होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बताए । सिंहका अनुसार भट्टले पारिवारिक रिसइबीका कारण हत्या गरेको प्रहरीसमक्ष […]
५ फागुन, काठमाडौं । बिहीबारदेखि देशभर मौसम क्रमिकरुपमा सुधार हुने भएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको थियो । आज रातिदेखि उक्त प्रणाली कमजोर भई बाहिरिने भएकाले बिहीबारदेखि देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने मौसमविद् […]
नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा पार्टीको आगामी १४औँ महाधिवेशन र समसामयिक राजनीति विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका, वर्तमान केन्द्रीय समितिको समयावधि थप गर्ने, प्रतिनिधिसभा विघटनविरुद्धको पार्टीको आन्दोलनको समीक्षा र भावी कार्यक्रमलगायत समग्र विषयमा छलफल हुने पार्टीका […]
धनगढीः सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले प्रहरीको दृढ विश्वास र निरन्तरको मेहेनतपछि भागरथी हत्या प्रकरणमा सफलता मिलेको बताएका छन्। भागरथी प्रकरणको अनुसन्धानका लागि १० दिनदेखि दोगडाकेदार गाउँपालिकाकै खोचलेकमा रहेका डीआईजी सुवेदीले भागरथीको हत्या गर्ने अभियुक्तलाई कानूनी कठघरामा उभ्याउदै प्रहरी संगठनप्रतिको गुमेको साख एकपटक पुनः जिवित तुल्याउने अवसरको नेतृत्व गर्न पाएकोमा खुसी समेत […]
५ फागुन, काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरे । खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ । बन्दसत्रबाट […]
५ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको चौथो चरणको आन्दोलन आजबाट शुरु भएको छ । आन्दोलनको कार्यक्रम अनुसार सो समूहले आजदेखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । कार्यक्रम अन्तर्गत भोलि सो समूहले प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो बनाएर […]
काठमाडौँ — निर्वाचन आयोगले नेकपा र सूर्य चिह्नसमेत ‘फ्रिज’ (निष्क्रिय) हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत आन्तरिक छलफल थालेको छ । जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई आधिकारिकता नदिने कोणबाट आन्तरिक छलफल चलेको स्रोतले बतायो । आयोगले नेकपालाई आधिकारिकता नदिने सम्भावना देखेपछि नेकपाका दुवै समूह सशंकित बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले […]
वाग्मती प्रदेशसभाको सातौँ बैठक आज २ बजे बस्ने भनिएकामा विशेष कारणवश स्थगन गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सभाको बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।
बैतडी — सञ्चारकर्मीको एक हूल शनिबार भागरथी भट्टको घर जाँदै थियो । खोचलेक बजारबाट चडेपानी जाने सडक पस्नै लाग्दा एक व्यापारीले पसलबाटै सोधे, ‘तपाईंहरू पनि त्यहीँ जाँदै हुनुहुन्छ होला है ?’ हूलबाट जवाफको अपेक्षा नै नगरी उनी फेरि बोले, ‘कतिपटक जाँदै हुनुहुन्छ हो तपाईंहरू ? छोरीको घटना सुनाउँदा–सुनाउँदा भागरथीकी आमा झन् हैरान भइसकिन् । यसरी हूलका हूल घर पुगेका […]
धनगढीः कैलालीसहित सुदूरपश्चिममा दैनिकजसो अघोषित लोडसेडिङ हुन थालेपछि सेवाग्राही हैरान भएका छन्। प्रदेशको अस्थायी राजधानी धनगढीमा विगतदेखि नै विद्युत कटौती हुने गरेको गुनासाकाबीच पहाडी जिल्लामा समेत अघोषित लोडसेडिङ हुन थालेपछि सास्ती खेप्नुपरेको हो। तर नेपाल विद्युत प्राधिकरणले भने मर्मत सम्भारको कारण विद्युत कटौती गर्नु परेको बताएको छ। सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत घरधुरीमा पहुँच भएको राष्ट्रिय […]
मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । त्यस्तै तराईका केही भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने हुँदा तापक्रममा सामान्य गिरावट आउनसक्ने महाशाखाले जानकारी दिएको छ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको उल्लेख […]
नागरिक रैबार बाजुरा ३ फागुन नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डितले प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधि सभा विघटन गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका छन् । प्रतिनिधि सभा विघटनका विरूद्व साेमबार नेपाली काँग्रेस बाजुराले अायाेजना गरेकाे विराेध सभालाई सम्बाेधन गर्दै सभापति पण्डितले प्रधानमन्त्रीले अाेलीले प्रतिनिधि सभा भङ्ग गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका हुन् । […]
नागरिक रैबार/बाजुरा ३ फागुन। प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे प्रतिनिधिसभा विघटनका विरूद्ध नेपाली कांग्रेस बाजुराले आज सदरमुकाम मार्तडीमा प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ गते बाट आन्दोलित रहेकाे कांग्रेसले देशका ७७ वटै जिल्लामा अाज एकैसाथ विरोध प्रदर्शन गरेकाे हाे । बाजुरा सदरमुकाम मार्तडीमा गरेकाे विराेध प्रदशर्नमा नेपाली कांग्रेस बाजुराका सभापति […]
३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्चर्याली जम्मा गर्ने, जमिन बाँड्छौं […]
विद्यालय तहको शैक्षिक सत्र व्यवस्थापन गर्न सरकारले शिक्षा नियमावली संशोधन गरेको छ । कोरोना भाइरसको महामारीका कारण नयाँ शैक्षिक सत्र वैशाखमा सञ्चालन गर्न सम्भव नभएपछि सरकारले नियमावली संशोधन गरेको हो । नियमावली संशोधन भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शैक्षिक सत्रको मिति तोक्ने अधिकार पाएको छ । ‘नियमावलीमा शैक्षिक सत्र वैशाखदेखि कायम गर्ने भन्ने […]
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सोचेजस्तो काम गर्न नदिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज (साेमबार) सरकारको तीन वर्षे उपलब्धि सुनाउनुअघि सुरुदेखि नै सरकार चलाउन अप्ठ्योरो भएको बताउनुभएकाे हाे । सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘एकातिर जनताको उच्च आंकाक्षा सरकारले पूरा गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैँ सरकारले काम […]
प्रधानमन्त्री केपी शर्मा ओली १० महिनापछि सिंहदरबार टेकेका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सबलीकरण(रेट्रोफिटिङ) गर्दै पुरानै ठाउँमा स्थानान्तरण भएपछि ओली कार्यालय उद्घाटनका लागि सोबार सिंहदरबार पुगेका हुन् । गत वैशाख २८ मा असंलग्न राष्ट्रहरुको सम्मेलनमा भर्चुअल सम्बोधनका लागि उनी सिंहदरबार पुगेका थिए । सिंहदरबारबाटै प्रधानमन्त्री ओलीले सरकारको तीन वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नेछन्। कोभिडको कारण […]
नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ। शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ। ‘उहाँलाई हिजो बेलुकी नै अस्पताल लगिएको हो। राति करिब १२ बजेतिर अपरेशन गरिएको हो’ पारिवारिक स्रोतलाई उद्धृत गर्दै कांग्रेस नेता मनोजमणि आचार्यले सेतोपाटीसँग भने।आइतबार बेलुकी ९ बजेतिर स्वास्थ्यमा समस्या आएपछि शाहीलाई अस्पताल लगिएको थियो। […]
काठमाडौँ — गृह मन्त्रालयले आगामी फागुन ७ गते ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसर पारेर विभिन्न कारागारमा रहेका करिब ६ सय कैदीको बाँकी सजाय मिनाहा गर्न प्रस्ताव अघि बढाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलका अनुसार मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएका […]
आधिकारिकता विवाद नसल्टाई निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन दाहाल–नेपाल समूहद्वारा आयोगलाई चेतावनी जनता समाजवादी पार्टी गएन आयोगले बोलाएको छलफलमा काठमाडौँ — निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्टाई निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागी हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनभन्दा चुनावको गृहकार्यमा आयोग केन्द्रित हुन थालेको हो । आचारसंहिता तयार गर्ने प्रयोजनका लागि […]