होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौँमा सार्वजनिक सवारी ठप्प, अधिकांश शैक्षिक संस्था बन्द
समाचार

काठमाडौँमा सार्वजनिक सवारी ठप्प, अधिकांश शैक्षिक संस्था बन्द

  • नागरिक रैबार
काठमाडौँमा सार्वजनिक सवारी ठप्प, अधिकांश शैक्षिक संस्था बन्द

काठमाडौँ ।  आन्दोलनरत यातायात मजदुरहरूले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्दले जनजीवन प्रभावित भएको छ । सरकारले आफूहरूसँग गरेको सहमति पालना नगरेको भन्दै सोमबार आन्दोलनमा उत्रिएमा यातायात व्यवसायीले आज सार्वजनिक यातायात बन्द आह्वान गरेका हुन् ।

मजदुर सङ्घको हडतालका कारण उपत्यकाका सार्वजनिक सवारी ठप्प भएका छन् । अचानक भएको सवारी ठप्पका कारण हजारौँ यात्रुहरू अलपत्र परेका छन् ।

यसको प्रत्यक्ष मारमा शैक्षिक संस्थाहरू परेका छन् । विद्यालयहरूले एसएमएस पठाउँदै आज शैक्षिक संस्था सञ्चालन हुन नसक्ने सन्देश विद्यार्थीहरूलाई पठाइरहेका छन् ।

विज्ञापन

सरकारले आन्दोलनरत मजदुर सङ्गठनका नेतालाई वार्ता र संवादमा बोलाएको छ । बालाजु बसपार्क आसपासमा हिजो भएको तोडफोड आगजनीको घटना पछि आज सवारी सेवा ठप्प पारेका आन्दोलनकर्तालाई सरकारले वार्तामा बोलाएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार