होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • अनेरास्ववियुमा सहमति नजुटेपछि मतदान सुरु
समाज

अनेरास्ववियुमा सहमति नजुटेपछि मतदान सुरु

  • नागरिक रैबार
अनेरास्ववियुमा सहमति नजुटेपछि मतदान सुरु

काठमाडौं । अनेरास्ववियुको २३ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरू भएको हो ।

यसअघि बिहीबार बिहानैदेखि मतदानको कार्यतालिका सार्वजनिक भएपनि सहमतिको प्रयासले गर्दा ढिलोगरी मतदान सुरु भएको हो ।अध्यक्ष मण्डलका सदस्य खिमलाल भटरटाईका अनुसार तीन ठाउँबाट मतदान थालिएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान थालिएको हो ।अध्यक्षका लागि ५ ले उम्मेदवारी दिएका छन् । जसमा आरसी लामिछाने, मोती विक, लोकेश निरौला, वाङ्छु योञ्जन र समिक बडाल रहेका छन् ।

त्यस्तै उपाध्यक्षका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । भने महासचिवका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । सचिव खुलातर्फ ४८ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै सचिव महिला खुलातर्फका लागि १० जना र सचिव समावेशी तर्फका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।

विज्ञापन

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमार्फत नेतृत्व चयन गर्न नेताहरूलाई सुझाएका थिए । महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको चितवन मोडल अपनाउन निर्देशन दिएका थिए । तर अखिलको नेतृत्वमा आकांक्षी धेरै हुँदा र अडान नछाड्दा अन्ततः मतदानमार्फत नै नेतृत्व चयन हुने भएको छ । विद्युतीय भोटिङ मेसिनमार्फत मतदान सुरु भएकाले नतिजा एक घण्टाभित्रै आउने बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार