही अनुसार लामिछाने आइतबार बिहान ११ बजे प्रशासन जाने कार्यक्रम तय भएको उनका स्वकीय […]
काठमाडौं । अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् । ‘उहाँ आज विहान १० बजे नै नागरिकताको प्रमाणपत्रका लागि जिल्ला प्रशासन कार्यालय जानुहुन्छ भन्ने खबर आएको छ,’ गृह स्रोतले भन्यो, ‘प्रशासनबाट […]
नागरिक रैबार/बाजुरा १२ माघ। बाजुराकाे हिमाली गाउँपालिकाकाे विच्छ्याँलाई केन्द्र विन्दु बनाएर मंगलबार गएकाे भुकुम्पका कारण गाैमुल गाउँपालिका २ कि ३२ वर्षकी जमुना राेकायाकाे मृत्यु भएकाे थियाे भने ३ जना घाईते भएका छन् । घाईते हुनेमा बडीमालिका २ कि ४५ वर्षकी चन्द्रा महत, गाैमुल २ का राजदल बाेहरा र हिमालीकी सरिता नेपाली रहेकी छन् । त्यस्तै […]
कैलाली: सुदूरपश्चिम प्रदेशमा फूटकररुपमा पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल आयल निगमको आधिकारिक बिक्रेताबाहेक अरुले पेट्रोलियम पदार्थ बिक्रीमा रोक लगाइएको हो। जसअनुसार गैरकानूनी तरिकाले पेट्रोलियम पदार्थ बोतल तथा जर्किनलगायतका भाँडामा राखी बिक्री गर्न नपाइने भएको हो। ‘कार्यालयबाट भएको अनुगमनमा अवैधरुपले पेट्रोलियम […]
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् । प्रधानमन्त्री दाहालले श्रेष्ठलाई सोमबार राष्ट्रिय योजनाको उपाध्यक्षमा नियुक्त गरेर पद तथा गोपनियताको शपथग्रहण पनि गराएका छन् ।प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको शपथ ग्रहण गराइएको हो ।नेपाल […]
शनिबार दिउँसो सुर्खेतको वीरेन्द्र नगरपालिका–११ को झुप्राखोलास्थित रत्न राजमार्गको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।बा. प्र. ०१०२६ च ९२१३ नम्बरको जिप अनियन्त्रित भइ सडकदेखि अन्दाजी ७०/८०मिटर तल खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइतेलाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइए पनि उपचारको क्रममा सुर्खेतको वीरेन्द्र […]
नागरिक रैबार/ बाजुरा ७ माघ। बाजुराकाे सदरमुकाम मार्तडीमा खुला ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएकाे छ । जेवि मिडिया प्रालिकाे साताैं वार्षिकोत्सबकाे अवसरमा उक्त प्रतियाेगिता आजबाट मार्तडीमा संचालन गरिएकाे हाे । प्रतियोगिताकाे एक औपचारिक कार्यक्रमका विच निवर्तमान माननीय लालबहादुर थापाले उद्घाटन गरेका छन् । उद्घाटनमा बाेल्दै निवर्तमान माननीय थापाले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएकाेले खेलमा सहभागी टिमलाई […]
नागरिक रैबार/बाजुरा ६ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाले नगर भित्रका जेष्ठ नागरिक, अशक्त र असाहयलाई चिसो छल्नका लागि न्यानो कम्वल वितरण गरेको छ । बुढीगंगाले नगरभित्रका जेष्ठ नागरिकलाई चिसोबाट जोगाउनका लागि १० वटै वडाका १ सय जना जेष्ठ नागरिक, अशक्त र असाहयलाई न्यानो कम्वल वितरण गरेको हो । जिल्लामा केही दिन यता चिसो बढेपछि नगरभित्रका नागरिकहरुलाई […]
नागरिक रैबार/बाजुरा ६ माघ। बाजुराको बडीमालिका नगरपालिका वडा न ७ मा एक दिने आखा आँखा कान र अपाङ्गता सम्वन्धिको एक दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । वडा कार्यालय बडीमालिका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा सो शिबिर सम्पन्न भएको वडा अध्यक्ष तथा नगर प्रबक्ता धर्मराज पाध्यायले बताएका छन । वडामै […]
काठमाडौं, ५ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धति भन्दा बाहिर नजाने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निक्र्यौल गरेर बैठक चलाउन माग गरेका थिए । सभामुखका उम्मेदवार देवराज घिमिरेको समर्थकका रुपमा संसदलाई सम्बोधन […]
काठमाडौं । लोकदोहोरी गायिका विष्णु माझी यतिबेला पुनः गुमनामजस्तै बनेकी छन् । ६ महिना भयो उनको नयाँ गीत रिलिज नभएको । एक वर्षभन्दा बढी भयो अरुका गीत गाउन छाडेको । उनी अहिले काठमाडौंमा बसोबास गर्छिन् तर कहाँ बस्छिन् भन्ने लोकगीत क्षेत्रका कलाकार कसैलाई थाहा छैन । प्रत्येक तीजमा उनको खोजी हुन्छ र एउटा गीत पनि […]