होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका पत्रकार सिंह जेपी जोशी पत्रकारिता पुरस्कारबाट सम्मानित
समाचार

बाजुराका पत्रकार सिंह जेपी जोशी पत्रकारिता पुरस्कारबाट सम्मानित

  • नागरिक रैबार
बाजुराका पत्रकार सिंह जेपी जोशी पत्रकारिता पुरस्कारबाट सम्मानित

नागरिक रैबार/बाजुरा ३० माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष पत्रकार प्रकाश सिंह जेपी जेसी पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । पत्रकार सिंहलाई जेपी जोशी स्मृति पत्रकारीता पुरस्कार २०७७ बाट सम्मानित गरिएको हो ।

बाजुरा जिल्लामा रहेर बाजुराको पत्रकारीता संगै सामाजिक रुपान्त्ररणमा सक्रिय भुमिका निभाएको भन्दै जेपी जोशी स्मृती पत्रकारीता पुरस्कार २०७७ बाट सम्मानित गरिएको नेपाल पत्रकार महासंघ सुदुपश्चिम प्रदेश समिति अध्यक्ष अर्जुन शाहले बताएका छन् ।

पत्रकार सिंहलाई शुक्रबार कैलालीको गोदावरीमा भएको नेपाल पत्रकार महासघं सुदुरपश्चिम प्रदेश समितिकोे दोस्रो साधारण सभामा         सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले दोसल्ला र नगद सहित सम्मान गरेका हुन् ।

विज्ञापन

पत्रकार सिहं बाजुरामा लामो समय देखी पत्रकारीता संगै सामाजिक सेवामा क्रियाशिल रहेका छन् । सिंहले यस अघि पनि अन्तराष्ट्रिय पत्रकारीता पुरस्कार इन्जा अवार्ड समेत प्रदान गरिसकेका छन ।

बाजुराको समग्र विकासका सवालमा पत्रकारीताको माध्यमबाट कलम चलाउँदै आएका पत्रकार सिहँ बाजुराबाट संचालनमा रहेको बडिमालिका खवरका सम्पादक समेत रहेका छन् । नेपाल पत्रकार महासघं बाजुराको अध्यक्ष संगै उनले नेपाल टेलिभिजन र द हिमालयन टाइम्समा बाजुरा सम्वाददाताको रुपमा काम गरिरहेका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार