होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सकियो प्रतिनिधिसभा विघटनको बहस
समाचार

सकियो प्रतिनिधिसभा विघटनको बहस

  • नागरिक रैबार
सकियो प्रतिनिधिसभा विघटनको बहस

काठमाडौं, ७ फागुन। प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । शुक्रबार विज्ञ समूह (एमिकस क्युरी) का तर्फबाट अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।

अधिवक्ता पाठकले राय दिएसँगै सकिएको बहसको नोट फागुन १० गतेभित्र उपलब्ध गराउन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रिटमा पक्ष, विपक्ष र एमिकस क्युरीका रुपमा चयन भएका कानुन व्यवसायीलाई आग्रह गरेका छन् ।

फैसलाबारेमा प्रधानन्यायाधीश जबराले बहसको नोट पाए पछि हेर्दाहेर्दैमा जान सकिने बताएका छन् । उनका अनुसार हेर्दादेहर्दैमा फागुन ११ गते वा १२ गते पनि हुन सक्ने छ ।

विज्ञापन

बिहीबार एमिकस क्युरीका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले बहस गरेका थिए । उनले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा शर्त पालना नभएको र संविधानलाई छलिएको भन्दै उक्त कार्य गैरसंवैधानिक भएको बताए । उनले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनस्र्थापना गरी संविधानको रक्षा गर्नुपर्ने बताए ।

त्यसअघिका दुई वरिष्ठ अधिवक्ताहरु सतिसकृष्ण खरेल र बद्रीबहादुर कार्कीले पनि संसद विघटन असंवैधानिक रहेकाले अदालतले पुनर्स्थापना गर्नुपर्ने राय दिएका थिए । तर अर्का सदस्य विजयकान्त मैनालीले भने प्रधानमन्त्रीमा संसद विघटनको अधिकार रहेकोले रिट निवेदन खारेज हुनुपर्ने तर्क गरेका थिए ।

रिट निवेदकका वकिल र सरकारी पक्षका वकिलको बहस तथा जवाफी बहस सकिएपछि गत मंगलबारदेखि एमिकस क्युरीको बहस सुरु भएको थियो । बिहीबारसम्म पाँचमध्ये चार जना एमिकस क्युरीको बहस सकिएको र बाँकी एक जनाको पनि शुक्रबार सकिने जनाइएको छ । त्यसपछि सर्वोच्च अदालतले फैसलाको निर्णय गर्नेछ । सर्वोच्चको पाँच सदस्यीय संवैधानिक इजलासले शुक्रबार नै आफ्नो फैसला सुनाउन सक्छ या आइतबारका लागि थाती राख्न पनि सक्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार