होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मरणोपरान्त शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा
समाज

मरणोपरान्त शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

  • नागरिक रैबार
मरणोपरान्त शरीर दान दिने सत्यमोहन जोशी दम्पतीको घोषणा

काठमाण्डौ – शताब्दी पुरुष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मरणोपरान्त शरीर दान दिने घोषणा गर्नुभएको छ । ललितपुर महानगरपालिकाको कार्यालय प्राङ्गणमा भएको कार्यक्रममा जोशी दम्पतीले मृत्युपछि शरीर दान दिने घोषणा गर्नुभएको हो ।

जोशी दम्पतीले मृत्युपछि किस्ट मेडिकल कलेजलाई शरीर दान दिने बताउनुभयो । चिकित्सा विज्ञानमा प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त शरीर दान दिने घोषणा गरेको सत्यमोहन जोशीले बताउनुभयो ।

ललितपुरको बखुम्बहालमा १९७७ साल वैशाख ३० गते जन्मिनुभएका सत्यमोहन जोशी एक सय एक वर्षको पुग्नुभयो । उहाँकी श्रीमती राधादेवी ९६ वर्षकी हुनुहुन्छ । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्त्वपूर्ण योगदान दिनुभएको छ ।

विज्ञापन

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको उपस्थितिमा भएको कार्यक्रममा उहाँहरुले शरीर दान दिने घोषणा गर्नुभएको हो । गएको वर्ष सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले विभिन्न कार्यक्रम गरी जोशीको जन्मशताब्दीसमेत मनाएको थियो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार