होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी कोभ्याक्स सुविधामार्फत खोप ल्याउन लागेको हो। स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले आफूहरुले सबै प्रक्रिया पूरा गरिसकेकाले फागुन अन्तिमसम्म ‘कोभिशिल्ड’ खोप ल्याउन थालेको […]
८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने […]
८ फागुन, काठमाडौं । नेकपा ओली समूहका राष्ट्रिय युवा संघले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको छ । माघ २५ र २६ मा बसेको बैठकले साइबर सेना निर्माणको निर्णय गरेको अध्यक्ष बचनबहादुर सिंहले बताए । साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने सिंहले बताए । ‘सामाजिक सञ्जाललाई सही ढंगले […]
७ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै पक्राउ पर्ने बताएका छन् । भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनापछि प्रधानमन्त्रीले महिलाहरुको बलात्कार र हत्या गर्नेहरुलाई पानी मुनी गएपनि नछाड्ने भनेको र त्यसलाई आफूहरुले पुरा गरेको उनले बताए । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा गृहमन्त्री बादलले […]
काठमाडौं – निर्वाचित झण्डै दुई तिहाइको कम्युनिस्ट सरकारले गरेको अलोकपृय निर्णयवारे सर्वोच्च न्यायालयले १३ गते बिहिवार फैसला सुनाउने भएको छ । सरकार प्रमुख प्रधानमन्त्री र रास्ट्र प्रमुख रास्ट्रपतिले सम्विधानका धारा र अन्तर्राष्ट्रिय अभ्यासबिपरित पुस ५ गते चालेको कदमले कानूनी मान्यता पाउने या बेलगाम गतिविधिमा ब्रेक लाग्ने त्यो दिन टुंगो लाग्नेछ । दुई महिनादेखि निरन्तर सुनुवाइ […]
प्रजातन्त्र दिवसको अवसर पारेर विसं २०७८ का पात्रो (पञ्चाङ्ग) बजारमा आउन थालेको छ । फागुन ७ गतेदेखि आफ्नो सम्पादनमा रहेको सूर्य पञ्चाङ्ग बजारमा आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिवसमेत रहेका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले बताए । प्रजातन्त्र दिवसकै अवसरमा अरु पञ्चाङ्ग पनि बजारमा आउन थालेका छन् । आगामी वर्षका लागि तोयनाथ पन्तको पञ्चाङ्ग, बाबुराम पञ्चाङ्ग, […]
८ फागुन, विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन हुनेमा प्रधानमन्त्री ढुक्क रहेको बताएका छन् । सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा बहस सकिएको र ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए । सर्वोच्चले गर्ने फैसलाबारे आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने दाबी गरे । शनिबार विराटनगरमा आयोजित आमसभामा नेम्वाङले […]
उपप्रधानमन्त्री ईश्वर पोखरेलले अगामी वैशाखमा निर्वाचन हुने बताएका छन् । काठमाडौँ महानगरपालिका– ५ मा निर्माण भएको भीमसेनथान मन्दिरको उद्घाटन गर्दै उनले चुनावका लागि तयार हुन आग्रह समेत गरे । राजनीतिक स्थिरताका लागि मध्यावधि निर्वाचन गर्नुपरेको उनको भनाइ छ । उनले भने, “ चुनावमा जनताले सही व्यक्तिलाई पुरस्कृत र गलतलाई दण्डित गर्ने छन् । जनताभन्दा ठूलो […]
काठमाडौं, ८ फागुन । आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । पछिल्लो तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने र आगामी तीन दिन देशभर मौसम सफा भई राम्रोसँग घाम लाग्ने छ । पछिल्लो केही दिनयता दिउँसाे र साँझ मौसम बदली भई हल्का […]
काठमाडौं, ८ फागुन । आन्दोलनरत नेकपा दाहाल नेपाल पक्षका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल उपचारपछि भारतको नयाँ दिल्लीबाट आज स्वदेश फर्किदै छन् । उपचारका लागि गत माघ ३० गते दिल्ली जानु भएका खनालको साथमा उनकी धर्मपत्नी रविलक्ष्मी चित्रकार पनि छिन् । खनालले नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराएका थिए । शरीर काँप्ने रोगबाट पीडित […]
८ फागुन, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् । आज हुने आफ्नो समूहको शक्ति प्रदर्शन र सभालाई सम्बोधन गर्न प्रधानमन्त्री विराटनगर आएका हुन् । प्रधानमन्त्री आएपछि विराटनगरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
८ फागुन, वीरगञ्ज । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले मालपोत प्रमुख अमलेखगञ्जस्थित जग्गा होटलबाट ६ लाख घुस रकमसहित दुवैजनालाई पक्राउ गरेको हो । ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन […]
कुर्सी नमिलेर र नपुगेर सरकार र सडकमा बाँडिएका नेकपाका नेताहरु सूर्य मेरै हो भनेर एकोहोरो हानथाप गरिरहेका छन् । यसले पनि मेरो, उसले पनि मेरो भनेर अचाक्ली गर्न थालेपछि सूर्यलाई नै रिस उठिसक्यो । त्यसैले दुवै नेकपाले सूर्य मेरो भन्दै सडकमा उफ्रेको दिन राम्रोसँग घाम लाग्दैन, सूर्य लुक्ने र छेकिने गर्छ । दुवैको प्रदर्शनमा सूर्य […]
८ फागुन, काठमडौं । पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली समूहमा फर्किएका छन् । प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताइन् । ‘हो, हामी फर्कियौं,’ उनले भनि्न,’प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि फर्किएका हौं ।’
काठमाडौंः गत वर्ष गल्भान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको भिडियो फुटेज सार्वजनिक भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सले उक्त भिडियो सार्वजनिक गरेको हो। भिडियोमा दुबै देशका सैनिकहरु बीच अँध्यारो रातको समयमा झडप भएको देखिन्छ र चिनियाँ सेनाहरु घाइते सिपाहीहरुलाई उद्दार गरिरहेका देखिन्छन् र मृत्यु भएका सेनालाई चिनियाँ सेनाले अभिवादन गरिरहेको देखिन्छ। गत वर्ष […]
८ फागुन, विराटनगर । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रधानमन्त्री ओलीको कदमको विरोधमा नेकपा प्रचण्ड-माधव समूहले राजधानी केन्द्रित आन्दोलनको कार्यक्रम गरिरहेको छ । नागरिक समाजपनि आन्दोलनमा छ । प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेका प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले आज विराटनगरमा शक्ति […]
काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको […]
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीमा सर्वसत्तावादी चिन्तन र व्यवहार हावी भएको ठहर गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिनिधिसभा विघटनपछि निरन्तर प्रदर्शनरत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेल मार्चपछि घोषणापत्र सार्वजनिक गरेको हो । आन्दोलनकारीले ७० वर्षअघि प्रजातन्त्र घोषणा गरिएको टुँडिखेलस्थित खरीको बोटमै पुगेर कार्यक्रम गर्ने उद्घोष गरेकाले शुक्रबार त्यहाँ वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बडीमालिका नगरपालिका-३ पिप्से गाउँ नजिकै रहेको जंगलमा एक साता देखि लागेकाे डढेलोमा परी सोही गाउँकी एक महिला जलेर घाइते भएकी छन । घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४० बर्षिया फुँगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्। शक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी खड्का […]
नागरिक रैबार/ बाजुरा ७ फागुन। जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कारको रकम सहयोग गरेका पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंहले फेरी उनकै पहलमा १ लाख सहयोग गरेका छन् । कैलालीको गोदावरी नगरपालि ३ मालाखेति बस्दै आएका जेपी जोशीका परिवारलाई सहयोग गरिएको हो । पत्रकार सिंहले जेपी जोशीका नाममा स्थापना भएको जेपी जोशी स्मृति पत्रकारीता पुुरस्कार सोही […]