होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नेकपा (एमाले)को ‘ग्रास रुट’ अभियान आजबाट सुरु भएको छ । गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरे अनुसार आजबाट यो अभियान सञ्चालनमा आउन लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ५ फागुनमा सात प्रदेश र विदेश प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल सम्बोधन गरे पछि […]
नागरिक रैबार/बाजुरा ४ फागुन।जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदह गाउँपालिकाको दशरथ माविमा संचालन हुने भएको छ । जिल्ला खेलकुद समिति बाजुरामा आज बसेको पदाधिकारीको बैठकले यस वर्षको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खप्तड क्षेडेदहमा संचालन गर्ने निणर्य गरेको छ । बैठकले यही फागुन १२ देखि १४ गतेसम्म प्रतियोगिता […]
काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो । यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो ।अध्यक्ष मण्डलका सदस्य खिमलाल भटरटाईका अनुसार तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत […]
नागरिक रैबार/बाजुरा ४ फागुन।जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार हलिया मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कीले जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेर बाजुराका हलिकाका विभिन्न सवालहरुको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् । जिल्लामा छुटेका मुक्त हलियाहरुको उचित ब्यबस्थापन शिक्षा, स्वास्थ्य […]
काठमाडौँ । स्थानीय तहका उम्मेदवारले तत्काल जरिवाना बुझाउनु नपर्ने भएको छ । निर्वाचन आयोगले निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले दायर गरेको रिटमाथि सर्वोच्च अदालतकाे संवैधानिक इजलासले निर्वाचन आयोगले तोकेको जरिवानाबारेको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । सर्वोच्चले आयोगको गोश्वारा निर्णयमा प्रश्न उठाउँदै शाहको निवेदनमा संवैधानिक इजलासबाट अन्तरिम आदेश र कारण देखाऊ आदेश […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुराका १४ सय बढी भुकुम्प प्रभावित परिवारहरुलाई परिवारलाई सयुक्त राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए) ले राहत वितरण गरेको छ । गएको माघ १० गते दिउसो २ः४३ बजे बाजुराको हिमाली गाउँपालिकाको विच्छ्यालाई केन्द्र बिन्दु बनाई गएको ५.९म्यग्निच्युडको भुकुम्पबाट प्रभावित १४ सय ५० परिवारलाई युएनएफपिएको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी तथा जिल्ला […]
नागरिक रैबार/बाजुरा ३ फागुन।जिल्ला समन्वय समिति बाजुराकी उपप्रमुख लाक्षु सार्की सम्मानित भएकि छन् । नेकपा एमाले निकट भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ती समाज केन्द्रीय कमिटीले आज काठमाण्डौंमा आयोजना गरेको कार्यशाला गाेष्ठीमा उपप्रमुख सार्कीलाई सम्मानित गरेको हो । नेपाल उत्पीडित जातीय मुक्ति समाजको आयोजनामा काठमाण्डौंमा आजबाट संचालन भएको दुई दिने कार्यशाला गोष्ठीमा सार्कीलाई देशभरमै दलित […]
काठमाडौं, ३ फागुन । नेपाल उत्पीडित जातीय मुक्ति समाजको दुई दिने कार्यशाला काठमाडौंमा सुरु भएको छ । मुक्ति समाज केन्द्रीय कमिटीको आयोजनामा दुई दिने संगठन सुदृढीकरण कार्यशाला बुधबारदेखि काठमाण्डौको प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । कार्यशालाको नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले उद्घाटन गरेका छन् ।सो अवसरमा सम्बोधन गर्दै महासचिव पोखरेलले आर्थिक उत्पादनको मुख्य […]
काठमाडौँ । सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ ।रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिनेदिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ । त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको छ । जबकि एमाले नेतृत्वको […]
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि आजबाट मतदान प्रक्रिया सुरु हुने भएको छ । लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको हो । त्यसका लागि निवर्तमान अध्यक्ष […]
काठमाडौं: प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण ९मनी […]
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ का १ सय जना विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएकाे छ । सामाजिक सेवा समूह फाउन्डेसन बुटवलको सहयोग तथा वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा वडा भित्रका ४ वटा विद्यालयका १ सय जना बालवालिकालाई न्यानो लुगा वितरण गरिएको वडा सचिव सरिता ठकुल्लाले बताएकी छन् । उनका अनुसार […]
काठमाडौँ । एमाले निकट अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशन मंगलबारदेखि सुरू भएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको महाधिवेशनले १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । नेतृत्वका लागि धेरै विद्यार्थी नेताहरुले आकांक्षा देखाएका छन् । तर नयाँ नेतृत्व निर्वाचन प्रक्रियामार्फत टुंग्याउने वा सहमति ? भन्नेमा आकांक्षीहरुबीच नै दुई […]
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि मात्र भारत भ्रमणमा जाने भएका छन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फेब्रुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको स्रोतले जनाएको छ । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन […]
काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ । नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय […]
काठमाडौँ । हाल देशमा कुनै पनि मौसमी प्रणालीहरूको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राति पनि देशभर मौसम सामान्यतया सफा रहने छ । तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक […]
काठमाडौँ । आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् । मजदुर सङ्घको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारी ठप्प भएका छन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू […]
नागरिक रैबार/बाजुरा १ फागुन। २८ औँ महान जनयुद्ध दिवसरको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारत रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । देश र जनताको परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे बाजुरामा २८ औँ महान जनयुद्ध दिवस मनाइएको छ । अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै दिवसको […]
नागरिक रैबार बाजुरा २९ माघ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको सभापतिमा मेखराज जैशी निर्वाचित भएका छन् । जैशीले ६२ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्दी रमबहादुर शाहीले ५८ मत पाएर पराजित भएका छन। यसैगरी रेडक्रसकाे मन्त्रीमा टंकप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ६५ मत पाए भने उनका निकटम प्रतिद्धन्दी […]
काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ […]