होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १३, २०८०
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • पत्रकारको चरित्र हत्या गर्ने डडेल्धुराका युवक पक्राउ
सूचना-प्रविधि

पत्रकारको चरित्र हत्या गर्ने डडेल्धुराका युवक पक्राउ

  • नागरिक रैबार
पत्रकारको चरित्र हत्या गर्ने डडेल्धुराका युवक पक्राउ

धनगढीः पत्रकारको चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत चमोलीलाई प्रहरीले पक्राउ गरेको हो। उनले सामाजिक सञ्जालमार्फत पत्रकारको चरित्र हत्या गरेको आरोप लागेको छ।

उनले लामोसमयदेखि जथाभावी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका आरोप लागेको छ। पत्रकार महासंघ डडेल्धुराको निवेदनका आधारमा उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरिक्षक उमाकान्त जोशीले बताए। जोशीका अनुसार युवक प्रहरीको हिरासतमा छन्। बुधवार पत्रकार महासंघ, डडेल्धुरा र चमोली तथा उनका पक्षहरु बिचमा छलफल हुने छ।

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले उनले पटक–पटक स्टाटस लेख्ने गरेका छन्। जिल्लाका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले उनलाई कानूनी कारबाहीको मागसहित महासंघले जिल्ला प्रहरीमा निवेदन दिएको थियो।

विज्ञापन

चमोलीले यसअघि पनि पटक–पटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका आरोप छ। सम्झाउँदा पनि नटेरेपछि बाध्य भएर निवेदन दिएको पत्रकार महासंघ डडेल्धुराले जनाएको छ। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन
समाचार
विदेशबाट दुईवटा मोबाइल ल्याउन मिल्ने वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्किँदा व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने वातावरण बनाउन निर्देशन दिएका छन् । व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारले कब्जामा लिएको चर्चा चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल ल्याउने वातावरण बनाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ । विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका […]

  • ९ महिना अगाडि