होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको […]
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने भन्दै उनले भने, ‘जसले ठूलो जुलुस ल्याउँछ, उसकै काम गर्नुपर्यो । ओलीको जुलुस ठूलो कि प्रचण्डको जुलुस ठूलो हेर्नुपर्यो ।’ प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ […]
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल निकट राष्ट्रिय युवा संघ नेपालले नेतृ रामकुमारी झाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ […]
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रामकुमारी झाँक्रीले आफूहरुले कहिल्यै नखोसिने लोकतन्त्रको लागि लडेको बताएकी छन्। बिहीबार प्रहरीलाई गिरफ्तारी दिनुअघि गरेको सम्बोधनमा उनले लोकतान्त्रिक अधिकार खोसिएको संकेत गरिन्। केही बेरअघि उनलाई प्रहरीले बुद्धनगरस्थित घरबाट गिरफ्तार गरेको हो। गिरफ्तारी दिँदै रामकुमारी झाँक्रीले भनेकी छन्ः हामीले लडेर ल्याएको लोकतन्त्र खोसिँदैछ। यो घडीसम्म आइपुग्दा आज पनि हामी लोकतन्त्रकै […]
नागरिक रैबार/बाजुरा २९ माघ। साँफे- मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्ग नदिमा जडान गरिएकाे बेलिब्रिज पुलकाे उद्धघाटन गरिएको छ । बेलिव्रिज पुलमा आजबाट नियमित यातायात संचालन हुने गरी एक औपचारिक कार्यक्रमका विच बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले रिवन काटेर उद्धघाटन गरेका हुन । गत साउन २५ गते राति […]
देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यसाथ थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा चार हजारभन्दा बढीले रोजगारी पाएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा गरी चार हजार २८१ ले रोजगारी पाएका हुन् । स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये उनीहरु छनोट भएका हुन् । छनोट भएका उनीहरुले १०० दिनको रोजगारी पाउने जनाइएको छ । बैतडीमा […]
२९ माघ, काठमाडौं । सरकारले सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो । यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, […]
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘रामकुमारीले लोकतन्त्र प्रति प्रखर रुपमा बोल्नुभयो भनेर पक्राउ गरियो । यो लोकतन्त्र माथिको आक्रमण हो’, प्रचण्डले भने । आफूहरुले […]
२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । प्रचण्ड–माधव समूहले भने राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले […]
२९ माघ, काठमाडौं । नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह भएको बताएका छन् । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गरी उनले भने ‘ केपी ओली ताना शाह हुन्, यिनलाई जनताले फाल्नुपर्छ ।’ उनले अहिले संसद विघटनपछि संवैधानिक अंगको परीक्षण भइरहेको पनि बताएका छन् । ‘अहिले सर्वोच्चको इमानको परीक्षा हुँदैछ, संसद […]
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्नेमाथि प्रश्न गर्नेहरुलाई सरकारले झ्यालखानामा राखेर तर्साउन खोजेको बताएका छन् । सत्यको पक्षमा बोल्ने मुख त्रासले बन्द नहुने भन्दै उनले सरकारलाई झ्यालखानाको संख्या थप्न सुझाव दिएका छन् । नेकपा (प्रचण्ड–माधव समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि थापाले सो टिप्पणी गरेका हुन् […]
२९ माघ, काठमाडौं । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उनकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जीविना जान अस्वीकार गरेकी थिइन् । […]
नागरिक रैबार/बाजुरा २९ माघ। बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएकाे छ । साँफे मार्तडी सडक खण्ड अन्तर्गत पर्ने जडाङ्गमा लामाे समयकाे बेलिवृज बगाएकाे करिव ६ महिनापछि बुढीगंगा नदिमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको हाे । वेलिवृज निर्माण कार्य सम्पन्न भएसंगै अाजबाट मार्तडीबाटै बससेवा सुरू हुने भएका छन् ।गत साउन २५ गते बुढीगंगा नदिमा अाएकाे […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । नेतृ झाक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार पक्राउको तयारी गरेको हो । यसअघि झाक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो । झाक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको […]
नागरिक रैबार/बाजुरा २८ माघ। नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १५ अाैं साधारण सभा सम्पन्न भएकाे छ । पूर्ण प्रेश स्वतन्त्रता, हाम्राे प्रतिवद्वता भन्ने मुल नाराका साथ महासंघकाे १५ अाै साधारणसभा मार्तडीमा सम्पन्न भएकाे हाे । सभामा बाजुरा जिल्लाकाे कृषि क्षेत्रमा याेगदान गरेकाे भन्दै कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशी र बाजुरामा स्वास्थ्य क्षेत्रमा […]
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन सुरु गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुसको नेतृत्व गर्न पार्टीले विभिन्न नेताहरूलाई कमान्डर तोकेको छ […]
नागरिक रैबार बाजुरा २८ माघ नेपाल पत्रकार महासंघ बाजुरा शाखाकाे १५ अाैं साधारण सभा सूरू भएकाे छ । पूर्ण प्रेश स्वतन्त्रता, हाम्राे प्रतिवद्वता भन्ने मुल नाराका साथ महासंघकाे १५ अाै साधारणसभा मार्तडीमा सूरू भएकाे हाे । बडीमालिका नगरपालिकाकि नगर उप- प्रमुखकाे प्रमुख अातिथ्यतामा सूरू भएकाे साधारणसभा सभामा सुदूरपश्चिम प्रदेश पत्रकार महासंघका अध्यक्ष अर्जुन शाह, महासचिव […]
२८ माघ, काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले केन्द्रीय महाधिवेशनको आयोजक बन्ने प्रस्ताव गरेको छ । शाखा अध्यक्ष जगन्नाथ दुलालको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महाधिवेशन काठमाडौंमा आयोजना गर्न केन्द्रीय समितिसमक्ष प्रस्ताव गरेको हो । बर्दियामा सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन आगामी जेठ १३ र १४ गते गर्ने तय गरे पनि स्थान भने […]
२८ माघ, काठमाडौं । सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन […]
नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा […]