होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ७ फागुन। प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । शुक्रबार विज्ञ समूह (एमिकस क्युरी) का तर्फबाट अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । अधिवक्ता पाठकले राय दिएसँगै सकिएको बहसको नोट फागुन १० गतेभित्र उपलब्ध गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका […]
काठमाडौं, ७ फागुन। प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर राजेश झालाई नियुक्त गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई पदमुक्त गरेलगत्तै रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुरा जिल्लामा पनि ७१औँ प्रजातान्त्र दिवस मनाईएकाे छ । दिवसकाे अबसरमा सहिदहरुको फोटोमा फुलमाला र अबिर लगाएर प्रजातन्त्र दिवस मनाईको हाे । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा प्रजातन्त्र दिवस मनाईएको हो । जिल्ला समन्वय समितिको प्राङगणमा सहिदहरुको फोटोमा माल्यार्पण गरि प्रजातन्त्र दिवस मनाईएको समन्वय प्रमुख नरेन्द्र कुमार रोकायाले बताए । बिगतका […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान नमिच्ने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले संविधान नमिच्ने र मिच्न नदिने बताएका हुन् । सरकारले जनताको अभिमतभन्दा विपरीत नजाने, लोकतन्त्रको बाटो नबिराउने, भ्रष्टाचार नगर्ने र गर्न नदिने, सुशासन कायम गर्ने समेत प्रधानमन्त्री ओलीले बताए । […]
७ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।शुक्रबार एमिकस क्युरी गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो । बहस सकिएपछि संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले फागुन १० गतेभित्र बहस नोट दिन यस रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका […]
७ फागुन, काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव आफन्तले बुझेका छन् । जिल्ला प्रशासन कार्यालय, बैतडीमा शुक्रबार भएको छलफलपछि आफन्तले जिल्ला अस्पताल, बैतडीमा रहेको शव बुझेका हुन् । घटनाको अनुसन्धानमाथि चित्त नबुझेसम्म शव नउठाउने परिवारको अडान थियो । पीडित परिवारका सदस्यसँग समेत अभियुक्त दिनेश भट्टले बलात्कारपछि हत्या गरेको बताएपछि […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बोलाएको आकस्मिक केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक सुरु भएको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । बैठकमा पछिल्लो अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमका विषयमा ब्रिफिङ गरिरहेका छन् । प्रचण्ड माधव पक्षले आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित […]
७ फागुन,बुटवल । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसी छन् । विप्लव समूहसहितका चार दलीय रणनैतिक संयुक्त मोर्चाले बिहीबार बुटवलमा गरेको सभामा सहभागी भएका नेता भुसाल र केसीलाई प्रहरीले पक्राउ गरेको हो । भुसाल र केसी पक्राउको चार दलीय […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् । आफ्नो राय पेश गर्दै संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् । इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संग्रौलाले संविधानको धारा अक्सिजन […]
७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित […]
७ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार ४०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको छ […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् ।आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताए । उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्ने […]
काठमाडौं । प्रतिनिधि सभा विघटन, महंगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए । मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले चालु आर्थिक २०७७/७८ कोे साउन देखि पुस मसान्त सम्म ६ महिनामा गरेका कामहरुको सार्वजनिक सुनुवाई गरेको छ । जिआईजेटको प्राविधिक सहयोगमा बडीमालिका नगरपालिकाले नगरपालिकाद्वारा ६ महिने अवधिमा नगरपालिकाद्धारा प्रवाह गरिएका सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । । नागरिक संलग्नताको माध्यमद्वारा […]
६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ ।संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर हामीले यो […]
नागरिक रैबार/बाजुरा ६ फागुन। जिल्लाको बडीमालिका नगरपालिका-७ मा मेलको रुखमा कलमी गरी नासपाति रोपण अभियान संचालन गरीएको छ । कृषि ज्ञान केन्द्र बाजुराको रोपण बर्ष कार्यक्रम अन्तरगत सो अभियान बाजुराको बडिमालिका नगरपालिका ७ बाट संचालन गरिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । वडाका सबै बस्तीमा कृषि ज्ञान केन्द्र बाजुरा र कृषि शाखाको प्राविधिक सहयोगमा […]
नागरिक रैबार/बाजुरा ६ फागुन। नेपाली काँग्रेस बाजुराले बलत्कार पछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिकाकी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका पार्टी सभापति कविराज पंण्डित सहितको टोलीले बैतडीको दोगडाकेदार गाउँपालिका पुगेर बलात्कार पछि हत्या गरिएकी भागरथी भट्टकी आमालाई राहत स्वरुप नगद ३० हजार रकम सहयोग गरेका हुन् । […]
६ फागुन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश […]
काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको आगामी नीति/कार्यक्रम र बजेटमा पत्रकारिता क्षेत्रबाट समावेश गर्नुपर्ने विषयबारे सुझाव दिन आग्रह गरेका छन् । मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकारसँगको अन्तक्र्रियामा मन्त्री गुरुङले सञ्चार क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै सुझावको माग गरे । उनले भने,“सञ्चार क्षेत्रमा नीतिगत सुधारसँगै थुप्रै सुधार गर्नुपर्ने छ, त्यसका […]
काठमाडौँ: पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित पहाडी भूभागका केही स्थानमा अपराह्नपछि बदली र हल्का वर्षा हुने भएको छ । प्रि–मनसुनको समय नजिकिएकै कारण अपराह्नपछि मौसममा परिवर्तन भएको हो । शुक्रबारदेखि दुई–तीन दिन पहाडी भूभागमा आंशिक बदली हुने तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।उनका अनुसार तापक्रम बढ्दा स्थानीय […]