होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवन २ मा उपनिर्वान : चैत २० गते मनोनयन दर्ता
समाचार

चितवन २ मा उपनिर्वान : चैत २० गते मनोनयन दर्ता

  • नागरिक रैबार
चितवन २ मा उपनिर्वान : चैत २० गते मनोनयन दर्ता

काठमाडौँ । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता हुने भएको छ । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने मिति चैत २२ गतेलाई तोकेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

यस्तै उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चैत २३ गते निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिकामा उल्लेख छ । कार्यतालिकाअनुसार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको पद गएसँगै उपनिर्वाचन हुन लागेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार