होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु
समाचार

सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • नागरिक रैबार
सुर्खेतमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

शनिबार दिउँसो सुर्खेतको वीरेन्द्र नगरपालिका–११ को झुप्राखोलास्थित रत्न राजमार्गको छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।बा. प्र. ०१०२६ च ९२१३ नम्बरको जिप अनियन्त्रित भइ सडकदेखि अन्दाजी ७०/८०मिटर तल खस्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइतेलाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइए पनि उपचारको क्रममा सुर्खेतको वीरेन्द्र नगरपालिका–७ का २७ वर्षीय चालक सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका– ५ बस्ने ३३ वर्षीइ दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ बस्ने ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका–३ बस्ने ३६ वर्षीय राजेन्द्र बिसीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख भैरवी गाउँपालिका– ५ बस्ने अन्दाजी २५/२६ वर्षीय वीरेन्द्रराज शाहीको छातीमा चोट लागेको हुँदा उनको उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार