होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । लामो प्रतिक्षापछि गत २ असोजमा जनकपुरस्थित रेल्वे स्टेसनमा रेल आउँदा स्वागतका लागि हजारौँको भीड उर्लिएको थियो । सरकारले खरिद गरेका दुई सेट रेल जनकपुर आउँदा मानिसको उल्लास रेल्वे स्टेसनमा मात्र थिएन, जयनगरदेखि जनकपुरसम्मै रेल्वे ट्रयाक छेउमा ताँती लागेको थियो । कोरोना महामारीको त्रासदीकाबीच रेल हेर्ने उत्साहले उनीहरूको खुसीको सीमा नै थिएन । तर, रेल आएको पाँच […]
प्रधानमन्त्री केपी ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा सरकारका उपलब्धिका सम्बन्धमा जानकारी दिन प्रधानमन्त्री ओलीले प्रेस ब्रिफिङको आयोजना गरेका हुन् । ओलीले आजै पुनर्निर्माणको काम पूरा भएको सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भागको उद्घाटन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले आज ११ […]
विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय यही भवनमा सर्नेछ । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशको प्रमुख […]
नागरिक रैबार/बाजुरा ३ फागुन। बाजुरामा भारी वर्षा भएको छ । आईतबार साँझबाट सुरु भएको वर्षा साेमबार पनि जारी छ । हिजाे आईतबार विहानै देखि अग्ला ठाउँमा बादल लागेसंगै जाडो बढीरहेको भएपनि सदरमुकाम मार्तडीमा भने हिजाे साँझबाट वर्षा सूरु भएको हो । अविरल वर्षा सूरु भएसंगै उच्च भागमा हिमपात हुने सम्भावना बढेको छ । वर्षा सूरु […]
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको जिकिरमाथि रिट निवेदककर्ताले प्रश्न उठाएका छन् । रिट निवेदकतर्फको जबाफी बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानलेले प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने वकिलले ओलीलाई ‘श्री ३ को जत्तिकै अधिकार’ रहेको जिकिर गरेपनि त्यस्तो व्यवस्था संविधानमा देखाउन चुनौति दिए । ‘संविधानको धारा ७६ को उपधारा १ […]
नागरिक रैबार /बाजुरा २ फागुन। मार्तडी-कोल्टी सम्मको ४२ किलोमिटर सडक १८ बर्ष देखी निर्माण कार्य शुरु भएको थियो । यस बर्ष प्रदेश सरकारले ठुलो मात्रामा रकम बिनियोजना गरेका कारण निर्माण शुरु भएको सडक चाँडा सम्पन्न गर्न प्रदेश सांसद बल्देब रेग्मीले निर्देशन गरेका छन्। उक्त सडक प्रदेश सरकारको प्रमुख प्राथमिकताको सडक भएको र बाजुरा लगाएत तिन […]
२ फागुन, काठमाडौं । सरकारले आजबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर […]
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने , “प्रधानमन्त्रीले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवनको उद्घाटन गर्नुहुनेछ […]
नागरिक रैबार/बाजुरा १ फागुन।नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा पत्रकार प्रकाश सिंहले सम्मानित बाफतको रकम जसको नाम बाट पाएका थिए उनकै परिवारलाइ हस्तान्तरण गरेका छन् । सिंहलाई नेपाल पत्रकार महासंघ शुदुुरपश्चिम प्रदेशको दोस्रो साधारण सभामा जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार २०७७ बाट सम्मानित गरिएको थियाे । सिंहले सम्मानित हुदां पाएकाे १२ हजार नगद पाएको रकम […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख […]
काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई भनेको […]
कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ । त्यतिबेला अध्यक्ष सिंह पश्चिम सुर्खेतस्थित बड्डीचौरमा थिए । उनका छोरालाई नेपालगन्ज विमानस्थल पु¥याएर फर्किंदा बाटोबाट गाडीमा घाँस हालिएको थियो । छुट्टै घाँस […]
काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो । जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने […]
नागरिक रैबार/बाजुरा ३० माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंह जेपी जेसी पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । पत्रकार सिंहलाई जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार २०७७ बाट सम्मानित गरिएको हो । बाजुरा जिल्लामा रहेर बाजुराको पत्रकारीता संगै सामाजिक रुपान्त्ररणमा सक्रिय भुमिका निभाएको भन्दै जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७ बाट […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् । मन्त्रालयद्वारा आज यहाँ आयोजित दोलखाली पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, “सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउने लागेको हो ।” यसले अभिव्यक्ति स्वतन्त्रतालाई […]
३० माघ, काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले […]
माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गरेका हुन् । पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।
काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् l सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी […]
झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ। शिक्षकको कुटाइबाट ती बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ। कनकाई नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो। उनी कक्षा ४ मा अध्ययनरत थिए। राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई […]
ताप्लेजुङमा बच्चा जन्मिएपछि रगत नथामिएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थानशील परियोजनाअन्तर्गत होलिकोप्टरमार्फत ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकोप्टरबाट शनिबार उद्धार गरेर विराटनगर लगिएको हो । लिम्बूको अत्यधिक रक्तश्राव भएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सिरिजङ्घा–५ वडाध्यक्ष पूर्णसिंह लिम्बूले बताए । बच्चा जन्मने क्रममा बच्चाको हातमात्रै निस्किएर जटिलता […]