होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
९ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । महेश्वर दाहाल र ओम शर्मा यसअघि […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा लगाएकाे ताला खुलेकाे छ । अाईतबार नेकपा निकट अाेली समूहका विद्यार्थी र युवाले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला लगाउनु गलत भएकाे निश्कर्ष निकालेपछि ताला खुलेकाे हाे । त्रिवेणी कार्यालयमा एकाएक तालाबन्दी गरेपछि कार्यालय प्रमुख दयाराम […]
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संगठनात्मक संरचनालाई पूर्णता दिन ९ बुँदे मापदण्ड तय गरेको छ । शीर्ष तहमा भएको सहमति अनुसार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ‘पार्टी कमिटी एवं जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’मा हस्ताक्षर गरेका छन् । यो मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको […]
९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने नेकपा प्रचण्ड–माधव समूहका ६ जना काठमाडौंको नैकापमा पक्राउ परेका छन् ।चन्द्रागिरि नगरपालिका–१३ नैकाप चौतारोमा कालो झण्डा देखाउने तयारी गरिररहेका बेला उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार प्रधानमन्त्री ओली दहचोक महोत्सव उद्घाटन गर्न सोही बाटो हुँदै जाने तयारी थियो । कालोझण्डा देखाउने तयारीमा […]
बाजुरा— अखिल नेपाल महिला संघ प्रचण्ड माधव -समुहले सदरमुकाम मार्तडीमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा वलीले गरेको संसद बिगठनको बिरोधमा अनेमसघं प्रचण्ड- माधव समुह बाजुराले बिरोध प्रदर्शन गरेको हो । देशमा अशान्ती असुरक्षा बढ्दो महगी लगायतका सवालहरु उठान गर्दै अनेमसंघका महिला नेताहरुले सो आन्दोलन गरेको अनेमसंघकी नेता जानकी रोकायाले बताइन । महिला […]
९ फागुन, काठमाडौं । सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी पनि दिइसकेको छ ।
९ फागुन, काठमाडौं । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन् । नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौं आइपुगेको छ । त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ […]
९ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको बताएका छन् । ‘अस्ति निर्वाचन आयोगलाई सूर्य चिह्न दे भनेर धम्की दिनुभएको थियो, हिजो विराटनगरमा आएर सर्वोच्च अदालतलाई धम्की दिनुभयो’ मोरङको सुन्दरहरैचामा आइतबार आयोजित कार्यक्रममा बोल्दै डा. कोइरालाले भने, ‘मैले गरेको विघटनलाई बदर […]
काठमाडौं । नेकपा विभाजनको असर सिन्धुपाल्चोकका दुई पूर्वमाओवादी नेताको परिवारमा पनि परेको छ । अहिलेका खेलकुदमन्त्री, पूर्व माओवादी नेता एवम् पहिलो संविधानसभाका सदस्य दावा तामाङ र पहिलो संविधानसभा सदस्य एवम् पूर्वमाओवादीका बिग्रेड कमाण्डर राजकुमार श्रेष्ठको परिवारमा नेकपा विभाजनको असर परेको हो । तामाङ र श्रेष्ठ ओली पक्षीय नेकपामा लागेका छन् भने उनीहरुका श्रीमतीद्वय कुमारी मोक्तान […]
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले खुलातर्फ १४ जना र आन्तरिकतर्फ ६३ जना प्राध्यापकका लागि विज्ञापन खुलाएको छ । यसैगरी खुलातर्फ २० जना र आन्तरिकतर्फ ८० जना सहप्राध्यापकका लागि दरखास्त आह्वान गरेको छ । उपप्राध्यापक पदमा भने खुलातर्फमात्रै झण्डै साढे पाँच सय जनाका […]
९ फागुन, हेटौंडा । मकवानपुरमा बरामद १८ क्विन्टल गाँजा जलाएर फर्किइरहेको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीलाई राक्सिराङ गाउँपालिका-१ कुपिनटारमा आक्रमण भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीबाट दुई राउण्ड हवाई फायर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । […]
नागरिक रैबार/बाजुरा ९ फागुन। नेकपा बाजुरा ओली समूह निकट राष्ट्रिय युवा संघ र अनेरास्ववियुका युवा विद्यार्थीले त्रिवेणी साना जलविद्युत केन्द्रमा ताला वन्दी गरेको छ । मार्तडीमा सर्वसाधारण जनतालाई नियमित विद्युत सेवा उपभोग गर्न नदिएको भन्दै युवा संघ र अनेरास्ववीयुका विद्यार्थीले विद्युत कार्यालयमा ताला वन्दी गरेपछि त्रिवेणी साना जलविद्युत केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डित र एकजना […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । मुलुकमा पछिल्ला समय बिभिन्न राजनीतिक दलका नेताहरुको क्रियाकलापलाई लिएर टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा अध्यक्ष थापाले लेखेका छन्, आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा […]
नागरिक रैबार /बाजुरा ९ फागुन। नेकपा निकट युवा संघ नेपाल र अनेरास्ववियुका युवा विद्यार्थीले नेपाल विद्युत प्राधिकरण बाजुरा शाखा र त्रिवेणी साना जलविद्युत केन्द्रमा तालाबन्दी गरेका छन् । सदरमुकाम मार्तडीमा सर्वसाधारण जनतालाई विद्युत उपभाेग गर्न नदिएकाे भन्दै उनिहरूले विद्युत कार्यालयमा ताला बन्दी गरेका हुन् । अाईतबार नेकपा निकटका युवा र विद्यार्थीले मार्तडीमा विद्युत नियमित गर […]
काठमाण्डाै – अमेरिकामा उड्दै गरेको विमानमा आगलागी भएको छ । बोइङ जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ७७७ विमानको इञ्जिनमा आगो लागेको हो । आगलागीपछि इञ्जिनको केही भाग टुक्राटुक्रा भएर जमिनमा झरेको थियो । आगलागीबाट इञ्जिनको केही भाग जमिनमा झरे पनि विमानलाई सकुशल रुपमा डेनभर विमानस्थलमा अवतरण […]
९ फागुन, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ । जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि आह्वान गरिएको छ । संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह)ले बैठक अवरुद्ध गर्ने बताएको हो । यसअघि गत माघ २५ को बैठकमा अविश्वासको […]
९ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका-१२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो । पशुसेवा विभागको केन्द्रीय प्रयोगशालाले सुर्खेतमा बर्डफ्लु पुष्टि गरेको पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका सूचना अधिकारी कृष्णप्रसाद चपाईले बताए । ‘सुर्खेतमा पनि बर्डˆलु आशंका लागेपछि केही दिनअघि परीक्षणका लागि काठमाडौं पठाएका थियौँ […]
काठमाडौँ, ९ फागुन । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ : ३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौँ आउन थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट […]
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ […]
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भनाइ सुन्दा लाग्छ, प्रतिनिधिसभा विघटनविरुद्धको विवादको टुंगो यो सताभित्र नै लाग्छ । उनको भनाइले सो विवाद यही फागुन १ गतेदेखि जुनसुकै दिनमा समाधान हुने देखिन्छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि पक्ष–विपक्षर एमिकस क्युरीको भनाइ सकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबार फागुन ११ वा १२ वा अन्य जुनसुकै दिनमा पनि निर्णय आउने उल्लेख गरेका छन् […]