होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हलिया मुक्ति समाज बाजुराले बुझायो ज्ञापन पत्र
समाचार

हलिया मुक्ति समाज बाजुराले बुझायो ज्ञापन पत्र

  • नागरिक रैबार
हलिया मुक्ति समाज बाजुराले बुझायो ज्ञापन पत्र

नागरिक रैबार/बाजुरा ४ फागुन।जिल्ला हलिया मुक्ती समाज बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार हलिया मुक्ती समाज बाजुराका अध्यक्ष लालविर सार्कीले जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेर बाजुराका हलिकाका विभिन्न सवालहरुको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्लामा छुटेका मुक्त हलियाहरुको उचित ब्यबस्थापन शिक्षा, स्वास्थ्य रोजगार आय आर्जन दिगो जिविकोपार्जन सामाजिक सशक्तिकरण र समाबेसीकरण लगायतका मुद्धाहरु ओझेलमा परेकाे भन्दै यसलाई यथासिघ्र अगाडी बढाउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

जिल्ला हलिया मुक्ति समाज बाजुराले हलियाहरुका  ७ बुदे मागसहित जिल्ला प्रशासन कार्यालय बाजुरामा पुगेका दलित अधिकारकर्मीहरुले हलिया मुक्तीकोे पिडा जस्ताका त्यस्तै भएकोले यसमा राज्यको छिट्टै ध्यान जानुपर्ने र समस्याको समाधान हुनपर्ने जिल्ला हलिया मुक्ति समाज बाजुराका अध्यक्ष  सार्कीले बताएका छन् ।

विज्ञापन

बाजुरा जिल्लामा नेपाल सरकारबाट लागत भएका १६४४ घरधुरी मध्ये १४९३ घरधुरीले प्रमाणिकरणमा परेका र तिमध्य १३६६ परिवार पुर्नस्थापनको प्याकेज पाएका २८ घरधुरीले दोस्रो किस्ता रकम पाउन सकेका छैनन । साथै २६८ परिवारलाई तत्काल पूनस्थापना राहात प्याकेज उपलब्ध गराउन आग्रह समेत हलिया मुक्ति समाज बाजुराले गरेको छ ।

त्यस्तै मिती २०७९ साल असोज १९ गते देखी २६ गते सम्म आएको अविरल बर्षाका कारण जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्मर १ पिपलडालीका १६ परिवार मुक्तहलियाहरुको बसोवास गर्दै आईरहेका घरहरु क्षेती भएकाले त्यसलाई तत्काल व्यवस्थापन गर्न समेत माग राखेको छ ।

यता प्रमुख जिल्ला अधिकारी पुस्कर खड्काले ज्ञापनपत्र बुझ्दै सबै मागहरु जाहेज रहेकाले यसलाई तुरुन्त जानकारीका लागि मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताएका छन् ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार